• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मृत्यु शय्याबाट उठेर विद्यार्थी आन्दोलन ब्युँताउन सक्रिय नरेश

64x64
समर्पण श्री बुधबार, फागुन ३, २०७९  १२:०३
1140x725

काठमाडौं- नरेश रोकायालाई लागेको थिएन, सेतीको खोँचबाट बाँचेर फर्किन्छु। शरीरभरि रड र खुकुरीको प्रहारले उनी अचेत थिए। श्वास रहुन्जेल झिनो त्यान्द्रोको पनि आस हुँदो रहेछ। 

राति १० बजेको हुँदो हो। 

सुनसान खोँचमा अर्धचेत अवस्थामा छट्पटाइरहेका नरेशले खल्तीमा मोबाइल भेटे। अनि झिकेर अचेतमै डायल गरे प्रहरीलाई। 

घटना थियो, ४ पुस २०६६ साँझको। 

पोखरा विश्वविद्यालयमा उनी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आबद्ध थिए। तत्कालीन अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग वैचारिक मुडभेड भइरहन्थ्यो उनीहरूको। वैचारिक हिसाबमा नरेश सधैं खरो उत्रन्थे। एक/दुई पटकको विवादमा उनीमाथि भौतिक आक्रमणको धम्की आइरह्यो। धम्कीले उनी कहिल्यै डराएनन्।

एक दिन, कलेज बिदाको समय थियो। प्रायः साथीहरू घर गइसकेका थिए। कलेजको होस्टलमा नरेश बसिरहेका बेला करिब साढे ९ बजेतिर कसैले ढोका ढक्ढक्यायो। 

सोचे– साथीले होला।

330993675_731378895043839_2202733452290266561_n1676440940.jpg

Ncell 2
Ncell 2

उनी ढोका खोलेर बाहिर निस्किएका मात्र थिए, शरीरमा अचानक रड बजारियो। असह्य पीडामा नरेश आक्रमणकारीको समूहलाई प्रतिकार गर्दै भाग्न खोजे। फेरि अर्को ठाउँमा चार/पाँच जनाको समूह बसिरहेको रहेछ। शरीरमा थप रड बजारिन थाल्यो। त्यहाँबाट पनि प्रतिकार गरेर उनी गेटबाहिर पुगे। 

चौतर्फी घेरा हालेको समूह बाहिर पनि मौजुद रहेछ। रडसँगै खुकुरी प्रहार भयो। शिरदेखि पाइतालासम्म प्रहार भइरह्यो। त्यसपछि उनलाई सेतीको खोँचमा फालियो। 

बाजुराको दहकोटबाट ०५६ सालबाट सुरु भएको थियो नरेशको विद्यार्थी राजनीति। सायद बेलैमा प्रहरी नपुगेको भए सेतीको खोँचमै अस्ताउन पनि सक्थ्यो। 

पोखराका दुई अस्पतालले बाँच्दैन भनेर नरेशलाई काठमाडौं रिफर गरे।

घटनाको भोलिपल्ट उनलाई काठमाडौं ल्याइयो। टिचिङ हस्पिटल, मोडल हस्पिटल,  नर्भिक हस्पिटलमा लामो समयको उपचारपछि नरेशले पुनर्जीवन पाए। 

तीन महिना उनी ह्विलचियरमा रहे। त्यसपछि सहारा बन्यो वैशाखी।

यसरी ८ महिनाको उपचारपछि नरेश उभिएर हिँड्न सक्ने भए। ‘जब साथी अनि शुभचिन्तकहरू भेट्न आउँथे। साहस दिन्थे। आफूले संगठनको लागि ठिक गरेको रहेछु भनेर गर्व लाग्यो,’ उनी सम्झन्छन्।

मृत्यु शय्याबाट फर्कने बित्तिकै नरेश पोखरा फर्किए। अनि विद्यार्थी राजनीतिको मैदानमा होमिए। 

331095572_583400683709849_4762230419862963014_n1676440940.jpg

अभिव्यक्तिकै कारण आफूमाथि भएको अत्याचार वरुद्ध नरेश लडिरहे। उनीमाथि आक्रमण गर्नेहरू कोही जेल परे, त कोही आज पनि खुलेआम हिँडिरहेका छन्। 
नरेशको न्यायको लडाइँ त अझै सकिएको छैन। 

उपचारमा १३ लाख खर्च भयो। चार लाख साथीभाइ, आफन्तबाट जुट्यो। बाँकी ९ लाख परिवारले खर्च गर्‍यो। तर त्यसरी आफ्नै कार्यकर्ताले भयावह घटना घटाइरहँदा माओवादीले कुनै सहानुभूति राखेन।

०००
नरेश अखिलको यात्रामा त्यसकारण पनि अनवरत छन्। विद्यार्थीको हित र स्वतन्त्रताका निम्ति उनी झन् बुलन्द आवाज उठाउने अभियानमा लागे। उनै नरेश अहिले अनेरास्ववियुको महासचिवको उम्मेदवार छन्। उनको प्रतिवद्धता छ, ‘जितेँ भने शिक्षामा आमुल परिवर्तन गर्ने। व्यावहारिक शिक्षाको वकालत गर्ने।’

स्कुल पढ्दै गर्दा पाठ्यपुस्तक पाउन गरेका संघर्ष उनको स्मरणमा ताजा छन्।
किताब लिनका लागि ८२ किलोमिटरको पैदल यात्रा गरेर साँफेबगर पुग्नुपर्थ्यो। गाउँमा जडिबुटीका भारी बोकेर उनीहरू साँफेबगर पुग्थे। किताब किनेर छैटौं दिनमा घर पुग्दा बिछट्टै खुसी हुन्थे। ‘भारी बोक्दा थाकेको ज्यानमा नयाँ किताबले अर्कै खालको ऊर्जा फैलाउँथ्यो,’ उनी भन्छन्। 

उनी चाहन्छन्, ‘दुर्गम ठाउँमा अब विद्यार्थीले स्कुल र किताबको अभावमा पढ्न नपाउने दिनको अन्त्य होस्।’

०००
नरेश अखिलमा आबद्ध हुनुमा पारिवारिक पृष्ठभूमि थियो। तर वास्तवमै कम्युनिष्ट बन्छु भनेर भित्रैबाट प्रण गरेको क्षण उनी सम्झिरहन्छन्। 

उनी २०५९ सालमा अखिलको जिल्ला कमिटी सदस्य थिए। त्यसपछि धनगढी झरे सिएमए पढ्न। सिएमए पढेका दिनताका उनले एक दिन चे ग्वेभाराको किताब हात पारे। 

पुस्तकमा उल्लेख एउटा घटनाले उनलाई बदलिदियो। 

किताबमा मेडिकल डाक्टर पढेका चे ग्वेभारा मेक्सिकोमा एक शिविरमा बिरामी जाँच्दाको प्रसंग थियो। बिरामी जाँच्ने क्रममा एक जना वृद्धा आइपुगिछन्। जाँच गरेर चेले औषधि लेखेर दिए। बिरामी आमाले भनिछन्, ‘औषधि खाऊ जसले पनि भन्छ। मेरो औषधि खाने हैसियत भएको भए क्याम्पमा आइरहनु पर्दैनथ्यो। मलाई औषधि बिना निको बनाऊ।’ 

उनी भन्छन्, ‘चे ग्वेभाराको त्यो जीवनीको एक हिस्सा पढेपछि मान्छेको सबैभन्दा ठूलो रोग विभेदको रोग भन्ने पत्ता लगाएँ। मलाई लाग्यो, वर्ग विभेदको अन्त्य गर्नुपर्छ।  यसका लागि कम्युनिष्ट बन्नुपर्छ। त्यस दिनदेखि खाँट्टी कम्युनिष्ट बन्ने प्रयत्न गरेँ।’

330748762_1127145311310448_4577394539392067884_n1676440940.jpg

नरेशलाई परिवारले त भन्थे- डाक्टर बन्। त्यो नभए चिकित्सा क्षेत्रका अन्य विषय पढे पनि हुन्छ। 

तर, उनी बिरामीको हैन समाजको उपचार गर्न चाहन्थे। 

त्यसपछि उनी पियन क्याम्पसमा स्नातकमा भर्ना भए। भर्ना भएको दोस्रो वर्ष स्ववियु सदस्य भए। 

२०६७ मा अखिलको केन्द्रीय सदस्य भए। २०७२ मा सचिवालय सदस्य भए। सुनिता बराल अध्यक्ष हुँदा उनी उपमहासचिव थिए। अबको कार्यकालका लागि उनी महासचिवको उम्मेदवार छन्।

‘त्यो दावी किन गर्नुभयो त?’ 

प्रश्नमा उनी आफ्ना योगदान सम्झन्छन्। सन् २०१५ मा नेपालको लिपुलेक नाकाबाट भारत र चीनबीच व्यापारिक साझेदारी भयो। त्यसको विरुद्धमा आफू सडक आन्दोलनमा ओर्लिएको नरेशले सम्झिए। वैशाख १२ को भूकम्पले गोरखामा धेरै क्षति गरेको थियो। उद्धारका लागि गोरखा पुगेर खटिएको क्षण सम्झिए। कोभिडकालमा विद्यार्थीहरूलाई राहत र रासनमा सहयोग गरेको सम्झिए। बाजुरामा फुटबल खेलाडी जम्मा पारेर सी डिभिजन खेलाउन आफूले गरेको पहल सम्झिए।

उनी नेतृत्वमा रहेर यसअघि गर्न नसकेका थुप्रै काम गर्ने हुटहुटी भएको बताउँछन्। 

सार्वजनिक शिक्षाको गुणस्तरको महाअभियान, नीति निर्माणको तहमा हस्तक्षेप, टियुको एक-एक वटा आंगिक र प्राविधिक क्याम्पस बनाउन गर्ने पहल लगायतका एजेण्डा छन् उनका। 

‘एक वर्षकी मेरी छोरी छिन्, छोरी स्कुल जाने भएपछि सरकारी स्कुलमा पढाउनेछु। अखिलका साथीहरूले नै यो अभियानमा साथ दिनुपर्छ,’ उनी भन्छन्।

विदेशी शिक्षाको नाममा अर्बौं डलर बाहिर गइरहेको छ। त्यसलाई रोक्न आफूहरूको संघर्ष रहने उनी बताउँछन्। 

नरेश दृढ सुनिन्छन्, ‘नेपालको पैसा अब विदेश नजाओस्।’

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका ला... बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्