जाकर्ता– १८औं एसियाली खेलकुदअन्तर्गत फुटबलतर्फको प्रतिस्पर्धामा नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।
शनिबारदेखि औपचारिक रुपमा उद्घाटन हुने एसियाली खेलकुदको फुटबल भने एक साताअघि नै सुरु भएको थियो।
नेपाल समूह 'डी' को खेलमा लगातार २ खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग पक्का जस्तै छ।
समूहको तेस्रो स्थानमा रहेको टिमको पनि दोस्रो चरणमा सम्भावना हुने भएपनि नेपाल लगातार २ खेलमा पराजित हुँदा त्यो सम्भावना कठिन बनेको हो।
बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित गरेको छ। भियतनामका लागि आ डुकले ३१ र भान डुकले ६३ मिनेटमा गोल गरेका थिए।
यसअघि मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाललाई जापानले १–० गोलअन्तरले पराजित गरेको हो।
योसमेत नेपालले एसियाली खेलकुदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ। नेपालले १७ खेलमा ६८ गोल खादा केवल १ गोल गर्न सकेको छ।
अब नेपालले समूह चरणको अन्तिम आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।