• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६ कक्षा मात्रै पढेका जगतवीर, जसले पढाउँछन् इञ्जिनियरिङ

64x64
पुष्पा केसी शनिबार, फागुन १३, २०७९  ०८:४२
1140x725

काठमाडौं– जगतवीर शिल्पकारले ६ कक्षा मात्रै पढेका छन्। तर, उनी स्नातक तह दोस्रो सेमेस्टरमा आर्किटेक्चरका विद्यार्थीलाई काष्ठकला पढाउँछन्। विसं २०५८ सालेदखि ख्वपः इन्जिनियरिङ कलेजमा उनी नियमित पढाइरहेका छन्।

उमेरले ७० नाघेका उनले जीवनभर काठमा कला कुँद्ने काम गरे। बाबु–बाजे हुँदै आफूले पनि अनौपचारिक रुपमा उक्त कला सिके। अनौपचारिक रुपमा पाएको शिक्षा औपचारिक रुपमा प्रदान गर्ने कुरा उनको कल्पनाबाहिरको कुरा थियो।  

कल्पना बाहिरको कुरा नै अहिले यथार्थमा परिणत भएको छ। जगतवीर वास्तविक ‘इञ्जिनियर’ हुन्। जसको इञ्जिनियरिङबाट कति नयाँ संरचना कलात्मक बनेका छन् भने कति पुराना जिर्णोद्धार।

काठमा कला कुँदिरहेको हेरेरै हुर्किए उनी। ठूलो भएपछि आफ्ना बालाई सघाउन थाले। १४ वर्षको उमेरदेखि आफैं काठमा कला खोप्न थाले। आफू काष्ठकलामा निपूण भएको उनले पत्तै पाएनन्। बाबु–बाजेले घरपरिवार चलाउनकै लागि अँगालेको सिकर्मी पेसा जगतवीरले विरासतमा सम्हाले। तर, सुरुमा यो पेसा उनको लागि रहर भन्दा बढी बाध्यता र आवश्यकता थियो। 

रहर त धेरै पढ्ने थियो। पढ्ने रहरमा बाधा बनेर खडा भइदियो गरिबी। पढ्ने मन हुँदाहुँदै पनि त्यो अगाडि बढ्न सकेन। अनि यही गरिखाने सीपमा होमिए। 

‘त्यो बेलामा पैसा भयो भने जागिर खान एकदम सजिलो थियो। एसएलसी पास गर्‍यो भने सुब्बाको जागिर पाउँथ्यो।पैसा नभएर पढ्न छाडियो। यस्तै सिकर्मी काम गरियोे,’ जगतवीरले नेवारी लवजमा भने।

अहिले उनी पेसालाई निरन्तरता दिँदै भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजमा स्नातक तह दोस्रो सेमेस्टरमा आर्किटेक्चरका विद्यार्थीलाई काष्ठकला पढाउँछन्। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न तीन महिनाासम्मको प्रयोगात्मक विषय जगतवीरले नै पढाउँदै आएका छन्। आफूले गरिरहेको काम औपचारिक रुपमै पढाइ हुन्छ भन्नेबारे उनले २०५८ सालमा थाहा पाए। 

०४१ सालमा उनी काठमाडौंमै सिकर्मीको काम गरिरहेका थिए। पार्टनरसिपमा काम गर्न भन्दै थप सम्भावनाको खोजीका लागि काठमाडौंबाट चितवन पुगे। चितवन भरतपुरमा काठ मिल थियो। त्यहाँ चार–पाँच वर्ष बसे। चितवन छँदै भक्तपुरको भैरवनाथ मन्दिरका लागि काठ लिन जानुपर्‍यो भन्ने खबर भक्तपुर नगरपालिकाले उनलाई पठायो। र, त्यसकै लागि भक्तपुर बोलाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

काठबार नगरपालिकालाई थाहा थिएन। उनलाई भक्तपुर नगरपालिकाले सोध्यो, ‘एउटा रूखबाट कति प्रतिशत काठ आउँछ?’ जगतवीरले जवाफ दिए, ‘राम्रो रूख छ भने ६०, ७०, ८० प्रतिशत पनि आउँन सक्छ। नराम्रो रुख छ भने ५५ जति आउन सक्छ।’

त्यसपछि भक्तपुर नगरपालिकाले ठेक्का नदिई जगतवीरलाई नै तीन हजार गोल काठ लिन पठायो। दुई महिना जति उनी चोरमारामै बसेर गोल ल्याएर काठमाडौं आए। त्यसबाट जगतवीरले ९०÷९२ चिरान निकाले। त्यसपछि उनलाई चितवन नजान र भैरवनाथ मन्दिरको काम गर्न भक्तपुर नगरपालिकाले आग्रह ग¥यो। भैरवनाथ मन्दिरको काम सकिएपछि फेरि भक्तपुरकै पाँचतले मन्दिरको जिर्णोद्धारमा खटिए। ०५८ सालदेखि ख्वपः कलेजमा इन्जिनियरिङको पढाइ सुरु भयो। 

जगतवीर०५७ सालदेखि नै कलेजसँग जोडिएका थिए। ०५८ सालको पहिलो ब्याचमा जम्मा २४ विद्यार्थीलाई पढाए। तर, अहिले दुईवटा ४८/४८ विद्यार्थीको समूह छ। उनीहरूलाई कलेजको तालिकाअनुसार प्रयोगात्मक विषय पढाउने गरेको जगतवीर बताउँछन्।

Xtrem

Xtrem

‘काठमा किला ठोक्न नहुने भएकाले सानो सानो काठलाई कसरी जोड्ने? काठको सदुपयोग कसरी गर्ने? कसरी जोड्यो भने बलियो बनाउन सकिन्छ’ भन्नेबारे जगतवीर विद्यार्थीलाई सिकाउँछन्। 
गरिरहेकै काम भएकाले पढाउन उनलाई गाह्रो लाग्दैन। 

विद्यार्थीलाई पढाउने काम नहुँदा पनि उनी ख्वपः इन्जिनियरिङ कलेजमै भेटिन्छन्। कलेजका भवनहरूमा झ्याल–ढोकामा कँुदिएका कलात्मक र लोभलाग्दो काष्ठकला जगतवीरले विद्यार्थीको पढाइ हुँदा बाहेकको समयमा कुँदेका हुन्। उसो त यो कलात्मक काष्ठकला २० वर्षदेखिको निरन्तरताले पाएको स्वरुप हो। 

पढाउने तालिका नहुँदा उनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कलेजकै भवन निर्माणका लागि काष्ठकलाको काम गर्छन्। एउटा भवन बन्न चारदेखि पाँच वर्ष लाग्छ। सिकर्मीको काम जगतवीरकै नेतृत्वमा हुने गरेको छ। काठ ठेक्कामा दिएर काम गर्दा धेरै खर्च लाग्ने भएकाले अहिले कलेजको काम ठेक्का नदिएर ज्यालादारीमै हुने गरेको छ। उनले दैनिक ज्यालादारी १२ सय पाउने गरेका छन्।  

मन्दिर बनाउन जर्मनीसम्म 
एकजना ८५ वर्षका जर्मन नागरिक नेपाल आएका थिए। भक्तपुरका मन्दिर हेरेपछि उनलाई पनि जर्मनीमा त्यस्तै मन्दिर बनाउन मन लाग्यो। र, आफ्नै लगानीमा उनले जर्मनमा मन्दिर बनाउने निधो गरे। 

सन् २००३ मा मन्दिर बनाउन जगतवीरसहित पाँचजना सिकर्मी र डकर्मीसहितको टोली जर्मन गयो। मन्दिरका लागि ईट्टादेखि काठसम्म नेपालबाटै लगिएको थियो। मन्दिर बनाउन आवश्यक सामग्री पानीजहाज हुँदै लगियो। जगतवीर सहितको टोली यताबाट प्लेनमा गयो। ६ महिनाको बसाइपछि जर्मनको हम्वर्गमा नेपाली शैलीकै तीन तलाको मन्दिर बनाएर उनीसहितको टोली फिर्ता आयो।  

अहिले जर्मनमा हुने धेरै नेपाली त्यो मन्दिर हेर्न जाने गरेका छन्। आफूले बनाएको मन्दिर हेरेर केही दिनअघि मात्रै जगतवीर नेपाल फर्किए। उनी झण्डै २० वर्षपछि जर्मन पुगे। उनकी छोरी जर्मनमै छिन्। २० वर्षपछि बुबाले बनाएको मन्दिर देखाउन भन्दै छोरीले जर्मनी बोलाइन्। चार घण्टाको रेल यात्रापछि उनीहरू मन्दिर भएको ठाउँ हम्वर्ग पुगे। एकदिन त्यहीँ बसेर फर्किए। 

पहिले घर नै नभएको ठाउँमा मन्दिर बनाएर फर्किएका थिए उनी।  अहिले त्यो ठाउँ निकै परिवर्तन भइसकेको बताउँछन्। २० वर्षअघि बनेको मन्दिर अहिले पनि उत्तिकै आकर्षक देखिने गरेको उनको भनाइ छ। 

अनुभवीबाट सीप हस्तान्तरण आवश्यक छ : प्राध्यापक सुजन माक
इन्जिनियरिङ औपचारिकसँगै व्यावहारिक शिक्षासँग नजिक  छ।

ख्वप इन्जिनियरिङ कलेजमा पठनपाठन सैद्धान्तिक, ट्यूटोरियल र व्यवहारिक गरी तीन भागमा छुट्याइएको छ। पढाउन र ट्यूटोरियलका लागि सैद्धान्तिक ज्ञानमा निपुर्ण प्राध्यापक र इन्जिनियरमार्फत् अध्यापन गराइँदै आइएको छ भने व्यावहारिक ज्ञानका लागि विज्ञ र अनुभवी अग्रजमार्फत् सिकाउने गरिएको प्राध्यापक सुजन माक बताउँछन्। 

ख्वप इन्जिनियर कलेजमा आर्किटेक्चर विषय अन्तर्गत स्नातक तह सञ्चालनमा आएपछि एउटा विषय काष्ठकला पनि जोडियो।

काष्ठकलामा भक्तपुर नगरपालिकामा रहेका अनुभवी शिल्पकारहरूसँग कुराकानी हुँदा भक्तपुरको विश्व सम्पदामा सूचीकृत सम्पदाको मर्मत सम्भार, जिर्णोद्धार र पुनः निर्माणमा योगदान पुर्‍याएका व्यक्तिहरूको कुराकानीपछि जगतवीर शिल्पकारलगायत अनुभवी व्यक्ति कलेजसँग जोडिएको प्राध्यापक माकको सम्झिन्छन्। 

नेपालमा अहिले पनि औपचारिक शिक्षा नभएका धेरै विषय छन्। जसमध्ये काष्ठकला पनि एक भएको मागको भनाइ छ। ‘काष्ठकलाबारे स्नातक, स्नातकोत्तर भन्दामाथि औपचारिक रुपमा त्यति धेरै पढाइ हुँदैन। र, त्यसअनुसारको विज्ञ पनि पाइँदैन। भक्तपुर नगरपालिकाले नै सञ्चालन गरेको यो कलेजमा औपचारिक शिक्षाबाट मात्र होइन अनौपचारिक रुपमा योगदान पुर्‍याएकाबाट पनि सिकाइलाई प्रभावकारी बनाउँदै लगएिको छ,’ उनले भने।

यसको श्रेय भने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई दिइने गरिन्छ। किनभने कलेजले बिजुक्छेकै सल्लाहमा अनुभवीबाट सीप हस्तान्तरणको अभ्यास गर्दै आएको प्राध्यापक माक बताउँछन्।

यस्तै कलेजले विद्यार्थीसँगै अरु व्यक्तिलाई पनि डकर्मी, शिकर्मी तालिम सिकाउने गरेको छ। जसबाट विद्यार्थीले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षा पाइरहेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्