complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मृत्यु शय्याबाट उठेर विद्यार्थी आन्दोलन ब्युँताउन सक्रिय नरेश

64x64
समर्पण श्री बुधबार, फागुन ३, २०७९  १२:०३
1140x725

काठमाडौं- नरेश रोकायालाई लागेको थिएन, सेतीको खोँचबाट बाँचेर फर्किन्छु। शरीरभरि रड र खुकुरीको प्रहारले उनी अचेत थिए। श्वास रहुन्जेल झिनो त्यान्द्रोको पनि आस हुँदो रहेछ। 

राति १० बजेको हुँदो हो। 

सुनसान खोँचमा अर्धचेत अवस्थामा छट्पटाइरहेका नरेशले खल्तीमा मोबाइल भेटे। अनि झिकेर अचेतमै डायल गरे प्रहरीलाई। 

घटना थियो, ४ पुस २०६६ साँझको। 

पोखरा विश्वविद्यालयमा उनी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आबद्ध थिए। तत्कालीन अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग वैचारिक मुडभेड भइरहन्थ्यो उनीहरूको। वैचारिक हिसाबमा नरेश सधैं खरो उत्रन्थे। एक/दुई पटकको विवादमा उनीमाथि भौतिक आक्रमणको धम्की आइरह्यो। धम्कीले उनी कहिल्यै डराएनन्।

एक दिन, कलेज बिदाको समय थियो। प्रायः साथीहरू घर गइसकेका थिए। कलेजको होस्टलमा नरेश बसिरहेका बेला करिब साढे ९ बजेतिर कसैले ढोका ढक्ढक्यायो। 

सोचे– साथीले होला।

330993675_731378895043839_2202733452290266561_n1676440940.jpg

Ncell 2
Ncell 2
nimb
nimb

उनी ढोका खोलेर बाहिर निस्किएका मात्र थिए, शरीरमा अचानक रड बजारियो। असह्य पीडामा नरेश आक्रमणकारीको समूहलाई प्रतिकार गर्दै भाग्न खोजे। फेरि अर्को ठाउँमा चार/पाँच जनाको समूह बसिरहेको रहेछ। शरीरमा थप रड बजारिन थाल्यो। त्यहाँबाट पनि प्रतिकार गरेर उनी गेटबाहिर पुगे। 

चौतर्फी घेरा हालेको समूह बाहिर पनि मौजुद रहेछ। रडसँगै खुकुरी प्रहार भयो। शिरदेखि पाइतालासम्म प्रहार भइरह्यो। त्यसपछि उनलाई सेतीको खोँचमा फालियो। 

बाजुराको दहकोटबाट ०५६ सालबाट सुरु भएको थियो नरेशको विद्यार्थी राजनीति। सायद बेलैमा प्रहरी नपुगेको भए सेतीको खोँचमै अस्ताउन पनि सक्थ्यो। 

पोखराका दुई अस्पतालले बाँच्दैन भनेर नरेशलाई काठमाडौं रिफर गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाको भोलिपल्ट उनलाई काठमाडौं ल्याइयो। टिचिङ हस्पिटल, मोडल हस्पिटल,  नर्भिक हस्पिटलमा लामो समयको उपचारपछि नरेशले पुनर्जीवन पाए। 

तीन महिना उनी ह्विलचियरमा रहे। त्यसपछि सहारा बन्यो वैशाखी।

यसरी ८ महिनाको उपचारपछि नरेश उभिएर हिँड्न सक्ने भए। ‘जब साथी अनि शुभचिन्तकहरू भेट्न आउँथे। साहस दिन्थे। आफूले संगठनको लागि ठिक गरेको रहेछु भनेर गर्व लाग्यो,’ उनी सम्झन्छन्।

मृत्यु शय्याबाट फर्कने बित्तिकै नरेश पोखरा फर्किए। अनि विद्यार्थी राजनीतिको मैदानमा होमिए। 

331095572_583400683709849_4762230419862963014_n1676440940.jpg

अभिव्यक्तिकै कारण आफूमाथि भएको अत्याचार वरुद्ध नरेश लडिरहे। उनीमाथि आक्रमण गर्नेहरू कोही जेल परे, त कोही आज पनि खुलेआम हिँडिरहेका छन्। 
नरेशको न्यायको लडाइँ त अझै सकिएको छैन। 

उपचारमा १३ लाख खर्च भयो। चार लाख साथीभाइ, आफन्तबाट जुट्यो। बाँकी ९ लाख परिवारले खर्च गर्‍यो। तर त्यसरी आफ्नै कार्यकर्ताले भयावह घटना घटाइरहँदा माओवादीले कुनै सहानुभूति राखेन।

०००
नरेश अखिलको यात्रामा त्यसकारण पनि अनवरत छन्। विद्यार्थीको हित र स्वतन्त्रताका निम्ति उनी झन् बुलन्द आवाज उठाउने अभियानमा लागे। उनै नरेश अहिले अनेरास्ववियुको महासचिवको उम्मेदवार छन्। उनको प्रतिवद्धता छ, ‘जितेँ भने शिक्षामा आमुल परिवर्तन गर्ने। व्यावहारिक शिक्षाको वकालत गर्ने।’

स्कुल पढ्दै गर्दा पाठ्यपुस्तक पाउन गरेका संघर्ष उनको स्मरणमा ताजा छन्।
किताब लिनका लागि ८२ किलोमिटरको पैदल यात्रा गरेर साँफेबगर पुग्नुपर्थ्यो। गाउँमा जडिबुटीका भारी बोकेर उनीहरू साँफेबगर पुग्थे। किताब किनेर छैटौं दिनमा घर पुग्दा बिछट्टै खुसी हुन्थे। ‘भारी बोक्दा थाकेको ज्यानमा नयाँ किताबले अर्कै खालको ऊर्जा फैलाउँथ्यो,’ उनी भन्छन्। 

उनी चाहन्छन्, ‘दुर्गम ठाउँमा अब विद्यार्थीले स्कुल र किताबको अभावमा पढ्न नपाउने दिनको अन्त्य होस्।’

०००
नरेश अखिलमा आबद्ध हुनुमा पारिवारिक पृष्ठभूमि थियो। तर वास्तवमै कम्युनिष्ट बन्छु भनेर भित्रैबाट प्रण गरेको क्षण उनी सम्झिरहन्छन्। 

उनी २०५९ सालमा अखिलको जिल्ला कमिटी सदस्य थिए। त्यसपछि धनगढी झरे सिएमए पढ्न। सिएमए पढेका दिनताका उनले एक दिन चे ग्वेभाराको किताब हात पारे। 

पुस्तकमा उल्लेख एउटा घटनाले उनलाई बदलिदियो। 

किताबमा मेडिकल डाक्टर पढेका चे ग्वेभारा मेक्सिकोमा एक शिविरमा बिरामी जाँच्दाको प्रसंग थियो। बिरामी जाँच्ने क्रममा एक जना वृद्धा आइपुगिछन्। जाँच गरेर चेले औषधि लेखेर दिए। बिरामी आमाले भनिछन्, ‘औषधि खाऊ जसले पनि भन्छ। मेरो औषधि खाने हैसियत भएको भए क्याम्पमा आइरहनु पर्दैनथ्यो। मलाई औषधि बिना निको बनाऊ।’ 

उनी भन्छन्, ‘चे ग्वेभाराको त्यो जीवनीको एक हिस्सा पढेपछि मान्छेको सबैभन्दा ठूलो रोग विभेदको रोग भन्ने पत्ता लगाएँ। मलाई लाग्यो, वर्ग विभेदको अन्त्य गर्नुपर्छ।  यसका लागि कम्युनिष्ट बन्नुपर्छ। त्यस दिनदेखि खाँट्टी कम्युनिष्ट बन्ने प्रयत्न गरेँ।’

330748762_1127145311310448_4577394539392067884_n1676440940.jpg

नरेशलाई परिवारले त भन्थे- डाक्टर बन्। त्यो नभए चिकित्सा क्षेत्रका अन्य विषय पढे पनि हुन्छ। 

तर, उनी बिरामीको हैन समाजको उपचार गर्न चाहन्थे। 

त्यसपछि उनी पियन क्याम्पसमा स्नातकमा भर्ना भए। भर्ना भएको दोस्रो वर्ष स्ववियु सदस्य भए। 

२०६७ मा अखिलको केन्द्रीय सदस्य भए। २०७२ मा सचिवालय सदस्य भए। सुनिता बराल अध्यक्ष हुँदा उनी उपमहासचिव थिए। अबको कार्यकालका लागि उनी महासचिवको उम्मेदवार छन्।

‘त्यो दावी किन गर्नुभयो त?’ 

प्रश्नमा उनी आफ्ना योगदान सम्झन्छन्। सन् २०१५ मा नेपालको लिपुलेक नाकाबाट भारत र चीनबीच व्यापारिक साझेदारी भयो। त्यसको विरुद्धमा आफू सडक आन्दोलनमा ओर्लिएको नरेशले सम्झिए। वैशाख १२ को भूकम्पले गोरखामा धेरै क्षति गरेको थियो। उद्धारका लागि गोरखा पुगेर खटिएको क्षण सम्झिए। कोभिडकालमा विद्यार्थीहरूलाई राहत र रासनमा सहयोग गरेको सम्झिए। बाजुरामा फुटबल खेलाडी जम्मा पारेर सी डिभिजन खेलाउन आफूले गरेको पहल सम्झिए।

उनी नेतृत्वमा रहेर यसअघि गर्न नसकेका थुप्रै काम गर्ने हुटहुटी भएको बताउँछन्। 

सार्वजनिक शिक्षाको गुणस्तरको महाअभियान, नीति निर्माणको तहमा हस्तक्षेप, टियुको एक-एक वटा आंगिक र प्राविधिक क्याम्पस बनाउन गर्ने पहल लगायतका एजेण्डा छन् उनका। 

‘एक वर्षकी मेरी छोरी छिन्, छोरी स्कुल जाने भएपछि सरकारी स्कुलमा पढाउनेछु। अखिलका साथीहरूले नै यो अभियानमा साथ दिनुपर्छ,’ उनी भन्छन्।

विदेशी शिक्षाको नाममा अर्बौं डलर बाहिर गइरहेको छ। त्यसलाई रोक्न आफूहरूको संघर्ष रहने उनी बताउँछन्। 

नरेश दृढ सुनिन्छन्, ‘नेपालको पैसा अब विदेश नजाओस्।’

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन्। कांग्... बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्