• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेरास्ववियुको २३औं महाधिवेशन: तयारी तीव्र, कुन पदमा को-को आकांक्षी?

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, माघ २०, २०७९  १२:११
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ।आगामी फागुन २, ३ र ४ गतेका महाधिवेशनको मिति तय भएको छ।

अनेरास्ववियुको २२औं महाधिवेशन २०७२ सालमा भएको थियो। जसबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी थिइन्। त्यस यता अनेरास्ववियुको निर्वाचन हुन सकेको छैन।

तत्कालीन नेकपा कार्यकालमा ऐन महरलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो भने नेकपा विभाजनपछि सुनिता बराललाई अध्यक्ष पदमा मनोनित गरिएको थियो।

यस पटक अनेरास्ववियुलाई गुटरहित बनाउने भनिए पनि नेतृत्वका लागि विद्यार्थी नेताहरु शीर्ष नेताहरुको घरदैलो धाइरहेका छन्। कतिपयले सामाजिक सञ्जालमार्फत नै आफ्नो उम्मेद्वारी घोषणा गरिरहेका छन्। 

को-को छन् आकांक्षी?
२३औं राष्ट्रिय महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका आकांक्षीहरु नै आधा दर्जन बढी देखिएका छन्। वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, समिक बडाल, वाङ्छु योञ्जन, लोकेश निरौला, उमेश आचार्य र मोति विकले अध्यक्षमा आकांक्षा देखाएका छन्।  

वरिष्ठ उपाध्यक्ष लामिछानेले सामाजिक सञ्जालमार्फत आफू अध्यक्षको दाबेदार रहेको जानकारी दिएका छन्। लामिछानेको फोटो ब्यानर समेत सार्वजनिक भइसकेको छ। ब्यानरमा लेखिएको छ, ‘झ्यालबाट होइन, अधिवेशनको हलबाट अखिलको नेतृत्वमा आउँछु। हाम्रो नेतृत्वमा फागुन पहिलो हप्ता एउटा ड्रिम टिमले विद्यार्थी आन्दोलनको बागडोर सम्हाल्नेछ।’

अनेरास्ववियुको महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताउँदै लामिछानेले आफू अध्यक्षको एक्लो दाबेदार भएको बताए। 

त्यस्तै उपाध्यक्ष झपिन्द्र खत्रीले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाविक रहने दाबी गर्दै आएका छन्।

Ncell 2
Ncell 2

उपाध्यक्ष लोकेश निरौलाले समेत अध्यक्ष पदमा दाबी गरिरहेका छन्। संगठन व्यवस्थित, जीवन्त, गतिशील, अनुशासित र पूर्ण लोकतान्त्रिक बनाउनका लागि आफ्नो उम्मेदवारी रहने निरौलाको भनाइ रहेको छ।

त्यसैगरी अध्यक्षका दाबेदार समिक बडालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘विधार्थी नेता हुनुको अर्थ पुरानो फोटोमा नयाँ पात्र थपिन होइन। हामी अनेरास्ववियुलाई ‘इनोभेसन’ र उधमशीलताको झन्डा बोक्ने आदर्श युवाहरु तयार गर्ने नर्सरी बनाउनेछौं।’

महासचिवमा पनि हानाथाप
अखिलको अध्यक्षमा जस्तै महासचिव पदका लागि पनि हानाथाप देखिएको छ। अनेरास्ववियुका हालका सबै उपमहासचिवहरु महासचिवका दाबेदार रहेका देखिन्छन्।

नवीना लामा अध्यक्ष हुँदादेखि नै संगठन विभाग प्रमुख रहेका सुदर्शन शिवाकोटीले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन्। अर्का उपमहासचिव नरेश रोकायाले महासचिव पदमा दाबी गरिरहेका छन्। उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत अखिलको योद्धा, जिउँदो सहिद संघर्षको अर्को नाम नरेश भन्दै मत मागिरहेका छन्। 

त्यसैगरी गोविन्द गिरीले पनि आकांक्षा देखाएका छन्। अहिलेका उपमहासचिवहरु गोविन्द गिरी, भाष्कर खनाल, नारायण घर्ती र सचिव धर्म गिरीले महासचिवमा उम्मेदवारी दावी गरिरहेकाका छन्। 

विद्युतीय मतदान गर्ने सम्झौता
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदान गर्ने सम्झौता भएको छ। अध्यक्ष सुनिता बराल र राम-लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच विद्युतीय मतदान (भोटिङ मेसिन) प्रयोग गर्ने सम्झौता भएको हो।

राम-लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गरिने जानकारी दिए। उनले निर्वाचनअघि भोटिङ मेसिनमा नमुना मतदान गरेर सिकाइने समेत बताएका छन्।

अनेरास्ववियुले महाधिवेशनलाई प्रविधिमैत्री र पेपरलेस बनाउने उद्देश्यसहित विद्युतीय मतदान प्रक्रिया अवलम्बन गरिने जनाएको छ।

नेतृत्व सकभर सहमतिमा टुंग्याउने र सहमति नजुटेको अवस्थामा मात्रै भोटिङ मेसिनको प्रयोग गरी नेतृत्व टुंग्याउने तयारी छ।

एक हजार सात सय बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा एक सय ९९ केन्द्रीय कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कुल दुई सय ४४ पदका लागि निर्वाचन हुँदैछ।

अनेरास्ववीयुमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दस सचिव जसमध्ये ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन हुनेछन्। 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्