• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अनलाइन कक्षाका नाममा दोब्बर शुल्क असुल्दै त्रिवि, डीन भन्छन्- महंगो ठान्ने भए नपढ

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, माघ २८, २०७९  १६:०७
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर अध्ययनरत शिक्षाशास्त्र संकायका विद्यार्थीबाट अनलाइन कक्षाको नाममा चर्काे शुल्क असुलिरहेको पाइएको छ। 

विभिन्न कारणले भौतिक उपस्थितिमा पठनपाठनमा उपस्थित हुन नसकेका विद्यार्थीलक्षित गरेको अनलाइन कक्षा लिइरहेको केन्द्रीय क्याम्पसको शिक्षा संकायले प्रतिविद्यार्थी एक सेमेस्टरको २० हजार शुल्क असुल्ने गरेको तथ्य सार्वजनिक भएको हो। जबकी भौतिक उपस्थितिमा अध्ययन गर्दा प्रतिसेमेस्टर १० हजार शुल्क छ।

विरोधमा उत्रिए विद्यार्थी
अनलाइन पढ्ने विद्यार्थीहरूबाट चर्काे मूल्य लिएकोमा आपत्ति जनाउँदै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू विरोधमा उत्रिएका छन। बुधबार त्रिविका विद्यार्थीहरूले शिक्षा संकायका प्रमुखलाई भेटेर त्यसको खबरदारी समेत गरे।

त्रिविमा अध्ययनरत नेविसंघ आवद्ध विद्यार्थी नेता विष्णु बडेलाले शिक्षाशास्त्रले अनलाइन कक्षाका नाममा चर्काे मूल्य असुलेको भन्दै आपत्ति जनाए। 

‘शिक्षाशास्त्र संकायले अनलाइन कक्षाको नामको चर्काे मूल्य असुलिरहेको छ। त्यस विषयमा शिक्षाशास्त्र संकाय प्रमुख कविराज पोखरेललाई भेटेर आपत्ति जनाएका छौं। अनलाइन पढ्ने विद्यार्थीरुहरूबाट १० हजार बढी शुल्क लिएर विभेद गरिएको छ। तुरुन्तै कि त्यसको कारण पुष्टि गर्नुपर्‍यो हैन भने तुरुन्तै घटाउन माग गरेका छौं’, उनले भने, ‘एक हप्ताभित्र शिक्षाशास्त्र संकायमा हट्लाइन टेलिफोन राखेर विद्यार्थीलाई सूचना उपलब्ध गराउन पनि माग गरेका छौं।’

अनलाइन कक्षा लिइरहेका विद्यार्थी देवराज गौतमले अनलाइन कक्षाको शुल्क महंगो भएको बताउँदै समायोजन गरिनु पर्नेमा जोड दिए।

शिक्षाशास्त्र प्रमुख पोखरेल भन्छन– शुल्क घट्दैन, बढ्न सक्छ
शिक्षाशास्त्रका प्रमुख कविराज पोखरेलले भने अनलाइन कक्षाको पठनपाठन भौतिक भन्दा महंगो हुनु स्वाभाविक रहेको दाबी गर्छन्। उनी भन्छन, ‘म पनि यस संकायमा भर्खरै आएकाले मलाई पनि थाहा थिएन। गत वर्षदेखि सुरु भएको कार्यक्रम हो। यो शिक्षाशास्त्र कार्यालय, डीन कार्यालयले तोकेको फिस हो। अनलाइन सुविधाजनक र अन्तर्राष्ट्रिय अभ्यास नै हो।’ 

विद्यार्थीको गुनासोपछि आफूले शिक्षाशास्त्र संकायका डीन चित्रबहादुर बुढाथोकीसँग यसको वास्तविकताबारे बुझेको बताए। अनलाइन कक्षाको विषयमा अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही भएको र अझै शुल्क कम लिएको शिक्षाशास्त्र संकायका डीन बुढाथोकीको भनाई उदृत गर्दै पोखरेलले बताए। 

Ncell 2
Ncell 2

उनले भने, ‘इन्डियामा मात्रै एउटा सेमेस्टरमा ३५ हजार आईसी लिन्छ। हामीले त २० हजार मात्रै नेपाली लिएको हो। सप्टवेयर किन्न पर्छ। के के कस्ट छ भन्नुहुन्थ्यो। यसबारेमा डीनसाब नै बढी जानकार हुनुहुन्छ।’

यो भन्दा तल फिस नघट्ने र बरु बढ्न सक्ने उनले बताए। पोखरेलले अनलाइन महंगो भएमा भौतिक कक्षामै फर्खिन सुझाव दिएको उल्लेख गरे। हाल ५०÷६० जना विद्यार्थीले अनलाइन कक्षा लिइरहेको बताउँदै उनले अहिले नयाँ भर्ना सुरु भएको र आगामी दिनमा कति हुन्छन् भन्ने कुरा एकिन नभएको बताए।  

भौतिक कक्षामा उपस्थित हुन नसक्ने, काममा व्यस्त रहने विद्यार्थीले नै अनलाइन कक्षा लिने कुरा विश्वविद्यालयको रहेको पोखरेलको बुझाइ छ। 

अनलाइन पढ्नैपर्छ भनेर कर गरेका छैनौंः डीन
शिक्षाशास्त्र संकायका डीन चित्रबहादुर बुढाथोकीले भौतिक उपस्थितिमा हुने कक्षा भन्दा अनलाइन कक्षा फरक भएको बताए।

उनले अनलाइन कक्षा खासगरि जागिरेहरू र अन्य कुनै कारणले भौतिक रुपमा उपस्थित हुन नसक्नेहरूका लागि भएको उल्लेख गरे। युरोपमा अनलाइन कक्षा लिने विद्यार्थीहरूले १५ हजार डलर तिर्नु परेको बताउँदै उनले यहाँ मात्रै महंगो नभएको दाबी गरे। उनले महंगो भयो भन्ने विद्यार्थीहरूलाई भौतिक कक्षा लिन आउन आग्रह गरे। 

‘उहाँहरूलाई अनलाइन पढ भनेर हामीले कर गरेका छैनौं। उहाँहरूकै माग अनुसार अनलाइन कक्षाको व्यवस्था गरेका हौं’, बुढाथोकीले भने।

उनले शिक्षकहरूलाई तालिम दिनु पर्ने, अनलाइन पाठ्यसामग्री बनाउनु पर्ने भएका कारणले अलि महंगो भएको दाबी गरे।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्