• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'सरकारकै शैक्षिक लक्ष्य पूरा गर्न नेपाल विश्वविद्यालय आवश्यक'

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, माघ १८, २०७९  १९:३०
1140x725

काठमाडौं- नेपाल विश्वविद्यालयका सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बुधबार पनि छलफल भएको छ। छलफलमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास निर्माण समितिका सदस्यहरु उपस्थिति थिए। उनीहरुले सो विश्वविद्यालयको अवधारणा र औचित्यलाई प्रष्ट पार्ने प्रयास गरेका थिए।

छलफलमा डा अर्जुन कार्कीले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता औँल्याएका थिए। उनले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्तिको आवश्यकता रहेको बताए। उनले भने, ‘शैक्षिक जनशक्ति २०३० सम्म २५ प्रतिशत र २०४० सम्म ३० प्रतिशत पुर्‍याउने सरकारको घोषित लक्ष्य छ। हाल विश्वविद्यालयमा विद्यार्थीहरुको उत्तीर्ण दर २२ प्रतिशत मात्रै छ।'

समितिको मंगलबार र बुधबारको छलफलमा कतिपय सांसदले अहिले भएकै विश्वविद्यालय लथालिंग भएको भन्दै संख्या मात्रै बढाउन आवश्यक नरहेको बताएका थिए। त्यसैप्रति लक्षित गर्दै कार्कीले सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि पनि विश्वविद्यालयको संख्या बढाउनुपर्ने धारणा राखेका थिए।

डा कार्कीले हालको शैक्षिक जनशक्ति गुणात्मक रुपमा उत्साहप्रद नभएको बताउँदै विद्यमान पाठ्यक्रममा तथ्यगत विश्लेषण गर्ने क्षमताको कमी भएको बताए। उनले ५ वर्षदेखि निरन्तर रुपमा विश्वविद्यालयहरु किन सुधार हुन नसकेको भन्ने प्रश्नको सामना गरिहनुपरेको बताए। 

उनले कार्कीले हाल विश्वविद्यालयहरुमा भएको विकृति रोक्नका लागि राज्यबाट नै सुधारको खाँचो रहेको औँल्याए। राष्ट्रलाई माया गर्नै नैतिक शिक्षाको कमी भएको उल्लेख गर्दै उनले नेपाल विश्वविद्यालयले पाठ्यक्रममा सुधार ल्याउने र विदेश पलायन हुने शैक्षिक जनशक्तिको अन्त्य गर्ने दाबी गरे।

त्यस्तै डा सूर्यराज आचार्यले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयमा भएको विकृति अन्त्य गर्नका लागि राजनीतिक हस्तक्षेप मात्रै अन्त्य गरेर नहुने बताए। उनले भने, ‘प्राज्ञिक वातावरण र प्रशासनिक वातावरण फरक कुरा हुन्।’

डा आचार्यले राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने, सामाजिक दायित्व बोध गराउने र नैतिक  आचरण सम्बन्धी शिक्षाको आवश्यकता औँल्याउँदै नेपाल विश्वविद्यालय विधेयकले त्यो कुरालाई सम्बोधन गर्ने दाबी गरे।

त्यसैगरी, डा विपिन अधिकारीले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयले काम गर्न नसकेको आरोप लगाए। उनले नेपाल विश्वविद्यालयमा सरकारको लगानी कम भएको हुनाले सरकारबाट हस्तक्षेप नहुने कुरामा विश्वास व्यक्त गरे। उनले नेपाल विश्वविद्यालयले नैतिक शिक्षा, इतिहास, गुणस्तर लगायतका क्षेत्रमा ध्यान दिने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

छलफलमा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले विश्वविद्यालयको कोषमा रहेको रकममा सरकारी दायित्व नरहने तर पूर्वाधार लगायतका क्षेत्रमा स्थानीय, प्रदेश र संघ सरकारले गर्ने कुरा बाँझिएको भन्दै आशंका व्यक्त गरेका थिए। उनले हालका विश्वविद्यालयहरुले विद्यार्थी नपाएको उल्लेख गर्दै नेपाल विश्वविद्यालय र अरु विश्वविद्यालयमा के फरक छ भन्ने औचित्य पुष्टि गर्न आग्रह गरे।

No description available.

सांसद देवेन्द्र दाहालले विश्वविद्यालयलाई स्वायत्तता दिने विषयमा कसरी तालमेल मिलाउन सकिन्छ भन्दै प्रश्न गरे। उनले शैक्षिक जनशक्ति रोक्ने आधार, सञ्चालन गर्न चाहिने साधन स्रोतमाथि प्रष्ट पार्नुपर्नेमा जोड दिए।

त्यसैगरी सांसद खिमलाल देवकोटाले मुलुकको अर्थतन्त्र रेमिटेन्समा आधारित रहेको बताउँदै लगानी अनुसारको प्रतिफल आउनेमा आशंका व्यक्त गरे। उनले शिक्षा सम्बन्धी छाता ऐन आउने तयारीमा रहेको भन्दै सो ऐन जारी भएमा अरु विधेयक निष्क्रिय हुने चिन्ता व्यक्त गरे।

Xtrem

Xtrem

सांसदहरुको प्रश्नपछि कार्कीले नेपाल विश्वविद्यालयलाई बोझिलो नपार्नका लागि अपनत्व लिने उद्देश्यले सरकारको केही मात्रामा भए पनि लगानी हुनुपर्ने तर्क गरे। उनले प्राज्ञिक मान्यता र प्रशासनिक मान्यता पृथक रहेको बताउँदै छाता ऐन विश्वविद्यालयको बाधक बन्न नहुने बताए।

समितिका सभापति तथा राष्ट्रिय सभा सदस्य डा बेदुराम भुसालले नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिलाई पाठ्यक्रमको परारुप प्रस्तुत गर्न, हालसम्मका प्रगति विवरण सार्वजनिक गर्न र सञ्चालको आर्थिक आधारबारे प्रष्ट पार्न अनुरोध गरे।

पूर्वकानूनमन्त्री माधव पौडेलले नेपाल विश्वविद्यालय सरकारी र गैरसरकारी निकायको लगानी रहने दाबी गरे। उनले नेपाल विश्विद्यालयमा शिक्षण विधि र पाठ्यक्रम फरक किसिमको रहेको बताए। उनले शिक्षण विधि व्याख्यानभन्दा पनि प्रयोगात्मक हुने बताए।

उनले वर्षमा एक लाख शैक्षिक जनशक्ति बाहिरिने तथ्यांक रहेको बताउँदै उक्त जनशक्ति रोक्नुपर्नेमा जोड दिए। उनले हाल भएका विश्वविद्यालय सुधारमा जोड दिँदै राजनीतिक दल लगायतका सम्बन्धित निकायले ऐक्यबद्धता जनाउनुपर्ने बताए।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
गगनलाई अमरेशको जवाफ – पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशन : आज बेलुका मतदाता नामावली प्रकाशन गरिने, २२ गते मतदान सोमबार, असोज १९, २०८३
सभापति गगनको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्