काठमाडौं– ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकी नुवाकोट देउराली घर भई बालाजु बस्ने ३८ वर्षिया सुशीला तामाङ पक्राउ परेकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो।
२२ बैशाख २०६५ मा सुशिलासहितका व्यक्तिले रुद्रनाथ अधिकारीको हत्या प्रयास गरेका थिए।
खुकुरी, रड तथा भाला प्रहारबाट अधिकारी गम्भीर घाइते भएका थिए। पुरानो रिसिइवीमा उनीमाथि आक्रमण भएको थियो।
सो मुद्दामा सुशिलालाई अदालतले ४ वर्ष ११ महिना ६ दिन कैद सजाय सुनाएकोमा उनी फरार थिइन्।
सिआईबीले बालाजुबाट पक्राउ गरि अदालतमा पेश गरेकोमा अदालतले उनलाई केन्द्रीय कारागार पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।