• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन आउँछ डन्डिफोर ?

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  १२:५८
1140x725

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्डिफोरको समस्या नभोग्ने सायदै होलान् । जीवनकालमा अधिकांश व्यक्तिले डन्डिफोरको समस्या भोगेका हुन्छन् । तर, कतिपयले डन्डिफोरलाई सामान्य ठानेर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिएका छन् ।

डन्डिफोरको समस्या लिएर उपचारमा आउने प्रायःजसो महिला हुन्छन् । डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले, महिलालाई चिन्ता लाग्नु स्वभाविक पनि हो । तर, कतिपयले आज आएको डन्डिफोर तुरुन्तै भोलिपल्ट निको होस्, अनुहार सफा होस् भन्ने चाहना राख्छन् । त्यसैले केही मानिस डन्डिफोरको उपचारका लागि धेरै डाक्टरकोमा धाउँछन् । पहिलो कुरा के बुझ्नुपर्छ भने, डन्डिफोर तुरुन्तै निको भइहाल्ने हुँदैन ।

सामान्यतया डन्डिफोर आउने बित्तिकै डाक्टरकहाँ गएर उपचार गराइहाल्नु पर्दैन । खासगरी डन्डिफोर किशोर वा युवा अवस्थामा आउनु सामान्य हो । यस्तोमा घरमै छालाको हेरचाह गर्दा हुन्छ । तर छालाको हेरचाह गर्दा पनि डन्डिफोर घटेन, दाग बस्न थाल्यो, झन् ठूलो हुँदै गयो भने चाहिँ चिकित्सककहाँ जानुपर्छ । डन्डिफोरकै कारण मानसिक तनाव पनि बढ्न थाल्छ । यस्तो समयमा छाला सम्बन्धी डाक्टरको सल्लाह अनुसार उपचार गर्नु राम्रो हो ।

सानो डन्डिफोर आएको छ र त्यसले खासै समस्या निम्त्याएको छैन भने घरमै अनुहार सफा गरेर हेरचाह गर्दा हुन्छ । धेरैलाई डन्डिफोर आएपछि धेरैपटक मुख धुनुपर्छ भन्ने भ्रम छ । तर, त्यति धेरै पटक मुख धुनु पनि पर्दैन । आफ्नो छालालाई सुहाउने वा उपयुक्त हुने फेसवासले दिनमा दुई पटक मुख धोए पुग्छ । धेरै गर्मी हुँदा, पसिना आउँदा, अनुहार चिल्लो हुँदा, हेलमेट लगाएर अनुहारमा पसिना आउँदा चाहिँ मुख धुनुपर्छ । चिल्लो, पसिना वा हेलमेटका कारण डन्डिफोर बढ्ने खतरा हुन्छ ।

डन्डिफोर के हो ?

Ncell 2
Ncell 2
nimb
nimb

छालामा आउने स–साना राता फोका डन्डिफोर हुन् । सामान्यतया छालाका प्वालमा संक्रमण भयो भने डन्डिफोर देखा पर्छ । छालामा रहेका मसिना प्वालमा अवरोध हुँदा वा संक्रमित हुँदा यो समस्या आउँछ । संक्रमणसँगै हर्मोनका कारणले पनि डन्डिफोर आउने गर्छ । तर, धेरैजसोमा छालाको प्वाल टालिएर हुने संक्रमणका कारण डन्डिफोर आउँछ । छालामा ‘पि–एक्नेस’ भन्ने ब्याक्टेरिया हुन्छ । जब छालाको प्वाल चिल्लो पदार्थ, पसिना, धुलो वा फोहोरले टालिन्छ तब उक्त व्याक्टेरिया आक्रामक भएर आउँछन् र डन्डिफोर देखापर्छ । ती ब्याक्टेरियाको संक्रमण बढी भयो भने डन्डिफोरबाट पिपजस्तो फोहोर निस्किन्छ । जब डन्डिफोर बारम्बार देखिन थाल्छ, यसलाई डन्डिफोर बिग्रेको भनिन्छ । यस्तो हुनुका धेरै कारण हुन्छन् । डन्डिफोर बारम्बार आउने भएमा चिकित्सकलाई देखाउनुपर्छ । बेलैमा उपचार नगरे छालामा नराम्रो दाग बस्न सक्छ ।

किशोरावस्थामा हर्मोनमा हुने परिवर्तनसँग छालाले आफूलाई अनुकूल बनाउन खोज्छ । यद्यपि, धेरै किशोर–किशोरीमा डन्डिफोर बिग्रेर घाउ हुने गर्छ । महिलाको अनुहारमा महिनावारीको समयमा डन्डिफोर बढी आउँछ । महिनावारीको बेला उनीहरूमा हर्मोन परिवर्तन हुने र चिल्लो पदार्थका कारण छालाको प्वाल टालिने हुँदा डन्डिफोर धेरै देखिने गरेको हो । डन्डिफोर बिग्रिएर घाउ हुने अवस्थामा पुग्नुअघि नै उपचार गराउनु उपयुक्त हुन्छ । छाला हाम्रो शरीरका भित्री अंगलाई संरक्षण गर्ने कवच हो । त्यसकारण उक्त कवचलाई जोगाउन विशेष ख्याल गर्न आवश्यक छ ।

यी कुरामा ध्यान दिनुहोस्

अनुहारलाई चम्किलो बनाउन थरिथरीका केमिकलयुक्त क्रिम तथा सौन्दर्य सामाग्रीहरु प्रयोग गर्दा पनि डन्डिफोर आउन सक्छ । डन्डिफोरलाई सुकाउने नाममा धेरै रसायन भएका ‘मोस्चराइज’, फेसवासको प्रयोगले डन्डिफोर बढाउन मद्दत गर्छ । तसर्थ, छाला सुहाउँदो क्रिम, मोस्चराइज वा फेसवास प्रयोग गर्नुपर्छ । पछिल्लो समय धेरै युवती अनुहारको छाला जाँच गराएर आफूलाई सुहाँउदो क्रिम तथा अन्य सौन्दर्य सामाग्री प्रयोग गर्न थालेका छन् ।

तर, ब्युटिपार्लरमा कडा क्रिमले अनुहारको ‘स्क्रब’ गर्दा पनि महिलाको छाला झन् ‘इरिटेड’ भएर समस्या बढेका उदाहरण पनि छन् । छालाको मृत कोष हटाउन गरिने ‘स्क्रबिङ’ एक डेढ मिनेटभन्दा बढी गर्नु हुँदैन ।

डन्डिफोरलाई जबर्जस्ती निचोर्नु हुन्न । यसरी निचोर्दा दाग बस्नुका साथै थप समस्या आउन सक्छ । डन्डिफोरलाई प्राकृतिक रुपमा सुक्न दिनुपर्छ । ठूलो डन्डिफोर छ भने विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गराउनु नै उत्तम हुन्छ ।

अनुहारमा डन्डिफोर आएको छ भने सधैँ हात लगिरहने, मुसार्ने गर्नु हुँदैन । त्यसो गर्दा हातमा टाँसिएका विभिन्न जीवाणूले समस्या झन् जटिल बनाउँछन् । ब्याक्टेरिया प्रतिरोधक र चिल्लो पदार्थ नभएको साबुन प्रयोग गर्दा डन्डिफोर धेरै हदसम्म कम हुन्छ । तर, छालाको स्वास्थ्यका लागि उपयुक्त चिल्लो पदार्थ हुनु पनि आवश्यक छ । आवश्यकताभन्दा धेरै सफा गर्दा छाला सुख्खा भएर डन्डिफोर फेरि आउन सक्छ । डन्डिफोर पूरै निको हुन एक महिना पनि लाग्न सक्छ । जति कम निचोर्नु हुन्छ त्यत्ति नै चाँडो समस्या समाधान हुन्छ । प्रसस्त मात्रामा पानी पिउने र सन्तुलित भोजन खानाले पनि डन्डिफोर कम गर्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका?
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्