बर्दिया– अविरल वर्षाका कारण कर्णाली नदी आसपासमा बाढी र डुबानको जोखिम बढेको छ। प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार सोमबार दिउँसो ३ बजेर ४० मिनेटको अवस्थामा चिसापानीमा सर्तकता तहले १० मिटर पार गरेको छ। जसकारणा कर्णालीको तल्लो तटीय क्षेत्रमा जोखिम देखिएको उनले बताए।
बर्दिया लगायतका जिल्लामा आइतबार बेलुकादेखि अविरल पानी परिरहेको छ।
कर्णालीमा पानी बढेकाले त्यसबाट कैलालीका धेरै भागहरु समेत प्रभावीत हुन सक्ने भएकाले कैलाली प्रशासनले समेत सतर्क रहन आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।