• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल ल क्याम्पसमा स्ववियु चुनावको सरगर्मी बढ्दै, यी हुन् मुख्य पदका आकांक्षी

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, फागुन ९, २०७९  १६:०७
1140x725

काठमाडौँ- नेपाल ल क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ। विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित छलफल र परामर्शमा व्यस्त छन्। विद्यार्थी भर्ना र परीक्षा फारम भर्नका लागि हेल्प डेस्कको स्थापना गरी उनीहरु आ-आफ्नो उपस्थिति देखाइरहेका छन्।

ल क्याम्पसमा अरू समयभन्दा यति बेला विद्यार्थी र विद्यार्थी नेताहरूको चहलपहल बढेको छ। कोही एल‍‍एलबी द्वितीय वर्षको आंशिक विद्यार्थीको परीक्षा फारम भर्नमा व्यस्त छन् भने कोही राजनीतिक भेटघाटमा व्यस्त छन्।

यो क्याम्पसमा खासगरी तीन वटा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध विद्यार्थी नेताको दौडधुप देखिन्छ। त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पसको रूपमा चिनिएको नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनबाट स्ववियु सभापतिमा आकांक्षा देखाइरहेका छन्।

नेविसंघमा संस्थापन र इतर पक्षका विद्यार्थीको आ-आफ्नै दावी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आधा दर्जन विद्यार्थीले सभापतिमा आकांक्षा देखाएका छन्। नेविसंघ केन्द्रले समेत पूर्णता नपाएको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका विद्यार्थी संगठनका नेताहरू स्वघोषित रूपमा आफूलाई स्ववियु सभापतिको उम्मेदवारको रूपमा दावी प्रस्तुत गरिरहेका छन्।

संस्थापन पक्षबाट सुरज सेजुवालको नेतृत्व रहेको नेविसंघबाट सभापतिमा अधिवक्ताद्वय रुपेश खनाल र मनोज सिंह तथा विद्यार्थी नेता एमडी माझीको चर्चा छ। त्यसैगरी संस्थापन इतर पक्षबाट नेपाल ल क्याम्पस नेविसंघको कार्यवाहक अध्यक्ष रहेका मुकेश सेन्चुरीले सभापतिको दावी गरिरहेका छन्। सभापति रञ्जिता कार्की स्थानीय तहमा उम्मेदवार बन्न गएपछि सेन्चुरीले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। सेन्चुरीले आफूले निरन्तर रूपमा नेपाल ल क्याम्पसका विद्यार्थीको माझमा रहेर विभिन्न शैक्षिक अभियान चलाएका कारण आफ्नो दावी स्ववियु सभापतिमा रहेको बताए।

नेपाल ल क्याम्पसमा निःशुल्क तयारी कक्षा, नेपाल बारको लाइसेन्सको तयारी कक्षामा समेत आफ्नो महत्त्वपूर्ण योगदान भएका कारण आफ्नो उम्मेदवारी रहेको उनको दावी छ। 

त्यसैसरी संस्थापन पक्षका नेता रुपेश खनाल नेविसंघको सांगठनिक संषर्घका हिसाबले सभापितमा आफू बाहेक अरू उपयुक्त पात्र नभएको प्रतिक्रिया दिए। उनले नेविसंघको आधिकारी उम्मेदवार को हुने भन्ने सन्दर्भमा केन्द्रबाटै टुङ्गो बताए। 

बिएएलएलबी, एलएलबी र एलएलएम तीन वटै संकायबाट विद्यार्थीहरूलाई समावेशी, समानुपातिक ढङ्गबाट प्रतिनिधित्व गर्दै अगाडि बढ्ने र नेपाल ल क्याम्पसमा नेविसंघले नै जित्ने उनले दावी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

उनले शैक्षिक क्षेत्रमा बसेर राजनीति गर्नेहरूबाटै स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भएको आरोपसमेत लगाए। स्ववियु जस्तो संस्थालाई विभिन्न बहानामा सिध्याउन खोजिएको भन्दै उनले त्यसबारे विद्यार्थी सङ्गठनहरू संवेदनशील बन्नुपर्नेमा जोड दिए। स्ववियु निर्वाचन नभएकै कारण कानुनी शिक्षामा समेत अवरोध हुन पुगेको उनको भनाइ छ।

कानुनी अनुसन्धान र नीतिगत कुरामा प्रतिस्पर्धामा जानुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाल ल क्याम्पसमा समग्र शैक्षिक उन्नयन, प्रागिक उन्नयन र अतिरिक्त क्रियाकलाप समेत खोज अनुसन्धान जस्ता सवालहरू पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहने दावी गरे। अधिवक्ता खनालले भने, ‘त्रिविको शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि नेविसंघको अजेण्डा रहनेछ। विश्व बजारमा प्रतिस्पर्धा गर्ने शैक्षिक जनशक्ति उत्पादनका लागि समयानुकुल पाठ्यक्रमको परिमार्जनका साथै रिसर्च र डिप्लोमेन्टका परियोजनामा जोड रहनेछ।’
 
ल क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउन मेरो उम्मेदवारी: ढुंगेल
नेपाल ल क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विष्णु ढुङ्गेलले ल क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पस भएको बताउँदै छुट्टै विश्वविद्यालय बनाउनका लागि स्ववियु सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए। उनले भने, ‘नेपाल ल क्याम्पसमा विगतकोभन्दा अहिलेको परिस्थिति भिन्नै छ।'

ढुङ्गेलले आफू उमेर हद र विद्यार्थीहरुको माझमा योग्य भएको हुनाले स्ववियु निर्वाचनको उपयुक्त पात्र भएको दावी गरे। उनले आफू कुनै पर्यटक विद्यार्थीको रूपमा नभई ६ वर्षदेखि निरन्तर रूपमा विद्यार्थीको माझमा रहेको र विद्यार्थीहरूका अजेण्डामा काम गरिरहेको बताए।

अध्यक्ष ढुङ्गेलले आफ्नो सङ्गठन शिक्षाको हकलाई सुनिश्चित गर्नका लागि व्यवस्थित रूपमा पठनपाठन गर्नुपर्ने पक्षमा रहेको बताए। देशभर २२ सयदेखि २५ सय विद्यार्थीहरू हाल एलएलबी अध्ययन गरिरहेको बताउँदै उनले नेपाल ल क्याम्पसको नयाँ भवन बनिरहेकाले एलएलबी पढ्ने विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित हुने विश्वास व्यक्त गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिएएलएलबी अध्ययनका लागि लाग्ने शुल्क ५ लाखबाट घटाएर आफ्नो विद्यार्थी सङ्गठनको आन्दोलन र धर्नाका कारण ३ लाख २५ हजारमा झार्न सफल भएको उनको दावी छ।

आफ्नो निरन्तर खबरदारीका कारण नेपाल ल क्याम्पसमा कानुन पढ्ने विद्यार्थीको पहुँच बढेको, निजीकरण हुनबाट रोक्न लागेको, विद्यार्थीहरूलाई लाइब्रेरीमा पहुँच पुर्‍याउन दुईबाट पाँच वटा किताब उपलब्ध गराउन क्याम्पस प्रशासनसँग समन्वय गरेको, तालाबन्दीको विरोधमा उत्रिँदै वार्ता र संवादमार्फत शैक्षिक मुद्दाहरुको अन्त्य गराउन लागिपरेको, क्याम्पस हाता बाहिर र भित्र हुने धूमपान रोक्ने जस्ता नमुना काम गरेको, शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने काम गरेकोले आफू स्ववियुको निर्वाचन जित्नेमा विश्वस्त रहेको उनले बताए।

विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि मेरो उम्मेद्वारीःजोशी
अनेरास्ववियु नेपाल ल क्याम्पसका अध्यक्ष एवं अनेरास्वियुका केन्द्रीय सदस्य अधिवक्ता वसन्त जोशीले विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन्।

शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हकहितमा लामो समयदेखि तल्लीन रहेको बताउँदै उनले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को लागि आफू योग्य पात्र भएको भएका छन्। अनेरास्ववियु अरू विद्यार्थी सङ्गठनभन्दा पृथक रहेको दावी गर्दै जोशीले आफूहरूले उठाएका अजेण्डाहरु विद्यार्थीका पक्षमा रहेको बताए। उनले भने, ‘म नेपाल ल क्याम्पसको अनेरास्ववियुको अध्यक्ष हुँ। मैले विद्यार्थीको हकहितका लागि नीतिगत प्रभाव पर्ने गरी काम गरेको छु।’

उनले बिएएलएलबी (पाँच वर्षे) मा सेमेस्टर प्रणाली लागू हुँदै गर्दा विद्यार्थीहरूको शुल्क अत्यधिक महँगो प्रस्ताव गरेर कार्यान्वयन गर्न खोजिएको आरोप लगाउँदै आफ्नो सङ्गठनले त्यस विषयमा दबाब दिएर सच्याउन सफल भएको बताए।

अध्यक्ष जोशीले कोरोना महामारीको अवस्थामा स्वास्थ्य मापदण्ड विपरीत परीक्षा सञ्चालन हुँदा तुरुन्तै रद्ध गराउन पहल गरेको बताए। ‘केही सङ्गठनका साथीहरू चुनाव केन्द्रित देखावटी गतिविधि मात्र गरिरहेका छन्,’ उनले भने, ‘अनेरास्ववियुले राजनीति मात्र नभएर शैक्षिक अजेण्डा उठायौँ।’

उनले नेपाल ल क्याम्पसमा राम्रा गतिविधिको संस्कार अनेरास्ववियुले बसाएको दाबी गरे। कानुनका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउनका लागि पनि अन्य विद्यार्थी सङ्गठनले आफूलाई मतदान गरेर विजयी गराउनेमा जोशीले विश्वास व्यक्त गरेका छन्। आफूले गरेका गतिविधि, भविष्यका योजना नै निर्वाचन जित्ने आधार भएको उनको दावी छ।

स्ववियुलाई मध्यनजर गर्दै विद्यार्थी भर्ना म्याद थप
नेपाल ल क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनलाई मध्यनजर गर्दै विद्यार्थीहरूको भर्ना म्याद थप गरेको छ। सोमबार एक सूचना जारी गर्दै ल क्याम्पसमा सञ्चालित चार वटा सेमेस्टर एलएलएम, ६ सेमेस्टर एलएलएम, १० सेमेस्टर बिएएलएलबी र तीन वर्षे एलएलएलबीका विद्यार्थीहरूलाई आफ्नो सम्बन्धित सेमेस्टरमा फागुन १५ गते ३ बजेसम्म भर्ना गर्नका लागि सूचना जारी गरिएको नेपाल ल क्याम्पसका प्रमुख डा डिएन पराजुलीले जनाएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्