काठमाडौं– चरेश बेच्न ठमेल पुगेका ६ युवक पक्राउ परेका छन्। करिब १० केजी चरेससहित प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बाग्लुङका रोज छन्त्याल, बिशाल मगर, सुजन मगर, काभ्रेका राम मगर, कास्कीका संजय सुवेदी र रोल्पाका शेरबहादुर पुनमगर छन्।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलको ज्याठा चोकबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।