• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिनु कति जायज?

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, माघ १७, २०७९  ०८:१९
1140x725

काठमाडौं- शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक उपलब्ध नभएका गुनासाहरु वर्षेनी सुनिन्छन्। काठमाडौंमा गुणस्तरीय र वैज्ञानिक शिक्षाको विषयमा बहस भइरहँदा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीले भने समयमै पाठ्यपुस्तक पाइरहेका हुँदैनन्।

पाठ्यपुस्तकको अभावमै विद्यार्थीले शैक्षिक सत्रहरु गुजार्नुपरेको अवस्था छ। यस्तो अवस्थाको अन्त्य गर्न सरकारले आगामी शैक्षिक सत्र सुरु हुनु तीन महिनाअघि नै पाठ्यपुस्तक छपाइका लागि प्रक्रिया सुरु गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको काम निजी संस्थाहरुलाई दिने उद्देश्यसहित बोलपत्र आह्वान गरेको छ। 

समयमै पाठयपुस्तक उपलब्ध गराउने शिक्षा मन्त्रीको प्रतिवद्धता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन शिशिर खनालले शैक्षिक गुणस्तरका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताएका थिए। सपथसँगै उनले भनेका थिए, ‘अहिलेको गठबन्धन सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। त्यसमा भएका शिक्षाका बुँदाहरुलाई तदारुकताका साथ अगाडि बढाउनका लागि सात दिनभित्र कार्ययोजना प्रस्तुत गर्न सबै जनालाई निर्देशन दिन्छु। लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ  भनेर आफैं अभियानमा लागेको भएर पहिलो प्राथमिकता भनेको सिकाइ उपलब्धिलाई कसरी अगाडि बढाउने भन्ने चिन्तनबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्छु।’

शिक्षा मन्त्री खनालले तल्ला कक्षाहरुमा दरबन्दी समायोजन गर्नु पर्ने, विश्वविद्यालय सुधार गर्नु पर्ने, पाठ्यपुस्तक नपाउने समस्या निर्मुल पार्ने योजना सुनाएका थिए। त्यसैगरी उनले शैक्षिक सत्र सुरु हुँदै पाठ्यपुस्तक हातमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम छपाइको जिम्मा निजीलाई
शिक्षा मन्त्रीले समयमै पाठ्यपुस्तक पुर्‍याउने उद्घोष गरेसँगै शिक्षा मन्त्रालयले कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुस २९ गतेको निर्णयानुसार शैक्षिक सत्र २०८० का लागि देशभर कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री-वितरण गर्ने निर्णय गरेको छ। मन्त्रालयले यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिएको थियो।

केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ। यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो।

Ncell 2
Ncell 2

जनक शिक्षा मास्न खोजेको भन्दै शिक्षा मन्त्रीको पुत्ला दहन 
यता, पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएको भन्दै शिक्षा मन्त्रीको विरोध भएको छ। सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रलाई मार्न खोजेर निजीलाई भित्र्याएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले शिक्षा मन्त्री खनालको पुत्ला दहन गरेका छन्। 

गत शुक्रबार बिहान अनेरास्ववियुले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अगाडि शिक्षा मन्त्री खनालले पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिएको भन्दै विरोधस्वरुप पुत्ला दहन गरेको हो।

पुत्ला दहनपछि अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘शिक्षा मन्त्रीले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाउने जिम्मा निजीलाई दिने निर्णय गरे। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भएको भ्रष्टाचार र त्यसका प्रबन्धक निर्देशक अनिल झालाई कार्बाही गर्नुको साटो निजीलाई जिम्मा लगाउने काम भयो। त्यसैको विरोधमा हामीले शिक्षा मन्त्रीको पुत्ला दहन गरेका हौं।’

पराजुलीले सरकारले आफ्नो गल्ती, कमी-कमजोरीलाई ढाकछोप गर्नका लागि समयमै पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएको आरोप लगाए। उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सरकारको संयन्त्रले छाप्न नसक्ने, निजीले छाप्न सक्ने आधार चाहिँ के हो? यी सबै काम कमिसनका लागि भइरहेको छ।’ अध्यक्ष पराजुलीले सरकारले निर्णय नसच्याउँदासम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्। 

विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनुपर्छ
पाठ्यक्रम छपाइको जिम्मा निजीलाई दिइनु गलत नभएको शिक्षा मन्त्रालयका उपसचिव देवीप्रसाद सुवेदीले बताए। जनक शिक्षा सामग्री केन्द्र लिमिडेट होस् या निजी क्षेत्र स्तरीय छपाइ जसले गरे पनि विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनुपर्ने उनको भनाइ छ।

छपाइको जिम्मा निजीलाई दिने योजना २०६० सालकै होः शिक्षाविद् कोइराला
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय २०६० सालकै भएको शिक्षाविद् डा विद्यानाथ कोइरालाले बताए। उनले भने, ‘पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने योजना २०६० सालदेखिको हो। अहिलेको मन्त्रीको निर्णय होइन।’

जनक शिक्षाको पाठ्यपुस्तक छाप्न सक्ने तागत नभएका कारण २०६० सालमै निजीलाई दिने योजना भएको कोइरालाले बताए। उनले थपे, ‘ जनक शिक्षा आफैंले छापेर पठाउँदैन। साझा प्रकाशनलाई विश्वास गर्न सक्दैन। निजीलाई दियो भने छिटो हुन्छ भन्ने विश्वासमा काम गरेको हो।'

निजी क्षेत्रले छापेका पाठ्यपुस्तकको गुणस्तर भने नभएको डा कोइरालाको भनाइ छ। उनले भने, 'निजीले गुणस्तरमा बदमासी गर्‍यो। उसले छापेको किताबमा अक्षर मेटिने, कागज गतिलो नहाल्ने जस्ता बदमासी भए।’

डा कोइरालाले उपयोगका हिसाबमा निजीलाई दिने निर्णय ठिक भएको तर गुणस्तरका  हिसाबमा ठिक नभएको टिप्पणी गरे। जनक शिक्षासँग २४ घण्टा नै चल्ने मेसिन भएको तर नचलाई राखेको उनको आरोप छ। जनक शिक्षाले १३ ट्रक कागज फालेर घोटाला गरेको विषय सार्वजनिक भएको बताउँदै उनले कर्मचारीतन्त्रको समेत बदमासी रहेको दावी गरे। 

कोइरालाले जनक शिक्षा लिमिटेड भएकाले पाठ्यपुस्तक छपाइमा सरकार र निजी क्षेत्रको संग्लनता रहेको बताए। उनले निजीहरुले भारतबाट पुस्तक सस्तोमा छापेर यता कमिसन खाएर बेच्ने गरेको आरोप लगाए। 

कागजमा हुने बदमासी, छपाइमा हुने बदमासीहरु कसरी रोक्ने भन्नेमा ध्यान दिनुपर्ने बताउँदै शिक्षाविद् कोइरालाले निजीको सहारा लिएर समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्नेमा जोड दिए।

शिक्षकले किताब बिना नै पठनपाठन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउँदै उनले अहिलेको अवस्थामा शिक्षक आफैंले किताब निर्माण गर्नुपर्ने र बहुपाठ्यक्रम चिन्तनको विकास गर्नुपर्नेमा जोड दिन सुझाए।

त्यसका साथै उनले पुराना किताबहरुको पुस्तकालय बनाउने, शिक्षकहरु अनलाइनमैत्री पाठ्यक्रमको खोजी गर्न सक्रिय हुनुपर्ने, पालिकाहरुले समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने सुझाव पनि दिए। 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्