• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विद्यालय मर्जको मार विद्यार्थीलाई, अभिभावक भन्छन्- हचुवाको तालमा निर्णय भयो

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०७५  ०२:५०
1140x725

सुखड, कैलाली- ‘छोरी तीन वर्षकी भइन्। नजिकैको विद्यालयमा भर्ना गरेको थिएँ, तर अहिले नगरपालिकाले त्यो विद्यालय अर्को विद्यालयमा गाभिदियो,’ घोडाघोडी नगरपालिका ११ का बलिराम चौधरीले गुनासो गरे, 'अब त्यति टाढाको स्कुलमा छोरीलाई कसरी पठाऊँ?'

बलिरामका अनुसार उनको घरबाट नयाँ स्कुल पुग्न एक घन्टाभन्दा बढी समय लाग्छ।

घोडाघोडी नगरपालिकाले वडा नम्बर ११ मा रहेको दशरथ प्राथमिक विद्यालयलाई वडा नम्बर १० को अमर सहिद आधारभूत विद्यालयमा गाभेको छ। दशरथमा ८५ जना बालबालिका अध्ययन गर्दै आएका थिए।

दशरथमा सो वडाका अम्बासा, भलुवा, सिसैया, वडहनीया, बनकुसरी लगायतका स्थानबाट बालबालिका पढ्न आउने गरेका थिए। स्थानीय गीता कठरियाले गुनासो गरिन्, 'यही दशरथ प्रावि पुग्न त बालबालिकालाई आधा घन्टा लाग्छ भने अमर सहिद पुग्न कम्तिमा एक घन्टा हिँड्नुपर्छ।'  

‘कतै खोला छ, कतै कुलो। कलिला बालबालिकालाई वारपार गर्न निकै गाह्रो हुन्छ,’ गीताले भनिन्, 'हाम्रो वडामा एउटा प्रावि आवश्यक छ। नगरपालिकाले विद्यालय मर्ज गर्ने कार्य रोकेर गुणस्तरीय शिक्षामा पो बल गर्नुपर्यो त।'

घोडाघोडी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय समायोजन तथा कक्षा तह मिलान प्रक्रिया अघि बढाएपछि अभिभावक तथा विद्यार्थीहरूको गुनासो बढेको छ। निजी स्रोतका शिक्षक असन्तुष्ट छन्। विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन्। 

दशरथ प्रावि मात्रै होइन, अन्य ७ वटा विद्यालय पनि मर्ज गरिएका छन्। त्यस्तै, विभिन्न विद्यालयका कक्षा तह मिलान गरिएको छ। नगरपालिकाका अनुसार वडा नम्बर ५ मा रहेको कालिका आधारभुत विद्यालयको तह घटुवा गरिएको छ। यसलाई प्राविमा घटुवा गरी कक्षा ६ देखि ८ सम्मलाई वडा नम्बर १० मा रहेको कान्ति कान्ति माध्यामिक विद्यालयमा गाभिएको छ।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चौधरी विद्यालय समायोजनले विद्यार्थीसँगै शिक्षकलाई पनि समस्या परेको बताउँछन्। सो विद्यालयमा सितलपुर, मटियारी, स्याउकलिया लगायतका स्थानबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका थिए। 'यहाँ विद्यालयमा टाढा–टाढाबाट विद्यार्थीहरू आउँछन्। नगरपालिकाको विद्यालय समायोजन निर्णयका कारण विद्यार्थीहरुलाई विद्यालय पुग्न निकै समय लाग्ने गरेको छ, दुर्घटनाको जोखिम उत्तिकै,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

घोडाघोडी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम आधारभूत तथा माध्यमिक शिक्षालाई गुणस्तर बनाउन विद्यालय समायोजन र तह मिलान गरिएको हो। घोडाघोडी नगरपालिकामा रहेका ५७ वटा सामुदायिक विद्यालयमध्ये ७ वटा विद्यालय समायोजन भएपछि अहिले सामुदायक विद्यालयको संख्या ५० मा झरेको छ। ७ वटा विद्यालय र ७ वटा कक्षा तह मिलान गर्दा २ हजार ६२ जना विद्यार्थी र ५४ जना निजी शिक्षक प्रभावित भएका छन्।

नगरपालिकाको वडा नम्बर २, चित्तलपुरमा रहेको मसानी आधारभूत विद्यालयलाई दशरथ मावि साडेपानीमा समायोजन गरिएको छ। त्यस्तै, वडा नम्बर ४  जनकपुरको मेलघट्टी माविको ९ र १० कक्षा तह घटाएर गणेशपुरस्थित सीताकुण्ड माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ।  

नगरपालिकाका अनुसार वडा नम्बर ४ माघीमा रहेको नवप्रभात प्राविलाई राष्ट्रिय लालीगुँरास प्राविमा गाभेर कक्षा ५ सम्म सञ्चालन गरिएको छ। 

त्यस्तै, वडा नम्बर ४ शीतलपुरमा रहेको कालिका आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर वडा नम्बर १० पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माविमा व्यवस्थापन गरिएको छ।  वडा नम्बर ८ तिलकनगरमा रहेको मोहनी आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर तारानगरमा रहेको राष्ट्रिय माविमा व्यवस्थापन गरिएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, वडा नम्बर ८ आमफाटा रहेको अनुग्रह प्राथमिक विद्यालय कक्षा ४ र ५ तह घटाएर राष्ट्रिय माध्यामिक विद्यालय तारानगरमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ६ कल्जुकीमा रहेको दीपज्योति प्राथमिक विद्यालयलाई राष्ट्रिय माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ। 

वडा नम्बर १ डुडापारीमा रहेको जनप्रगतिशिल आधारभूत विद्यालयको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ८ दिपनगरमा रहेको मेलघट्टी माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ।  

वडा नम्बर ९, गोदनीमा रहेको मोहन्याल आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ लाई तह घटाएर कालिका माविमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ९ रतिपुरमा रहेको शान्ति आधारभूत विद्यालयलाई वडा नम्बर ४ गणेशपुरमा रहेको सीताकुण्ड माविमा व्यवस्थापन गरिएको छ। 

वडा नम्बर १० सिसैयामा रहेको दशरथ प्राविलाई अमर सहिद स्मृति आधारभूत विद्यालय लठैयामा समायोजन गरिएको छ। वडा नम्बर १२ खोपामा रहेको बाल प्राविको कक्षा ४ र ५ तह घटाएर नकफोडुवामा रहेको राष्ट्रिय माविमा व्यवस्थापन गरिएको छ।  

वडा नम्बर १२ शिवपुर रहेको राजाराम प्राविलाई खोपास्थित बाल प्राविमा समायोजन गरिएको छ भने वडा नम्बर १२ वनवर्षामा रहेको शिव प्राविलाई नकफोडुवामा रहेको राष्ट्रिय माविमा समायोजन गरिएको छ।  वडा नम्बर १० शिखरझाला रहेको सरस्वती माविको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ९, खल्लाखेतमा रहेको कालिका माविमा व्यवस्थापन गरिएको छ।

नगरपालिकाले विद्यालय समायोजन तथा कक्षा तह मिलान गरेपछि शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यार्थी संगठनहरुले विरोध जनाइरहेका छन्। दशरथ प्रावि व्यवस्थापन समितिकी अध्यक्ष रजीना चौधरीले छलफलनै नगरी नगरपालिकाले एकतर्फी ढंगबाट निर्णय गरेको बताइन्।

कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बमले पनि नगरपालिकाले अवैज्ञानिक तरिकाले विद्यालय समायोजन तथा तह मिलान गरेको आरोप लगाए।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरी भने सबैको सहमतिबाट नै विद्यालय समायोजन तथा तह मिलान गरिएको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  ०२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्