दाङ– दाङको घो राहीमा स् थापना हुने सहिद कृष्णसे न इच्छुक बहुप्राविधिक शिक्षालयले आवश्यक भवन र जग्गा प्राप्त गरेमा यही शै क्षिक सत्रदे खि पठनपाठन सुरु गर्ने भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले सो मबार यो सहित दे शका विभिन्न स् थानमा ८ वटा आंगिक कले ज स् थापना गनेर् निर्णय गरे को थियो ।
परिषद्ले कृष्णसे न बहुप्राविधिक शिक्षालयका लागि चार समूहमा पठनपाठनको अनुमित दिने निर्णय गरेको ने कपाका के न्द्रीय सदस् य जीवन गौ तमले जानकारी दिए। जसअनुसार डिप्लो मा इन फरे ष्ट्री, डिप्लो मा इन एनिमल साइन्स, डिप्लो मा इन फूड एण्ड डे री र डिप्लो मा इन हो टल म्याने जमे न्टमा यही शै क्षिक सत्रदे खि पठनपाठन सुरु हुने छ ।
जग्गा र भवनका लागि सिटिइभिटीले घो राही उपमहानगरपालिकालाई अनुरो ध गरे को छ। अब परिषद्को नीतिगत काम सकिएकाले उपहानगरपालिकासँग मिले र जग्गा र भवन खो जीको काम थालिने र यही शै क्षिक सत्रदे खि पठनपाठन सुरु गरिने गौ तमले जानकारी दिए।
उता दाङमा स्थापना हुन लागेको प्राविधिक शिक्षालयलाई आवश्यक सहयोग गर्न तयार रहेको घोराही उपमहानगरपालिकाले बताएको छ। ‘प्राविधिक शिक्षालय स्थापना हुुनु गौरवको विषय हो, आवश्यक सवै सहयोग गर्न तयार छौं’, नगरप्रमुख नरुलाल चौधरीले भने।
‘अहिलेसम्म आधिकारिक परिपत्र आइसकेको छैन। पत्र प्राप्त भएलगत्तै कार्यपालिकाको बैठकबाट स्थान छनोटको लागि निर्णय हुनेछ।’ नगरप्रमुख चौधरीले भने, ‘सवै विषयको पढाई एकै ठाँउमा सम्भव नभए विषयगत रुपमा फरक–फरक स्थानमा कक्षा सञ्चालनको व्यवस्था मिलाउँछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।