दाङ– नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण राजमार्ग क्षेत्रमा रोकिएका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरि गन्तव्यतर्फ पठाएको छ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीले दाङको भालुवाङ र लमहीमा रोकिएका यात्रुवाहक सवारी साधनलाई स्कर्टिङ गरी पठाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
राजमार्गमा रोकिएका सवारी साधनलाई वडा प्रहरी कार्यालय लमही, इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले स्कर्टिङ गरेर गन्तव्यमा पु¥याएका हुन्। लमही प्रहरीले भालुवाङदेखि लमहीसम्म र अमिलिया प्रहरीले लमहीदेखि स्कर्टिङ गरेर जिल्लाको सीमासम्म पुर्याएका छन्।
बन्दका कारण लमही लगायत देउखुरीका शिक्षणसंस्था, बजार, उद्योग सबै बन्द छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।