• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कानका ७ समस्या र बच्ने ९ उपाय

64x64
नेपाल लाइभ बुधबार, साउन ३०, २०७५  ००:२४
1140x725

कानले आवाज सुन्ने मात्र होइन शरीरको सन्तुलन पनि मिलाउने काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । मध्य भाग जसले बाहिरबाट उत्पन्न भएको ध्वनिलाई तरंगमा ल्याई आवश्यकता अनुसार शरीरभित्र प्रवेश गराउने काम गर्छ । भित्रि कान जसले तरंगबाट निस्केको ‘मेकानिकल इनर्जी’लाई ‘विद्युतीय इनर्जी’मा परिवर्तन गरी  मस्तिष्कसम्म पु¥याउने काम गर्छ र मानिसले सुन्छ । सुन्ने प्रक्रियाको कुनै पनि ठाउँमा गडबड भएमा हामी सहज ढंगले सुन्न सक्दैनौँ ।

श्रवणशक्तिमा ह्रास आउनु, कान पाक्नु, बहिरोपन हुनु, कानमा पिप जम्नु, चोटपटकका कारण कानमा समस्या आउनु आदि कानमा प्रायः भइरहने समस्या हुन् । यस्ता समस्या विभिन्न कारणले हुनेगर्छन् ।

१. संक्रमण

संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कान पाक्नु, दुख्नु, कानमा पिप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा पिप जम्मा हुँदा त्यो मस्तिष्कमा पुगेर शरीरको सन्तुलन बिग्रिन सक्छ । कानको संक्रमण दुई किसिमको हुन्छ । अल्पकालीन र दीर्घकालीन संक्रमण । अल्पकालीन संक्रमणले कान मात्र पाक्छ र सामान्य औषधिले निको हुन सक्छ । तर कान पाक्ने रोग जटिल हुँदा भित्रि कानको मस्तिष्क नजिकको हड्डी कुहिएर बाह्रै महिना कान पाकिरहने र कानबाट गन्धसहितको पिप बग्ने हुन सक्छ । यसले मस्तिष्कमा समेत असर पार्न सक्छ । यसको उपचारका लागि कानको शल्यक्रिया नै गर्नुपर्छ ।

२. श्रवणशक्तिमा ह्रास

सहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास ल्याउँछ । ६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । विश्वका एक अर्बभन्दा बढी इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरु बहिरोपनको जोखिममा रहेको अनुमान विश्व स्वास्थ संगठनको छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीतित भएको अनुमान गरिन्छ ।

३.चक्कर/वाकवाकी र बान्ता

कानको भित्रि भागमा संक्रमण भएपछि यी समस्या देखिन्छन् । कानको भित्रि भागमा हुने कक्लिया र भेस्टिबुलमा समस्या आएमा वा भित्रि भागमा संक्रमण भएमा चक्कर आउने, वाकवाक लाग्ने र बान्ता हुने गर्दछ । कानभित्र ट्युमर भएमा पनि नशाको माध्यमबाट  मस्तिष्कमा असर पुगेर चक्कर आउने समस्या देखा पर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

४. कान दुखाइ

कानमा संक्रमण फैलिएमा र कानबाट कानेगुजी आउने बाटो अवरुद्घ भएमा कान दुख्छ । कानेगुजी निकाल्नलाई कोट्याउँदा र कान सफा गर्न तेल हाल्दा पनि कान दुख्छ । कानभित्र जम्मा भएको कानेगुजी प्राकृतिक रुपमा आफैँ निस्किन्छ । अप्राकृतिक ढंगले कानेगुजी निकाल्न कान कोट्याउँदा कानेगुजी निस्किने बाटो बन्द हुन सक्छ र कान दुख्छ । कसैकसैमा कानभित्र ठोसपदार्थ धेरै भयो र झोल पदार्थ थोरै भयो भने कानेगुजी बाहिर सहजै ननिस्किन सक्छ, त्यस्तो अवस्थामा चाहिँ चिकित्सकको परामर्श लिई कान सफा गर्नुपर्छ । यस्तै, पटक–पटक रुघाखोकी लागिरहने र शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम भएकालाई पनि कानको समस्या आउँछ ।

५. कान चिलाउने

शरीरमा दाद र कपालमा चाया भने जस्तै, कानभित्र पनि दाद र चाया दुवै हुन्छ । कानभित्रको दादलाई डर्माटाइटिस भन्ने गरिन्छ । कान चिलाउने अर्को कारण ‘फंगस इन्फेक्सन’ हो, जसलाई हामी ढुसी पलाउने भन्छौँ । कानमा ढुसी जम्मा हुँदा कान चिलाउने गर्छ । ढुसी पर्ने समस्या मधुमेहका बिरामी, कान सफा गररहने, कोट्याउने र तेल हाल्ने बानी भएकामा बढी हुन्छ ।

६.दुर्घटनाबाट हुने समस्या

कानको समस्या कुनै दुर्घटनामा परी वा कानमा कुनै चोटपटकका कारण आउन सक्छ। जोडले कसैले गालामा थप्पड हान्दा पनि कानमा चोट पुगेर कानको जाली फुट्ने समस्या हुन्छ।

७. बहिरोपन

६० वर्षमाथिका बृद्घबृद्घामा बहिरोपन हुन सक्छ । उमेर बढ्दै जाँदा शरीर र कानका कोषहरु विस्तारै क्षयीकरण भई कान कम सुन्ने समस्या आउँछ । यो समस्या वंशाणुगत पनि हुने गर्छ ।

कानको संक्रमणका कारण मेनिन्जाइटिस, मस्तिष्कमा पिप जम्ने रोग, मुख बांगिने आदि समस्या देखापर्ने गर्छन् । कानमा कुनै पनि प्रकारको समस्या देखिएमा बेलैमा सचेत हुनुपर्छ । कान दुखाइसँगै कानका समस्या सामान्य त हुन् नि भनेर चिकित्सककहाँ बेलैमा नजाने हो भने मानिस कान नसुन्ने अवस्थामा पुग्न सक्छ ।

कान सम्बन्धी रोगहरुबाट बच्ने उपाय

१. वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाहा गर्ने ।

२. कानमा कुनै पनि झोल पर्दाथ नहाल्ने ।

३. रुघाखोकीको उपयुक्त उपचार र हेरचाहा गर्ने ।

४. कानको समस्या भएमा चिकित्सकको परामर्श लिने ।

५. बालबालिकामा कानकोे समस्या भए/नभएको बारे विद्यालयमा शिक्षक र घरमा अभिभावक सचेत हुने।

६. पोषणयुक्त खानेकुरा खाने ।

७. संक्रमण फैलिन नदिन समयमै कानको उपचार गर्ने ।

८. ध्वनि प्रदूषण बाट बच्ने, जोखिममा रहेकाहरुले जाँच गराउने ।

९. जेले भेट्यो त्यहीले कान कोट्याउन वा कानेगुजी निकाल्ने काम नगर्ने ।

प्रस्तुती : पारशविक्रम शाही

प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ००:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्