• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारी अस्पतालका एमआरआईमा मनपरी : १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य

सेटिङमा टेन्डर पार्छन् तर मेसिन उपलब्ध गराउँदैनन्
रिता लम्साल सोमबार, माघ १६, २०७९  ०६:३८
1140x725

काठमाडौं- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २०७८ पुस महिनाभित्रै म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन जडान भइसक्नुपर्ने थियो। तर, अस्पतालमा भवन अभाव भएको भन्दै मेसिन नै ल्याइएन। अस्पतालले १.५ टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा हस्पिटेक नेपाल नामक कम्पनीलाई दिएको थियो।

हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन नेपालमा भित्र्याउँदै आएको छ। अस्पताल र हस्पिटेकबीच २०७८ असार २३ गते ६ महिनाभित्र अस्पतालमा एमआरआई मेसिन जडान गरिसक्ने सम्झौता भएको थियो। तर, अस्पतालमा अहिलेसम्म पनि एमआरआई मेसिन जडान भएको छैन। 

२०७८ पुस महिनामा जडान हुनुपर्ने सम्झौता गरेको भएपनि अस्पतालमा एमआरआईका लागि भवन नभएको भन्दै २०७९ मंसिरसम्म म्याद थप गरिएको थियो। तर, उक्त अवधिमा पनि अस्पतालमा एमआरआई मेसिन जडान भएन। तोकिएको समयसम्म एमआरआई उपलब्ध गराउन नसकेको कम्पनीलाई अस्पतालले कारबाही गर्नुको सट्टा उल्टो समय थप्दै आइरहेको छ। कम्पनीले फेरि वैशाखसम्मको समय माग्दै म्याद थपका लागि निवेदन दिएको छ।

अस्पताल स्रोतका अनुसार सुरुमा नै कम्पनीसँगको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाइएका कारण अहिले पुनः कम्पनीकै माग अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ।

‘एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडि बढेदेखि नै हस्पिटेकसँग सेटिङ गरिएको थियो। अब अहिले कम्पनीले सम्झौता अनुसार मेसिन ल्याउन सकेको छैन। तर, फेरि कम्पनीकै चाहना अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ,’ अस्पताल स्रोतले भन्यो।

अस्पताल खरिद गर्न लागेको एमआरआई १ दशमलव ५ टेस्लाको ७० सेन्टिमिटर बोर साइज र ४८ च्यानल क्षमता भएको हो। उक्त एमआरआई १६ करोड रुपैयाँमा खरिद गर्ने निर्णय भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा पनि सम्झौता अनुसार एमआरआई मेसिन समयमा नै आउन सकेको छैन। उक्त अस्पतालमा पनि इस्टवेस्ट नामक आयातकर्ता कम्पनीसँगको मिलेमतोमा सिमेन्स कम्पनीको एमआरआई खरिदको निर्णय भएको छ। भेरीमा २५ करोड रुपैयाँमा थ्री टेस्लाको ७० सेमी बोर साइज र ३२ च्यानल क्षमताको एमआरआई मेसिन आउने भएको छ। अस्पतालमा एमआरआईका लागि भवन खाली गर्ने काम बाँकी रहेको भन्दै चैतसम्म कम्पनीलाई समय दिइएको छ।

सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पनि सिमेन्स कम्पनीकै एमआरआई मेसिन मिलेमतोमा ल्याउन सम्झौता भएको छ। इस्टवेस्टसँगको मिलेमतोमा एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको विषयमा यसअघिको संसद्को लेखा समितिले समेत छानबिन गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

लेखा समितिले एमआरआई खरिदका लागि स्पेसिफिकेसन (उपकरणका लागि आवश्यक पर्ने विस्तृत विवरण) तयार पार्ने समयदेखि नै कम्पनीसँग मिलेमतो गरेको पत्ता लगाएको थियो। समितिले अस्पताल निर्देशक डम्बर खड्काले कम्पनीसँग मिलेर नै एउटा मात्र कम्पनीसँग मिल्ने स्पेसिफिकेसन बनाएको प्रतिवेदन तयार पारेको छ। 

तत्कालीन संसद्को अवधि सकिएर नयाँ निर्वाचन भएपछि उक्त विषय हरायो। अस्पतालले केही समयअघि मात्र सोही कम्पनीलाई एमआरआई खरिदको जिम्मा दिएको छ। अस्पतालले थ्री टेस्लाको ७० सेन्टिमिटर बोर साइज र ६४ च्यानल क्षमताका एमआरआईका लागि २९ करोड ७१ लाख रुपैयाँभन्दा बढी मूल्यमा सम्झौता गरिसकेको छ।

इस्टवेस्टले नै सोही कम्पनीको थ्री टेस्ला र ७० सेन्टिमिटर नै बोर साइज भएको तर च्यानल भने ३२ क्षमताको एमआरआई निजामती अस्पतालमा २२ करोड ७४ लाखमा उपलब्ध गराउन लागेको छ। 

दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरू समान छन्। यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरू राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ। स्पेसिफिकेसनका भाषाहरू पनि उस्तै छन्। 

दुवै अस्पतालले साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन्। सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन्। जसमा अधिकांश बुँदाहरू एक अर्कामा हुबहु सारिएका छन्। केही नम्बरका बुँदाहरू तलमाथि गरिएका छन् भने बुँदालाई फरक देखाउन केहीमा अंग्रेजी अक्षरको ठूलो भएकामा सानो र सानो भएकामा ठूलो मात्र बनाइएको छ।

तीन सयभन्दा बढी बुँदाका स्पेसिफिकेसनमा झुक्याउनका लागि आरएफ च्यानल फरक देखाउन खोजिएको छ। सुर्खेतको एमआरआईमा ६४ अथवा त्योभन्दा बढी आरएफ च्यानल भनिएको छ भने सिभिलकोमा ३२ अथवा त्योभन्दा बढी भनिएको छ। तर, उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको 'बीट' भने समान राखिएको छ। दुवै अस्पतालको बीट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ। यो भनेको जति च्यानलको आरएफ भए पनि एमआरआईले दिने चित्र (इमेज) उस्तै हुने एक बायोमेडिकल इन्जिनियर बताउँछन्। 

‘दुवै अस्पतालको स्पेसिफिकेसन हेर्दा अधिकांश महत्त्वपूर्ण बुँदाहरू उस्तै छन्। केहीमा फरक देखाउन खोजिएको छ। तर, त्यसले मूल्यमा खासै फरक देखाउँदैन’, उनले भने, ‘ती सबै बुँदाहरू झुक्याउनका लागि राखिएका र मूल्यमा चलखेल गर्न राखिएका हुन्। दुवै अस्पतालका उपकरण उस्तै र एउटै हुन्।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्पनीसँगको मिलेमतोमा एमआरआई मेसिन खरिद भएको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार प्रतिष्ठानले लुम्बिनी हेल्थ केयर नामक आयातकर्तासँगको मिलेमतोमा युनाइटेड इमेजिङको एमआरआई मेसिन खरिद गरेको हो।

राप्तीले मिलेमतोमा १.५ टेस्लाको ६० सेन्टिमिटर बोर साइज र १६ च्यानल क्षमताको एमआरआई १२ करोड रुपैयाँमा खरिद गरेको हो। कम्पनीले सेटिङमा खरिद गरेको एमआरआई मेसिन प्रतिष्ठानले सञ्चालनमा ल्याइसकेको छ। 

यही कम्पनीले नारायणी अस्पतालमा पनि मिलेमतोमा नै थ्री टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा पाएको छ। नारायणीमा थ्री टेस्लाको ७५ सेन्टिमिटर बोरसाइज र ७२ च्यानल क्षमताको एमआरआई खरिद गर्ने जिम्मा लुम्बिनी हेल्थ केयरले पाएको छ। 

भरतपुर अस्पतालमा पनि सेटिङ
भरतपुर अस्पतालले पनि हालै मात्र एमआरआई खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ। अस्पतालले इस्टवेस्टसँगकै सेटिङमा ३० करोड रुपैयाँमा एमआरआई खरिद गर्न लागिएको स्रोत बताउँछ।

स्रोतका अनुसार अस्पतालका निर्देशक डा कृष्ण पौडेल र अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा केशव पौडेलले इस्टवेस्टसँगको मिलेमतोमा सिमेन्सलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएका छन्। डा केशव पौडेलको चितवनमा रहेको मेट्रो इमेजिङमा इस्टवेस्टको समेत लगानी रहेको बताइएको छ।

‘सिमेन्सको एमआरआईलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाइएको छ। निर्देशक र रेडियोलोजिष्टको स्वार्थमा सिमेन्सलाई मिल्ने गरी स्पेसिफिकेसन बनाइएको हो,’ स्रोतले भन्यो, ‘नयाँ मोडलको लागत तयार पारेर पुरानो मोडलको एमआरआई ल्याउन लागिएको छ। यसमा कारोडौंको खेल छ।’

भरतपुरले थ्री टेस्लाको ७० सेन्टिमिटर बोरसाइज र ६४ च्यानल क्षमताको एमआरआई खरिदको प्रक्रिया अगाडि बढाएको हो। 

सेटिङमा टेण्डर मिलाउने, तर उपकरण नदिने
कम्पनीले सेटिङमा उपकरण खरिदको जिम्मा पाए पनि उपकरण भने उपलब्ध गराउन सकेको छैन। सामान्यतया खरिद सम्झौता गरेको एक सय २० देखि एक सय ५० दिनभित्र मेसिन उपलब्ध गराइसक्नुपर्ने हुन्छ। तर, हालसम्म गंगालाल अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र एमआरआई मेसिन आइपुगेको छ। अन्य अस्पतालमा भने सम्झौता गरेको डेढ वर्ष भइसक्दा पनि कम्पनीहरूले एमआरआई उपलब्ध गराउन सकेका छैनन्।

खरिद सम्झौता भइसकेका र प्रक्रिया अगाडि बढेका अस्पतालहरूसँग एमआरआई मेसिनका विषयमा नेपाल लाइभले जिज्ञासा राख्दा अधिकांश अस्पतालले छिट्टै मेसिन आएर जडान हुने बताए पनि कहिलेसम्म जडान हुन्छ भनेर भन्न सकेका छैनन्।

जनकपुर प्रादेशकि अस्पताल, भेरी अस्पताल, सेती अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, निजामती अस्पतालले यही आर्थिक वर्ष (२०८० को असार) भित्र एमआरआई जडान हुने सम्भावना रहेको जनाएका छन्। भेरीले चैत मसान्तसम्म भवन खाली गरेर जडान हुने सम्भावना रहेको जनाएको छ। यस्तै, नारायणी अस्पतालले उपकरण भन्सारमा आइसकेको र छिट्टै भन्सार प्रक्रिया टुंग्याएर कम्पनीले एमआरआई जडान गर्ने जनाएको छ।

‘कम्पनीहरू मिलेमतोमा टेण्डर पार्न खप्पिस छन्। तर, उपकरण ल्याउन भने विभिन्न बहानाबाजी गर्छन्,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका एक कर्मचारीले भने, ‘अस्पतालका निर्देशकदेखि अन्य कर्मचारीलाई निश्चित प्रतिशत कमिसन मिलाएर भए पनि सेटिङमा आफू अनुकूलको सर्त राखेर टेण्डर मिलाउँछन्। तर, मेसिन ल्याउने बेलामा भने अनेक बहानााबजी गर्छन्।’

सरकारी अस्पतालमै किन फरक क्षमता र मूल्यका एमआरआई?
स्वास्थ्य मन्त्रालय अन्तर्गत तथा नेपाल सरकारका विभिन्न निकाय अन्तर्गत रहेका सरकारी अस्पतालहरूमा खरिद गर्न लागिएका र खरिद भएका एमआरआईहरूको विवरण हेर्दा सबै अस्पतालमा फरक फरक मापदण्ड, क्षमता र मूल्य भेटिन्छन्। नेपाल लाइभले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।

यी अस्पतालमा के आधारमा र कसरी एमआरआई खरिदको निर्णय भयो भन्ने विषयमा नेपाल लाइभले स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारीसँग जानकारी लिएको छ। ती कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अस्पतालको आवश्यकताभन्दा पनि व्यापारीको आवश्यकता र स्वार्थ अनुसार एमआरआई खरिदको निर्णय भएको देखिन्छ।’

उनका अनुसार अस्पतालहरूले आफ्नो अस्पतालमा कति क्षमताको, कस्तो एमआरआई ल्याउने विषयमा अस्पतालमा आवश्यकताको पहिचना गर्नेभन्दा पनि व्यापारीहरूसँगको छलफल र कमिसनका आधारमा निर्णय गर्ने गरेको देखिन्छ। ‘अस्पतालहरूमा एमआरआईको आवश्यकता छ। यो कुरा साँचो हो। तर, कहाँ कति क्षमताको कस्तो खालको एमआरआई किन चाहिन्छ भन्ने विषयमा कुनै अध्ययन नै छैन,’ ती कर्मचारीले भने, ‘एमआरआई किन्नुपर्छ। चाहिन्छ भन्ने भएपछि आफू नजिकका व्यापारीसँग बसेर स्पेसेफिकेसन बनाउने काम हुन्छ र खरिदको प्रक्रिया अगाडि बढ्छ।’

पछिल्लो समय भरतपुर अस्पतालसँगै ट्रमा सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा पनि एमआरआई खरिदका लागि व्यापारीहरूले सेटिङ अगाडि बढाइसकेको स्रोत बताउँछ।

कहाँ कति क्षमता र मूल्यका एमआरआई?
 

MRI_Rate1674804554.jpg

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्