• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेरास्ववियुको २३औं महाधिवेशन: तयारी तीव्र, कुन पदमा को-को आकांक्षी?

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, माघ २०, २०७९  १२:११
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ।आगामी फागुन २, ३ र ४ गतेका महाधिवेशनको मिति तय भएको छ।

अनेरास्ववियुको २२औं महाधिवेशन २०७२ सालमा भएको थियो। जसबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी थिइन्। त्यस यता अनेरास्ववियुको निर्वाचन हुन सकेको छैन।

तत्कालीन नेकपा कार्यकालमा ऐन महरलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो भने नेकपा विभाजनपछि सुनिता बराललाई अध्यक्ष पदमा मनोनित गरिएको थियो।

यस पटक अनेरास्ववियुलाई गुटरहित बनाउने भनिए पनि नेतृत्वका लागि विद्यार्थी नेताहरु शीर्ष नेताहरुको घरदैलो धाइरहेका छन्। कतिपयले सामाजिक सञ्जालमार्फत नै आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन्। 

को-को छन् आकांक्षी?
२३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी देखिएका छन्। वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।  

वरिष्ठ उपाध्यक्ष लामिछानेले सामाजिक सञ्जालमार्फत आफू अध्यक्षको दाबेदार रहेको जानकारी दिएका छन्। लामिछानेको फोटो ब्यानर समेत सार्वजनिक भइसकेको छ। ब्यानरमा लेखिएको छ, ‘झ्यालबाट होइन, अधिवेशनको हलबाट अखिलको नेतृत्वमा आउँछु। हाम्रो नेतृत्वमा फागुन पहिलो हप्ता एउटा ड्रिम टिमले विद्यार्थी आन्दोलनको बागडोर सम्हाल्नेछ।’

अनेरास्ववियुको महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताउँदै लामिछानेले आफू अध्यक्षको एक्लो दाबेदार भएको बताए। 

त्यस्तै उपाध्यक्ष झपिन्द्र खत्रीले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाविक रहने दाबी गर्दै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उपाध्यक्ष लोकेश निरौलाले समेत अध्यक्ष पदमा दाबी गरिरहेका छन्। संगठन व्यवस्थित, जीवन्त, गतिशील, अनुशासित र पूर्ण लोकतान्त्रिक बनाउनका लागि आफ्नो उम्मेदवारी रहने निरौलाको भनाइ रहेको छ।

त्यसैगरी अध्यक्षका दाबेदार समिक बडालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘विधार्थी नेता हुनुको अर्थ पुरानो फोटोमा नयाँ पात्र थपिन होइन। हामी अनेरास्ववियुलाई ‘इनोभेसन’ र उधमशीलताको झन्डा बोक्ने आदर्श युवाहरु तयार गर्ने नर्सरी बनाउनेछौं।’

महासचिवमा पनि हानाथाप
अखिलको अध्यक्षमा जस्तै महासचिव पदका लागि पनि हानाथाप देखिएको छ। अनेरास्ववियुका हालका सबै उपमहासचिवहरु महासचिवका दाबेदार रहेका देखिन्छन्।

नवीना लामा अध्यक्ष हुँदादेखि नै संगठन विभाग प्रमुख रहेका सुदर्शन शिवाकोटीले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन्। अर्का उपमहासचिव नरेश रोकायाले महासचिव पदमा दाबी गरिरहेका छन्। उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत अखिलको योद्धा, जिउँदो सहिद संघर्षको अर्को नाम नरेश भन्दै मत मागिरहेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी गोविन्द गिरीले पनि आकांक्षा देखाएका छन्। अहिलेका उपमहासचिवहरु गोविन्द गिरी, भाष्कर खनाल, नारायण घर्ती र सचिव धर्म गिरीले महासचिवमा उम्मेदवारी दावी गरिरहेकाका छन्। 

विद्युतीय मतदान गर्ने सम्झौता
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदान गर्ने सम्झौता भएको छ। अध्यक्ष सुनिता बराल र राम-लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच विद्युतीय मतदान (भोटिङ मेसिन) प्रयोग गर्ने सम्झौता भएको हो।

राम-लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गरिने जानकारी दिए। उनले निर्वाचनअघि भोटिङ मेसिनमा नमुना मतदान गरेर सिकाइने समेत बताएका छन्।

अनेरास्ववियुले महाधिवेशनलाई प्रविधिमैत्री र पेपरलेस बनाउने उद्देश्यसहित विद्युतीय मतदान प्रक्रिया अवलम्बन गरिने जनाएको छ।

नेतृत्व सकभर सहमतिमा टुंग्याउने र सहमति नजुटेको अवस्थामा मात्रै भोटिङ मेसिनको प्रयोग गरी नेतृत्व टुंग्याउने तयारी छ।

एक हजार सात सय बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा एक सय ९९ केन्द्रीय कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कुल दुई सय ४४ पदका लागि निर्वाचन हुँदैछ।

अनेरास्ववीयुमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दस सचिव जसमध्ये ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन हुनेछन्। 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्