• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल विश्वविद्यालय विधेयक : संख्या थपिने, गुणस्तर घट्नेमा सांसदहरुको असन्तुष्टि

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, माघ १८, २०७९  ०६:३६
1140x725

काठमाडौं- राष्ट्रिय सभाबाट विधायन व्यवस्थापन समितिमा पठाइएको 'नेपाल विश्वविद्यालय विधेयक, २०७९' माथिको सैद्धान्तिक छलफल सुरु भएको छ। मंगलबार सिंहदबारमा बसेको सो समितिको बैठकमा विधेयकमाथि छलफल भएको हो।

छलफलका क्रममा बोल्दै समितिका अधिकांश सदस्यहरुले विधेयकको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठाएका छन्। सरकारी संयन्त्र बिना नै विश्वविद्यालय सञ्चालन गर्ने तयारीका साथ अघि बढाइएको उक्त विधेयकमा छलफलमा भाग लिने सांसदहरुले नेपाल विश्वविद्यालयले मुलुकका लागि के योगदान गर्न सक्छ? यसको अवधारणा लगायतका सवालमा प्रष्ट पारिनुपर्ने माग गरे।

नेपाल विश्वविद्यालयको अवधारणा बारेमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकुमार सुवेदीले यो अन्तर विधात्मक अवधारणा (लिबरल आर्टस्)मा आधारित बहुविधागत रुपमा गुणस्तरिय, अध्ययन अनुसन्धानका विषय जोडेका थिए।

उनले भने, ‘यो नेपाल विश्वविद्यालय बहुविधागत अवधारणमा आधारित छ। दक्ष, सिर्जनशील र विश्व बजारमा प्रतिस्पर्धी मानव स्रोतको उत्पादन गर्दै, समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउने, मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयका रुपमा स्थापना गर्न खोजिएको विश्व विद्यालय हो।’

उनले नेपाल विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रता, प्राज्ञिक नवीनता रहुनका साथै यसबाट उत्पादित जनशक्ति स्वदेशमै रहने दाबी गरे।

विश्वविद्यालयको प्रमुख नै उपकुलपति
विधेयकमाथिको छलफलमा बोल्दै शिक्षामन्त्री शिशिर खनालले अरु विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने भए पनि नेपाल विश्व विद्यालयको कुलपति क्याम्पस प्रमुख नै हुने स्पट पारे। विश्व विद्यालयमा नियुक्त हुने पदाधिकारीहरु समेत गैरराजनीतिक हुने उनको भनाइ छ।

मन्त्री खनालले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको जनशक्ति उत्पादन गर्नेमा विश्वस्त पार्दै विश्वविद्यालय औसत रुपमा बढी भए पनि विश्वविद्यालयको संख्या बढाउनुपर्ने देखिएको बताए।

समितिका सभापति बेदुराम भुसालले नेपाल विश्वविद्यालयको अवधारणा कहाँबाट आयो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताए। छलफलका क्रममा सभापति भुसालले भने, ‘यो विश्वविद्यालय बन्यो भने नेपाललाई के योगदान हुन्छ, प्रष्ट पारिदिनुहोस्।’

Ncell 2
Ncell 2
nimb
nimb

विश्वविद्यालयहरु : संख्या धेरै, गुणस्तर कम
विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा विश्वविद्यालयहरु संख्यात्मक रुपमा बढ्दै गएको भए पनि गुणात्मक रुपमा कम भएको बताए।

सांसद खिमलाल देवकोटाले नेपालमा संख्यात्मक रुपमा १३ वटा विश्वविद्यालयहरु भएको सन्दर्भ जोड्दै भने, 'हाम्रा विश्वविद्यालयको संख्या धेरै भएको छ। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको भार छ।'

उनले शिक्षामन्त्री खनाललाई प्रश्न गर्दै भने, ‘तपाईं कुलपति रहेको खुला विश्वविद्यालयमा ४२० जना एलएलबी पास भएका विद्यार्थीहरुलाई बार काउन्सिलको परीक्षामा सहभागी हुनै दिएन। यसको जवाफ तपाईंले दिनुपर्छ कि पर्दैन?’

उनले नेपाल विश्वविद्यालयको अवधारणा कहाँ, कसको चाहानामा आयो? यसको पछाडि क-कसको टिम छ? कसरी लागेको छ? शिक्षा मन्त्रालयको भूमिका के छ? भन्दै प्रश्न गरेका थिए। उनले सरकारलाई आर्थिक रुपमा भार नहुने गरी गैरसरकारी शब्द आएको भए पनि नेपालमा कुनै टेलिभिजन, पत्रिका, इन्स्टिच्युट कुनै विदेशी संस्थाले चलाउँछु भन्ने कुरा गलत भएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले  शिक्षाको छाता ऐन चाहिन्छ भनेर आफू पटकपटक बोलेको बताउँदै यो विधेयकभन्दा एक महिना अगाडि संघीय शिक्षा ऐन मन्त्रिपरिषद्‌मा गएको दाबी गरे। उनले शिक्षा मन्त्री र शिक्षा सचिवको जवाफ माग्दै महत्त्वपूर्ण शिक्षा विधेयक पछाडि राखेर विश्वविद्यालय विधेयक रातारात कसरी आयो भन्दै प्रश्न गरे।

५ वटा समूहमा संशोधन प्रस्ताव  
नेपाल विश्व विद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभा नियमावली,२०७५ को नियम १०८ बमोजिम ५ वटा समूहमा संशोधन प्रस्ताव परेको छ। 

संशोधनकर्ता राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले विश्वविद्यालयको मापदण्ड नभएको भन्दै आपत्ति जनाए। उनले भने, ‘त्रिवि लगायतका विश्वविद्यालयहरुमा 'ड्रपआउट' बढिरहेको छ। प्रदेशमा भएका प्रदेश विश्वविद्यालयहरुले समेत विद्यार्थीहरु पाएका छैनन।’

उनले गैरसरकारी शब्दप्रति आपत्ति जनाउँदै त्यसको ठाउँमा मुनाफारहित शब्द राख्न सुझाव समेत दिए। 

त्यसैगरी सांसद देवेन्द्र दाहालले कुलपतिको ठाउँमा अध्यक्षात्मक प्रणाली हुनुपर्नेमा जोड दिए। साथै उनले विदेशिएका शैक्षिक जनशक्तिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए।

छलफलमाथि बोल्दै अधिंकाश सांसदहरुले विश्वविद्यालयको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिएका छन्।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्