• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘राज्य र समाज दुबैले ढाँटे’

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १२:५७
1140x725

कैलाली– त्यो अप्रिय घटना गत फागुन २४ को थियो। अर्थात् नारी दिवसका दिन। घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट भयो। गाउँलेले रमिता हेरे। ताली बजाए।

२० वर्षीया राधामाथि 'भोलेबाबा' भनिने रामबहादुर चौधरी र 'पार्वती माता' भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै निर्मम कुटपिट गरेका थिए। 

अत्याचारको समाचार डढेलो बन्यो। सामाजिक सञ्जाल र सञ्चार माध्यममा श्रृव्यदृश्य सामग्री छ्याप्छ्याप्ती भयो। घाइते राधालाई उद्दार गरेर उपचारका लागि धनगढी ल्याइयो। केही दिन पुनर्स्थापना केन्द्रमा राखियो। पछि कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिको पहलमा देउकलियामै कार्यक्रम आयोजना गरी राधालाई पुनर्स्थापन गरियो।

अहिले राधा चौधरी र उनको परिवारको हालत के छ त? हामी सोधखोज गर्दै पीडितसम्म पुग्यौं। 

‘हामीलाई सबैले ढाँटे, मान्छेले पनि ढाँटे र समाजले पनि ढाँट्यो’, पीडित राधा चौधरीको अनुहारमा विरक्ति देखियो, ‘मान्छेहरु जे बोल्छन् त्यो नगर्ने रहेछन्। यस्तो सम्झिदाँ दुःख लाग्छ।’ साथमा, उनकी आमा फूलकेशरी पनि थिइन्। छोरीले गुनासो सुनाइरहँदा उनका आँखासमेत भरिए।

भएको के रहेछ भने, घटनापछि प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पीडित राधा चौधरीको स्वास्थ्य उपचार तथा शिक्षादिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले व्यहोर्ने बताएका रहेछन्। उनले मात्र होइन प्रदेशका मन्त्रीहरु, जसले राधालाई भेटे, सबैले शिक्षाको जिम्मा सरकारको भन्दै साखुल्ले पल्टेका रहेछन्। तर, घटना भएकाे पाँच महिना बितिसकेको छ, पीडित राधाले प्रदेश सरकारबाट कुनै राहत पाएकी छैनन्।

‘अहँ, त्यसपछि हामीलाई कसैले सोधखोज गरेन’, पिँढीको डिलमा राखिएको खटियामा भेटिएकी राधाले सुनाइन्, 'कक्षा ११ को सबै शुल्क हामीले नै दु:खसुख तिर्यौं। अब १२ मा भर्ना हुने हो, के हुन्छ थाहा छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

राधा पढ्ने घोडाघोडी नगरपालिकाको सुख्खडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई पनि सम्पर्क गर्‌यौँ हामीले। उनले भने, ‘प्रदेश सरकारबाट हालसम्म राधालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नेबारे कुनै पत्राचार वा सूचना प्राप्त भएको छैन।’ तर विद्यालय व्यवस्थापन समितिले भने सहयोग गर्ने निर्णय गरेको दाबी उनले गरे।

शिक्षामा बेइमानी भइहाल्यो। त्योभन्दा बढी अप्रिय पक्ष त समाजसँग रहेछ।

कुराकानी गर्दैजाँदा राधाका आमा–छोरीले हामीसँग गुनासो गरे, समाजले अझै पनि उनीहरुलाई हेयको दृष्टिले हेर्न छोडेको छैन। छरछिमेकमा अझै पनि राधालाई ‘बोक्सी’ मान्नेहरु छन्। गाली गर्नेहरु छन्। छी:छी र दूरदूर गर्नेहरु छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 ‘विद्यालयमा पनि  केही साथीहरुले बोल्न छोडेका छन्” राधाले भनिन्, ‘बोल्न आउनेसँग म बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ?’ उनी आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको बताउँछिन्।

‘विद्यालयमा पनि  केही साथीहरुले बोल्न छोडेका छन्” राधाले भनिन्, ‘बोल्न आउनेसँग म बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ?’

राधाकी आमा फूलकेशरीले पनि छोरी (राधा)का लागि गाउँमा पहिलेजस्तो सहज वातावरण नरहेको बताइन्। उनले छोरीलाई गाउँसमाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा दुःख लाग्ने गरेको बताइन्। ‘कसैले केही भन्यो भने पनि चुपचाप बस्नुपर्छ, सुने पनि नसुनेझैं गर्नुपरेको छ’, उनले दुखेसो पोखिन्।

राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन्। कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन्। अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन्।

राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन्।

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्