• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अनलाइन कक्षाका नाममा दोब्बर शुल्क असुल्दै त्रिवि, डीन भन्छन्- महंगो ठान्ने भए नपढ

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, माघ २८, २०७९  १६:०७
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर अध्ययनरत शिक्षाशास्त्र संकायका विद्यार्थीबाट अनलाइन कक्षाको नाममा चर्काे शुल्क असुलिरहेको पाइएको छ। 

विभिन्न कारणले भौतिक उपस्थितिमा पठनपाठनमा उपस्थित हुन नसकेका विद्यार्थीलक्षित गरेको अनलाइन कक्षा लिइरहेको केन्द्रीय क्याम्पसको शिक्षा संकायले प्रतिविद्यार्थी एक सेमेस्टरको २० हजार शुल्क असुल्ने गरेको तथ्य सार्वजनिक भएको हो। जबकी भौतिक उपस्थितिमा अध्ययन गर्दा प्रतिसेमेस्टर १० हजार शुल्क छ।

विरोधमा उत्रिए विद्यार्थी
अनलाइन पढ्ने विद्यार्थीहरूबाट चर्काे मूल्य लिएकोमा आपत्ति जनाउँदै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू विरोधमा उत्रिएका छन। बुधबार त्रिविका विद्यार्थीहरूले शिक्षा संकायका प्रमुखलाई भेटेर त्यसको खबरदारी समेत गरे।

त्रिविमा अध्ययनरत नेविसंघ आवद्ध विद्यार्थी नेता विष्णु बडेलाले शिक्षाशास्त्रले अनलाइन कक्षाका नाममा चर्काे मूल्य असुलेको भन्दै आपत्ति जनाए। 

‘शिक्षाशास्त्र संकायले अनलाइन कक्षाको नामको चर्काे मूल्य असुलिरहेको छ। त्यस विषयमा शिक्षाशास्त्र संकाय प्रमुख कविराज पोखरेललाई भेटेर आपत्ति जनाएका छौं। अनलाइन पढ्ने विद्यार्थीरुहरूबाट १० हजार बढी शुल्क लिएर विभेद गरिएको छ। तुरुन्तै कि त्यसको कारण पुष्टि गर्नुपर्‍यो हैन भने तुरुन्तै घटाउन माग गरेका छौं’, उनले भने, ‘एक हप्ताभित्र शिक्षाशास्त्र संकायमा हट्लाइन टेलिफोन राखेर विद्यार्थीलाई सूचना उपलब्ध गराउन पनि माग गरेका छौं।’

अनलाइन कक्षा लिइरहेका विद्यार्थी देवराज गौतमले अनलाइन कक्षाको शुल्क महंगो भएको बताउँदै समायोजन गरिनु पर्नेमा जोड दिए।

शिक्षाशास्त्र प्रमुख पोखरेल भन्छन– शुल्क घट्दैन, बढ्न सक्छ
शिक्षाशास्त्रका प्रमुख कविराज पोखरेलले भने अनलाइन कक्षाको पठनपाठन भौतिक भन्दा महंगो हुनु स्वाभाविक रहेको दाबी गर्छन्। उनी भन्छन, ‘म पनि यस संकायमा भर्खरै आएकाले मलाई पनि थाहा थिएन। गत वर्षदेखि सुरु भएको कार्यक्रम हो। यो शिक्षाशास्त्र कार्यालय, डीन कार्यालयले तोकेको फिस हो। अनलाइन सुविधाजनक र अन्तर्राष्ट्रिय अभ्यास नै हो।’ 

विद्यार्थीको गुनासोपछि आफूले शिक्षाशास्त्र संकायका डीन चित्रबहादुर बुढाथोकीसँग यसको वास्तविकताबारे बुझेको बताए। अनलाइन कक्षाको विषयमा अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही भएको र अझै शुल्क कम लिएको शिक्षाशास्त्र संकायका डीन बुढाथोकीको भनाई उदृत गर्दै पोखरेलले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘इन्डियामा मात्रै एउटा सेमेस्टरमा ३५ हजार आईसी लिन्छ। हामीले त २० हजार मात्रै नेपाली लिएको हो। सप्टवेयर किन्न पर्छ। के के कस्ट छ भन्नुहुन्थ्यो। यसबारेमा डीनसाब नै बढी जानकार हुनुहुन्छ।’

यो भन्दा तल फिस नघट्ने र बरु बढ्न सक्ने उनले बताए। पोखरेलले अनलाइन महंगो भएमा भौतिक कक्षामै फर्खिन सुझाव दिएको उल्लेख गरे। हाल ५०÷६० जना विद्यार्थीले अनलाइन कक्षा लिइरहेको बताउँदै उनले अहिले नयाँ भर्ना सुरु भएको र आगामी दिनमा कति हुन्छन् भन्ने कुरा एकिन नभएको बताए।  

भौतिक कक्षामा उपस्थित हुन नसक्ने, काममा व्यस्त रहने विद्यार्थीले नै अनलाइन कक्षा लिने कुरा विश्वविद्यालयको रहेको पोखरेलको बुझाइ छ। 

अनलाइन पढ्नैपर्छ भनेर कर गरेका छैनौंः डीन
शिक्षाशास्त्र संकायका डीन चित्रबहादुर बुढाथोकीले भौतिक उपस्थितिमा हुने कक्षा भन्दा अनलाइन कक्षा फरक भएको बताए।

Xtrem

Xtrem

उनले अनलाइन कक्षा खासगरि जागिरेहरू र अन्य कुनै कारणले भौतिक रुपमा उपस्थित हुन नसक्नेहरूका लागि भएको उल्लेख गरे। युरोपमा अनलाइन कक्षा लिने विद्यार्थीहरूले १५ हजार डलर तिर्नु परेको बताउँदै उनले यहाँ मात्रै महंगो नभएको दाबी गरे। उनले महंगो भयो भन्ने विद्यार्थीहरूलाई भौतिक कक्षा लिन आउन आग्रह गरे। 

‘उहाँहरूलाई अनलाइन पढ भनेर हामीले कर गरेका छैनौं। उहाँहरूकै माग अनुसार अनलाइन कक्षाको व्यवस्था गरेका हौं’, बुढाथोकीले भने।

उनले शिक्षकहरूलाई तालिम दिनु पर्ने, अनलाइन पाठ्यसामग्री बनाउनु पर्ने भएका कारणले अलि महंगो भएको दाबी गरे।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ०६:०० बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ। सोमबार, असोज २६, २०८३
बूढीगण्डकी बाढीबाट गोरखामा ५ जना बेपत्ता गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ। सोमबार, असोज २६, २०८३
रुस–युक्रेनबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको ट्रम्पको दाबी, किभ भन्छ : आक्रमण जारी छ गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्