• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६ कक्षा मात्रै पढेका जगतवीर, जसले पढाउँछन् इञ्जिनियरिङ

64x64
पुष्पा केसी शनिबार, फागुन १३, २०७९  ०८:४२
1140x725

काठमाडौं– जगतवीर शिल्पकारले ६ कक्षा मात्रै पढेका छन्। तर, उनी स्नातक तह दोस्रो सेमेस्टरमा आर्किटेक्चरका विद्यार्थीलाई काष्ठकला पढाउँछन्। विसं २०५८ सालेदखि ख्वपः इन्जिनियरिङ कलेजमा उनी नियमित पढाइरहेका छन्।

उमेरले ७० नाघेका उनले जीवनभर काठमा कला कुँद्ने काम गरे। बाबु–बाजे हुँदै आफूले पनि अनौपचारिक रुपमा उक्त कला सिके। अनौपचारिक रुपमा पाएको शिक्षा औपचारिक रुपमा प्रदान गर्ने कुरा उनको कल्पनाबाहिरको कुरा थियो।  

कल्पना बाहिरको कुरा नै अहिले यथार्थमा परिणत भएको छ। जगतवीर वास्तविक ‘इञ्जिनियर’ हुन्। जसको इञ्जिनियरिङबाट कति नयाँ संरचना कलात्मक बनेका छन् भने कति पुराना जिर्णोद्धार।

काठमा कला कुँदिरहेको हेरेरै हुर्किए उनी। ठूलो भएपछि आफ्ना बालाई सघाउन थाले। १४ वर्षको उमेरदेखि आफैं काठमा कला खोप्न थाले। आफू काष्ठकलामा निपूण भएको उनले पत्तै पाएनन्। बाबु–बाजेले घरपरिवार चलाउनकै लागि अँगालेको सिकर्मी पेसा जगतवीरले विरासतमा सम्हाले। तर, सुरुमा यो पेसा उनको लागि रहर भन्दा बढी बाध्यता र आवश्यकता थियो। 

रहर त धेरै पढ्ने थियो। पढ्ने रहरमा बाधा बनेर खडा भइदियो गरिबी। पढ्ने मन हुँदाहुँदै पनि त्यो अगाडि बढ्न सकेन। अनि यही गरिखाने सीपमा होमिए। 

‘त्यो बेलामा पैसा भयो भने जागिर खान एकदम सजिलो थियो। एसएलसी पास गर्‍यो भने सुब्बाको जागिर पाउँथ्यो।पैसा नभएर पढ्न छाडियो। यस्तै सिकर्मी काम गरियोे,’ जगतवीरले नेवारी लवजमा भने।

अहिले उनी पेसालाई निरन्तरता दिँदै भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजमा स्नातक तह दोस्रो सेमेस्टरमा आर्किटेक्चरका विद्यार्थीलाई काष्ठकला पढाउँछन्। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न तीन महिनाासम्मको प्रयोगात्मक विषय जगतवीरले नै पढाउँदै आएका छन्। आफूले गरिरहेको काम औपचारिक रुपमै पढाइ हुन्छ भन्नेबारे उनले २०५८ सालमा थाहा पाए। 

०४१ सालमा उनी काठमाडौंमै सिकर्मीको काम गरिरहेका थिए। पार्टनरसिपमा काम गर्न भन्दै थप सम्भावनाको खोजीका लागि काठमाडौंबाट चितवन पुगे। चितवन भरतपुरमा काठ मिल थियो। त्यहाँ चार–पाँच वर्ष बसे। चितवन छँदै भक्तपुरको भैरवनाथ मन्दिरका लागि काठ लिन जानुपर्‍यो भन्ने खबर भक्तपुर नगरपालिकाले उनलाई पठायो। र, त्यसकै लागि भक्तपुर बोलाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

काठबार नगरपालिकालाई थाहा थिएन। उनलाई भक्तपुर नगरपालिकाले सोध्यो, ‘एउटा रूखबाट कति प्रतिशत काठ आउँछ?’ जगतवीरले जवाफ दिए, ‘राम्रो रूख छ भने ६०, ७०, ८० प्रतिशत पनि आउँन सक्छ। नराम्रो रुख छ भने ५५ जति आउन सक्छ।’

त्यसपछि भक्तपुर नगरपालिकाले ठेक्का नदिई जगतवीरलाई नै तीन हजार गोल काठ लिन पठायो। दुई महिना जति उनी चोरमारामै बसेर गोल ल्याएर काठमाडौं आए। त्यसबाट जगतवीरले ९०÷९२ चिरान निकाले। त्यसपछि उनलाई चितवन नजान र भैरवनाथ मन्दिरको काम गर्न भक्तपुर नगरपालिकाले आग्रह ग¥यो। भैरवनाथ मन्दिरको काम सकिएपछि फेरि भक्तपुरकै पाँचतले मन्दिरको जिर्णोद्धारमा खटिए। ०५८ सालदेखि ख्वपः कलेजमा इन्जिनियरिङको पढाइ सुरु भयो। 

जगतवीर०५७ सालदेखि नै कलेजसँग जोडिएका थिए। ०५८ सालको पहिलो ब्याचमा जम्मा २४ विद्यार्थीलाई पढाए। तर, अहिले दुईवटा ४८/४८ विद्यार्थीको समूह छ। उनीहरूलाई कलेजको तालिकाअनुसार प्रयोगात्मक विषय पढाउने गरेको जगतवीर बताउँछन्।

‘काठमा किला ठोक्न नहुने भएकाले सानो सानो काठलाई कसरी जोड्ने? काठको सदुपयोग कसरी गर्ने? कसरी जोड्यो भने बलियो बनाउन सकिन्छ’ भन्नेबारे जगतवीर विद्यार्थीलाई सिकाउँछन्। 
गरिरहेकै काम भएकाले पढाउन उनलाई गाह्रो लाग्दैन। 

विद्यार्थीलाई पढाउने काम नहुँदा पनि उनी ख्वपः इन्जिनियरिङ कलेजमै भेटिन्छन्। कलेजका भवनहरूमा झ्याल–ढोकामा कँुदिएका कलात्मक र लोभलाग्दो काष्ठकला जगतवीरले विद्यार्थीको पढाइ हुँदा बाहेकको समयमा कुँदेका हुन्। उसो त यो कलात्मक काष्ठकला २० वर्षदेखिको निरन्तरताले पाएको स्वरुप हो। 

पढाउने तालिका नहुँदा उनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कलेजकै भवन निर्माणका लागि काष्ठकलाको काम गर्छन्। एउटा भवन बन्न चारदेखि पाँच वर्ष लाग्छ। सिकर्मीको काम जगतवीरकै नेतृत्वमा हुने गरेको छ। काठ ठेक्कामा दिएर काम गर्दा धेरै खर्च लाग्ने भएकाले अहिले कलेजको काम ठेक्का नदिएर ज्यालादारीमै हुने गरेको छ। उनले दैनिक ज्यालादारी १२ सय पाउने गरेका छन्।  

मन्दिर बनाउन जर्मनीसम्म 
एकजना ८५ वर्षका जर्मन नागरिक नेपाल आएका थिए। भक्तपुरका मन्दिर हेरेपछि उनलाई पनि जर्मनीमा त्यस्तै मन्दिर बनाउन मन लाग्यो। र, आफ्नै लगानीमा उनले जर्मनमा मन्दिर बनाउने निधो गरे। 

सन् २००३ मा मन्दिर बनाउन जगतवीरसहित पाँचजना सिकर्मी र डकर्मीसहितको टोली जर्मन गयो। मन्दिरका लागि ईट्टादेखि काठसम्म नेपालबाटै लगिएको थियो। मन्दिर बनाउन आवश्यक सामग्री पानीजहाज हुँदै लगियो। जगतवीर सहितको टोली यताबाट प्लेनमा गयो। ६ महिनाको बसाइपछि जर्मनको हम्वर्गमा नेपाली शैलीकै तीन तलाको मन्दिर बनाएर उनीसहितको टोली फिर्ता आयो।  

अहिले जर्मनमा हुने धेरै नेपाली त्यो मन्दिर हेर्न जाने गरेका छन्। आफूले बनाएको मन्दिर हेरेर केही दिनअघि मात्रै जगतवीर नेपाल फर्किए। उनी झण्डै २० वर्षपछि जर्मन पुगे। उनकी छोरी जर्मनमै छिन्। २० वर्षपछि बुबाले बनाएको मन्दिर देखाउन भन्दै छोरीले जर्मनी बोलाइन्। चार घण्टाको रेल यात्रापछि उनीहरू मन्दिर भएको ठाउँ हम्वर्ग पुगे। एकदिन त्यहीँ बसेर फर्किए। 

पहिले घर नै नभएको ठाउँमा मन्दिर बनाएर फर्किएका थिए उनी।  अहिले त्यो ठाउँ निकै परिवर्तन भइसकेको बताउँछन्। २० वर्षअघि बनेको मन्दिर अहिले पनि उत्तिकै आकर्षक देखिने गरेको उनको भनाइ छ। 

अनुभवीबाट सीप हस्तान्तरण आवश्यक छ : प्राध्यापक सुजन माक
इन्जिनियरिङ औपचारिकसँगै व्यावहारिक शिक्षासँग नजिक  छ।

ख्वप इन्जिनियरिङ कलेजमा पठनपाठन सैद्धान्तिक, ट्यूटोरियल र व्यवहारिक गरी तीन भागमा छुट्याइएको छ। पढाउन र ट्यूटोरियलका लागि सैद्धान्तिक ज्ञानमा निपुर्ण प्राध्यापक र इन्जिनियरमार्फत् अध्यापन गराइँदै आइएको छ भने व्यावहारिक ज्ञानका लागि विज्ञ र अनुभवी अग्रजमार्फत् सिकाउने गरिएको प्राध्यापक सुजन माक बताउँछन्। 

ख्वप इन्जिनियर कलेजमा आर्किटेक्चर विषय अन्तर्गत स्नातक तह सञ्चालनमा आएपछि एउटा विषय काष्ठकला पनि जोडियो।

काष्ठकलामा भक्तपुर नगरपालिकामा रहेका अनुभवी शिल्पकारहरूसँग कुराकानी हुँदा भक्तपुरको विश्व सम्पदामा सूचीकृत सम्पदाको मर्मत सम्भार, जिर्णोद्धार र पुनः निर्माणमा योगदान पुर्‍याएका व्यक्तिहरूको कुराकानीपछि जगतवीर शिल्पकारलगायत अनुभवी व्यक्ति कलेजसँग जोडिएको प्राध्यापक माकको सम्झिन्छन्। 

नेपालमा अहिले पनि औपचारिक शिक्षा नभएका धेरै विषय छन्। जसमध्ये काष्ठकला पनि एक भएको मागको भनाइ छ। ‘काष्ठकलाबारे स्नातक, स्नातकोत्तर भन्दामाथि औपचारिक रुपमा त्यति धेरै पढाइ हुँदैन। र, त्यसअनुसारको विज्ञ पनि पाइँदैन। भक्तपुर नगरपालिकाले नै सञ्चालन गरेको यो कलेजमा औपचारिक शिक्षाबाट मात्र होइन अनौपचारिक रुपमा योगदान पुर्‍याएकाबाट पनि सिकाइलाई प्रभावकारी बनाउँदै लगएिको छ,’ उनले भने।

यसको श्रेय भने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई दिइने गरिन्छ। किनभने कलेजले बिजुक्छेकै सल्लाहमा अनुभवीबाट सीप हस्तान्तरणको अभ्यास गर्दै आएको प्राध्यापक माक बताउँछन्।

यस्तै कलेजले विद्यार्थीसँगै अरु व्यक्तिलाई पनि डकर्मी, शिकर्मी तालिम सिकाउने गरेको छ। जसबाट विद्यार्थीले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षा पाइरहेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा बुधबार, भदौ २४, २०८३
रसुवा बाढीबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक बुधबार, भदौ २४, २०८३
ग्यास अभावबारे सरकारसँग जवाफ माग्दै संसदीय समिति बुधबार, भदौ २४, २०८३
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी बुधबार, भदौ २४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्