• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल ल क्याम्पसमा स्ववियु चुनावको सरगर्मी बढ्दै, यी हुन् मुख्य पदका आकांक्षी

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, फागुन ९, २०७९  १६:०७
1140x725

काठमाडौँ- नेपाल ल क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ। विभिन्न विद्यार्थी संगठनमा आवद्ध नेताहरू निर्वाचन केन्द्रित छलफल र परामर्शमा व्यस्त छन्। विद्यार्थी भर्ना र परीक्षा फारम भर्नका लागि हेल्प डेस्कको स्थापना गरी उनीहरु आ-आफ्नो उपस्थिति देखाइरहेका छन्।

ल क्याम्पसमा अरू समयभन्दा यति बेला विद्यार्थी र विद्यार्थी नेताहरूको चहलपहल बढेको छ। कोही एल‍‍एलबी द्वितीय वर्षको आंशिक विद्यार्थीको परीक्षा फारम भर्नमा व्यस्त छन् भने कोही राजनीतिक भेटघाटमा व्यस्त छन्।

यो क्याम्पसमा खासगरी तीन वटा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध विद्यार्थी नेताको दौडधुप देखिन्छ। त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पसको रूपमा चिनिएको नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनबाट स्ववियु सभापतिमा आकांक्षा देखाइरहेका छन्।

नेविसंघमा संस्थापन र इतर पक्षका विद्यार्थीको आ-आफ्नै दावी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आधा दर्जन विद्यार्थीले सभापतिमा आकांक्षा देखाएका छन्। नेविसंघ केन्द्रले समेत पूर्णता नपाएको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका विद्यार्थी संगठनका नेताहरू स्वघोषित रूपमा आफूलाई स्ववियु सभापतिको उम्मेदवारको रूपमा दावी प्रस्तुत गरिरहेका छन्।

संस्थापन पक्षबाट सुरज सेजुवालको नेतृत्व रहेको नेविसंघबाट सभापतिमा अधिवक्ताद्वय रुपेश खनाल र मनोज सिंह तथा विद्यार्थी नेता एमडी माझीको चर्चा छ। त्यसैगरी संस्थापन इतर पक्षबाट नेपाल ल क्याम्पस नेविसंघको कार्यवाहक अध्यक्ष रहेका मुकेश सेन्चुरीले सभापतिको दावी गरिरहेका छन्। सभापति रञ्जिता कार्की स्थानीय तहमा उम्मेदवार बन्न गएपछि सेन्चुरीले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। सेन्चुरीले आफूले निरन्तर रूपमा नेपाल ल क्याम्पसका विद्यार्थीको माझमा रहेर विभिन्न शैक्षिक अभियान चलाएका कारण आफ्नो दावी स्ववियु सभापतिमा रहेको बताए।

नेपाल ल क्याम्पसमा निःशुल्क तयारी कक्षा, नेपाल बारको लाइसेन्सको तयारी कक्षामा समेत आफ्नो महत्त्वपूर्ण योगदान भएका कारण आफ्नो उम्मेदवारी रहेको उनको दावी छ। 

त्यसैसरी संस्थापन पक्षका नेता रुपेश खनाल नेविसंघको सांगठनिक संषर्घका हिसाबले सभापितमा आफू बाहेक अरू उपयुक्त पात्र नभएको प्रतिक्रिया दिए। उनले नेविसंघको आधिकारी उम्मेदवार को हुने भन्ने सन्दर्भमा केन्द्रबाटै टुङ्गो बताए। 

बिएएलएलबी, एलएलबी र एलएलएम तीन वटै संकायबाट विद्यार्थीहरूलाई समावेशी, समानुपातिक ढङ्गबाट प्रतिनिधित्व गर्दै अगाडि बढ्ने र नेपाल ल क्याम्पसमा नेविसंघले नै जित्ने उनले दावी गरे।

Ncell 2
Ncell 2

उनले शैक्षिक क्षेत्रमा बसेर राजनीति गर्नेहरूबाटै स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भएको आरोपसमेत लगाए। स्ववियु जस्तो संस्थालाई विभिन्न बहानामा सिध्याउन खोजिएको भन्दै उनले त्यसबारे विद्यार्थी सङ्गठनहरू संवेदनशील बन्नुपर्नेमा जोड दिए। स्ववियु निर्वाचन नभएकै कारण कानुनी शिक्षामा समेत अवरोध हुन पुगेको उनको भनाइ छ।

कानुनी अनुसन्धान र नीतिगत कुरामा प्रतिस्पर्धामा जानुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाल ल क्याम्पसमा समग्र शैक्षिक उन्नयन, प्रागिक उन्नयन र अतिरिक्त क्रियाकलाप समेत खोज अनुसन्धान जस्ता सवालहरू पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहने दावी गरे। अधिवक्ता खनालले भने, ‘त्रिविको शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि नेविसंघको अजेण्डा रहनेछ। विश्व बजारमा प्रतिस्पर्धा गर्ने शैक्षिक जनशक्ति उत्पादनका लागि समयानुकुल पाठ्यक्रमको परिमार्जनका साथै रिसर्च र डिप्लोमेन्टका परियोजनामा जोड रहनेछ।’
 
ल क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउन मेरो उम्मेदवारी: ढुंगेल
नेपाल ल क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विष्णु ढुङ्गेलले ल क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पस भएको बताउँदै छुट्टै विश्वविद्यालय बनाउनका लागि स्ववियु सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए। उनले भने, ‘नेपाल ल क्याम्पसमा विगतकोभन्दा अहिलेको परिस्थिति भिन्नै छ।'

ढुङ्गेलले आफू उमेर हद र विद्यार्थीहरुको माझमा योग्य भएको हुनाले स्ववियु निर्वाचनको उपयुक्त पात्र भएको दावी गरे। उनले आफू कुनै पर्यटक विद्यार्थीको रूपमा नभई ६ वर्षदेखि निरन्तर रूपमा विद्यार्थीको माझमा रहेको र विद्यार्थीहरूका अजेण्डामा काम गरिरहेको बताए।

अध्यक्ष ढुङ्गेलले आफ्नो सङ्गठन शिक्षाको हकलाई सुनिश्चित गर्नका लागि व्यवस्थित रूपमा पठनपाठन गर्नुपर्ने पक्षमा रहेको बताए। देशभर २२ सयदेखि २५ सय विद्यार्थीहरू हाल एलएलबी अध्ययन गरिरहेको बताउँदै उनले नेपाल ल क्याम्पसको नयाँ भवन बनिरहेकाले एलएलबी पढ्ने विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित हुने विश्वास व्यक्त गरे।

बिएएलएलबी अध्ययनका लागि लाग्ने शुल्क ५ लाखबाट घटाएर आफ्नो विद्यार्थी सङ्गठनको आन्दोलन र धर्नाका कारण ३ लाख २५ हजारमा झार्न सफल भएको उनको दावी छ।

आफ्नो निरन्तर खबरदारीका कारण नेपाल ल क्याम्पसमा कानुन पढ्ने विद्यार्थीको पहुँच बढेको, निजीकरण हुनबाट रोक्न लागेको, विद्यार्थीहरूलाई लाइब्रेरीमा पहुँच पुर्‍याउन दुईबाट पाँच वटा किताब उपलब्ध गराउन क्याम्पस प्रशासनसँग समन्वय गरेको, तालाबन्दीको विरोधमा उत्रिँदै वार्ता र संवादमार्फत शैक्षिक मुद्दाहरुको अन्त्य गराउन लागिपरेको, क्याम्पस हाता बाहिर र भित्र हुने धूमपान रोक्ने जस्ता नमुना काम गरेको, शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने काम गरेकोले आफू स्ववियुको निर्वाचन जित्नेमा विश्वस्त रहेको उनले बताए।

विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि मेरो उम्मेद्वारीःजोशी
अनेरास्ववियु नेपाल ल क्याम्पसका अध्यक्ष एवं अनेरास्वियुका केन्द्रीय सदस्य अधिवक्ता वसन्त जोशीले विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन्।

शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हकहितमा लामो समयदेखि तल्लीन रहेको बताउँदै उनले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को लागि आफू योग्य पात्र भएको भएका छन्। अनेरास्ववियु अरू विद्यार्थी सङ्गठनभन्दा पृथक रहेको दावी गर्दै जोशीले आफूहरूले उठाएका अजेण्डाहरु विद्यार्थीका पक्षमा रहेको बताए। उनले भने, ‘म नेपाल ल क्याम्पसको अनेरास्ववियुको अध्यक्ष हुँ। मैले विद्यार्थीको हकहितका लागि नीतिगत प्रभाव पर्ने गरी काम गरेको छु।’

उनले बिएएलएलबी (पाँच वर्षे) मा सेमेस्टर प्रणाली लागू हुँदै गर्दा विद्यार्थीहरूको शुल्क अत्यधिक महँगो प्रस्ताव गरेर कार्यान्वयन गर्न खोजिएको आरोप लगाउँदै आफ्नो सङ्गठनले त्यस विषयमा दबाब दिएर सच्याउन सफल भएको बताए।

अध्यक्ष जोशीले कोरोना महामारीको अवस्थामा स्वास्थ्य मापदण्ड विपरीत परीक्षा सञ्चालन हुँदा तुरुन्तै रद्ध गराउन पहल गरेको बताए। ‘केही सङ्गठनका साथीहरू चुनाव केन्द्रित देखावटी गतिविधि मात्र गरिरहेका छन्,’ उनले भने, ‘अनेरास्ववियुले राजनीति मात्र नभएर शैक्षिक अजेण्डा उठायौँ।’

उनले नेपाल ल क्याम्पसमा राम्रा गतिविधिको संस्कार अनेरास्ववियुले बसाएको दाबी गरे। कानुनका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउनका लागि पनि अन्य विद्यार्थी सङ्गठनले आफूलाई मतदान गरेर विजयी गराउनेमा जोशीले विश्वास व्यक्त गरेका छन्। आफूले गरेका गतिविधि, भविष्यका योजना नै निर्वाचन जित्ने आधार भएको उनको दावी छ।

स्ववियुलाई मध्यनजर गर्दै विद्यार्थी भर्ना म्याद थप
नेपाल ल क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनलाई मध्यनजर गर्दै विद्यार्थीहरूको भर्ना म्याद थप गरेको छ। सोमबार एक सूचना जारी गर्दै ल क्याम्पसमा सञ्चालित चार वटा सेमेस्टर एलएलएम, ६ सेमेस्टर एलएलएम, १० सेमेस्टर बिएएलएलबी र तीन वर्षे एलएलएलबीका विद्यार्थीहरूलाई आफ्नो सम्बन्धित सेमेस्टरमा फागुन १५ गते ३ बजेसम्म भर्ना गर्नका लागि सूचना जारी गरिएको नेपाल ल क्याम्पसका प्रमुख डा डिएन पराजुलीले जनाएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्