Samsung Content Block AD - AI Samsung Content Block AD - AI
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ३०, २०८२ Tue, May 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
सरकारी अस्पतालका एमआरआईमा मनपरी : १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य सेटिङमा टेन्डर पार्छन् तर मेसिन उपलब्ध गराउँदैनन्
रिता लम्साल सोमबार, माघ १६, २०७९  ०६:३८
1140x725

काठमाडौं- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २०७८ पुस महिनाभित्रै म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन जडान भइसक्नुपर्ने थियो। तर, अस्पतालमा भवन अभाव भएको भन्दै मेसिन नै ल्याइएन। अस्पतालले १.५ टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा हस्पिटेक नेपाल नामक कम्पनीलाई दिएको थियो।

हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन नेपालमा भित्र्याउँदै आएको छ। अस्पताल र हस्पिटेकबीच २०७८ असार २३ गते ६ महिनाभित्र अस्पतालमा एमआरआई मेसिन जडान गरिसक्ने सम्झौता भएको थियो। तर, अस्पतालमा अहिलेसम्म पनि एमआरआई मेसिन जडान भएको छैन। 

२०७८ पुस महिनामा जडान हुनुपर्ने सम्झौता गरेको भएपनि अस्पतालमा एमआरआईका लागि भवन नभएको भन्दै २०७९ मंसिरसम्म म्याद थप गरिएको थियो। तर, उक्त अवधिमा पनि अस्पतालमा एमआरआई मेसिन जडान भएन। तोकिएको समयसम्म एमआरआई उपलब्ध गराउन नसकेको कम्पनीलाई अस्पतालले कारबाही गर्नुको सट्टा उल्टो समय थप्दै आइरहेको छ। कम्पनीले फेरि वैशाखसम्मको समय माग्दै म्याद थपका लागि निवेदन दिएको छ।

अस्पताल स्रोतका अनुसार सुरुमा नै कम्पनीसँगको मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाइएका कारण अहिले पुनः कम्पनीकै माग अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ।

‘एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडि बढेदेखि नै हस्पिटेकसँग सेटिङ गरिएको थियो। अब अहिले कम्पनीले सम्झौता अनुसार मेसिन ल्याउन सकेको छैन। तर, फेरि कम्पनीकै चाहना अनुसार म्याद थप्ने काम अगाडि बढाइएको छ,’ अस्पताल स्रोतले भन्यो।

अस्पताल खरिद गर्न लागेको एमआरआई १ दशमलव ५ टेस्लाको ७० सेन्टिमिटर बोर साइज र ४८ च्यानल क्षमता भएको हो। उक्त एमआरआई १६ करोड रुपैयाँमा खरिद गर्ने निर्णय भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा पनि सम्झौता अनुसार एमआरआई मेसिन समयमा नै आउन सकेको छैन। उक्त अस्पतालमा पनि इस्टवेस्ट नामक आयातकर्ता कम्पनीसँगको मिलेमतोमा सिमेन्स कम्पनीको एमआरआई खरिदको निर्णय भएको छ। भेरीमा २५ करोड रुपैयाँमा थ्री टेस्लाको ७० सेमी बोर साइज र ३२ च्यानल क्षमताको एमआरआई मेसिन आउने भएको छ। अस्पतालमा एमआरआईका लागि भवन खाली गर्ने काम बाँकी रहेको भन्दै चैतसम्म कम्पनीलाई समय दिइएको छ।

सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पनि सिमेन्स कम्पनीकै एमआरआई मेसिन मिलेमतोमा ल्याउन सम्झौता भएको छ। इस्टवेस्टसँगको मिलेमतोमा एमआरआई मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको विषयमा यसअघिको संसद्को लेखा समितिले समेत छानबिन गरेको थियो।

Ncell 2
Ncell 2

लेखा समितिले एमआरआई खरिदका लागि स्पेसिफिकेसन (उपकरणका लागि आवश्यक पर्ने विस्तृत विवरण) तयार पार्ने समयदेखि नै कम्पनीसँग मिलेमतो गरेको पत्ता लगाएको थियो। समितिले अस्पताल निर्देशक डम्बर खड्काले कम्पनीसँग मिलेर नै एउटा मात्र कम्पनीसँग मिल्ने स्पेसिफिकेसन बनाएको प्रतिवेदन तयार पारेको छ। 

तत्कालीन संसद्को अवधि सकिएर नयाँ निर्वाचन भएपछि उक्त विषय हरायो। अस्पतालले केही समयअघि मात्र सोही कम्पनीलाई एमआरआई खरिदको जिम्मा दिएको छ। अस्पतालले थ्री टेस्लाको ७० सेन्टिमिटर बोर साइज र ६४ च्यानल क्षमताका एमआरआईका लागि २९ करोड ७१ लाख रुपैयाँभन्दा बढी मूल्यमा सम्झौता गरिसकेको छ।

इस्टवेस्टले नै सोही कम्पनीको थ्री टेस्ला र ७० सेन्टिमिटर नै बोर साइज भएको तर च्यानल भने ३२ क्षमताको एमआरआई निजामती अस्पतालमा २२ करोड ७४ लाखमा उपलब्ध गराउन लागेको छ। 

दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरू समान छन्। यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरू राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ। स्पेसिफिकेसनका भाषाहरू पनि उस्तै छन्। 

दुवै अस्पतालले साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन्। सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन्। जसमा अधिकांश बुँदाहरू एक अर्कामा हुबहु सारिएका छन्। केही नम्बरका बुँदाहरू तलमाथि गरिएका छन् भने बुँदालाई फरक देखाउन केहीमा अंग्रेजी अक्षरको ठूलो भएकामा सानो र सानो भएकामा ठूलो मात्र बनाइएको छ।

तीन सयभन्दा बढी बुँदाका स्पेसिफिकेसनमा झुक्याउनका लागि आरएफ च्यानल फरक देखाउन खोजिएको छ। सुर्खेतको एमआरआईमा ६४ अथवा त्योभन्दा बढी आरएफ च्यानल भनिएको छ भने सिभिलकोमा ३२ अथवा त्योभन्दा बढी भनिएको छ। तर, उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको 'बीट' भने समान राखिएको छ। दुवै अस्पतालको बीट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ। यो भनेको जति च्यानलको आरएफ भए पनि एमआरआईले दिने चित्र (इमेज) उस्तै हुने एक बायोमेडिकल इन्जिनियर बताउँछन्। 

‘दुवै अस्पतालको स्पेसिफिकेसन हेर्दा अधिकांश महत्त्वपूर्ण बुँदाहरू उस्तै छन्। केहीमा फरक देखाउन खोजिएको छ। तर, त्यसले मूल्यमा खासै फरक देखाउँदैन’, उनले भने, ‘ती सबै बुँदाहरू झुक्याउनका लागि राखिएका र मूल्यमा चलखेल गर्न राखिएका हुन्। दुवै अस्पतालका उपकरण उस्तै र एउटै हुन्।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्पनीसँगको मिलेमतोमा एमआरआई मेसिन खरिद भएको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार प्रतिष्ठानले लुम्बिनी हेल्थ केयर नामक आयातकर्तासँगको मिलेमतोमा युनाइटेड इमेजिङको एमआरआई मेसिन खरिद गरेको हो।

राप्तीले मिलेमतोमा १.५ टेस्लाको ६० सेन्टिमिटर बोर साइज र १६ च्यानल क्षमताको एमआरआई १२ करोड रुपैयाँमा खरिद गरेको हो। कम्पनीले सेटिङमा खरिद गरेको एमआरआई मेसिन प्रतिष्ठानले सञ्चालनमा ल्याइसकेको छ। 

यही कम्पनीले नारायणी अस्पतालमा पनि मिलेमतोमा नै थ्री टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा पाएको छ। नारायणीमा थ्री टेस्लाको ७५ सेन्टिमिटर बोरसाइज र ७२ च्यानल क्षमताको एमआरआई खरिद गर्ने जिम्मा लुम्बिनी हेल्थ केयरले पाएको छ। 

भरतपुर अस्पतालमा पनि सेटिङ
भरतपुर अस्पतालले पनि हालै मात्र एमआरआई खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ। अस्पतालले इस्टवेस्टसँगकै सेटिङमा ३० करोड रुपैयाँमा एमआरआई खरिद गर्न लागिएको स्रोत बताउँछ।

स्रोतका अनुसार अस्पतालका निर्देशक डा कृष्ण पौडेल र अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा केशव पौडेलले इस्टवेस्टसँगको मिलेमतोमा सिमेन्सलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएका छन्। डा केशव पौडेलको चितवनमा रहेको मेट्रो इमेजिङमा इस्टवेस्टको समेत लगानी रहेको बताइएको छ।

‘सिमेन्सको एमआरआईलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाइएको छ। निर्देशक र रेडियोलोजिष्टको स्वार्थमा सिमेन्सलाई मिल्ने गरी स्पेसिफिकेसन बनाइएको हो,’ स्रोतले भन्यो, ‘नयाँ मोडलको लागत तयार पारेर पुरानो मोडलको एमआरआई ल्याउन लागिएको छ। यसमा कारोडौंको खेल छ।’

भरतपुरले थ्री टेस्लाको ७० सेन्टिमिटर बोरसाइज र ६४ च्यानल क्षमताको एमआरआई खरिदको प्रक्रिया अगाडि बढाएको हो। 

सेटिङमा टेण्डर मिलाउने, तर उपकरण नदिने
कम्पनीले सेटिङमा उपकरण खरिदको जिम्मा पाए पनि उपकरण भने उपलब्ध गराउन सकेको छैन। सामान्यतया खरिद सम्झौता गरेको एक सय २० देखि एक सय ५० दिनभित्र मेसिन उपलब्ध गराइसक्नुपर्ने हुन्छ। तर, हालसम्म गंगालाल अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र एमआरआई मेसिन आइपुगेको छ। अन्य अस्पतालमा भने सम्झौता गरेको डेढ वर्ष भइसक्दा पनि कम्पनीहरूले एमआरआई उपलब्ध गराउन सकेका छैनन्।

खरिद सम्झौता भइसकेका र प्रक्रिया अगाडि बढेका अस्पतालहरूसँग एमआरआई मेसिनका विषयमा नेपाल लाइभले जिज्ञासा राख्दा अधिकांश अस्पतालले छिट्टै मेसिन आएर जडान हुने बताए पनि कहिलेसम्म जडान हुन्छ भनेर भन्न सकेका छैनन्।

जनकपुर प्रादेशकि अस्पताल, भेरी अस्पताल, सेती अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, निजामती अस्पतालले यही आर्थिक वर्ष (२०८० को असार) भित्र एमआरआई जडान हुने सम्भावना रहेको जनाएका छन्। भेरीले चैत मसान्तसम्म भवन खाली गरेर जडान हुने सम्भावना रहेको जनाएको छ। यस्तै, नारायणी अस्पतालले उपकरण भन्सारमा आइसकेको र छिट्टै भन्सार प्रक्रिया टुंग्याएर कम्पनीले एमआरआई जडान गर्ने जनाएको छ।

‘कम्पनीहरू मिलेमतोमा टेण्डर पार्न खप्पिस छन्। तर, उपकरण ल्याउन भने विभिन्न बहानाबाजी गर्छन्,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका एक कर्मचारीले भने, ‘अस्पतालका निर्देशकदेखि अन्य कर्मचारीलाई निश्चित प्रतिशत कमिसन मिलाएर भए पनि सेटिङमा आफू अनुकूलको सर्त राखेर टेण्डर मिलाउँछन्। तर, मेसिन ल्याउने बेलामा भने अनेक बहानााबजी गर्छन्।’

सरकारी अस्पतालमै किन फरक क्षमता र मूल्यका एमआरआई?
स्वास्थ्य मन्त्रालय अन्तर्गत तथा नेपाल सरकारका विभिन्न निकाय अन्तर्गत रहेका सरकारी अस्पतालहरूमा खरिद गर्न लागिएका र खरिद भएका एमआरआईहरूको विवरण हेर्दा सबै अस्पतालमा फरक फरक मापदण्ड, क्षमता र मूल्य भेटिन्छन्। नेपाल लाइभले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।

यी अस्पतालमा के आधारमा र कसरी एमआरआई खरिदको निर्णय भयो भन्ने विषयमा नेपाल लाइभले स्वास्थ्य मन्त्रालयका उच्च तहका कर्मचारीसँग जानकारी लिएको छ। ती कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अस्पतालको आवश्यकताभन्दा पनि व्यापारीको आवश्यकता र स्वार्थ अनुसार एमआरआई खरिदको निर्णय भएको देखिन्छ।’

उनका अनुसार अस्पतालहरूले आफ्नो अस्पतालमा कति क्षमताको, कस्तो एमआरआई ल्याउने विषयमा अस्पतालमा आवश्यकताको पहिचना गर्नेभन्दा पनि व्यापारीहरूसँगको छलफल र कमिसनका आधारमा निर्णय गर्ने गरेको देखिन्छ। ‘अस्पतालहरूमा एमआरआईको आवश्यकता छ। यो कुरा साँचो हो। तर, कहाँ कति क्षमताको कस्तो खालको एमआरआई किन चाहिन्छ भन्ने विषयमा कुनै अध्ययन नै छैन,’ ती कर्मचारीले भने, ‘एमआरआई किन्नुपर्छ। चाहिन्छ भन्ने भएपछि आफू नजिकका व्यापारीसँग बसेर स्पेसेफिकेसन बनाउने काम हुन्छ र खरिदको प्रक्रिया अगाडि बढ्छ।’

पछिल्लो समय भरतपुर अस्पतालसँगै ट्रमा सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा पनि एमआरआई खरिदका लागि व्यापारीहरूले सेटिङ अगाडि बढाइसकेको स्रोत बताउँछ।

कहाँ कति क्षमता र मूल्यका एमआरआई?
 

MRI_Rate1674804554.jpg

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर मंगलबार, वैशाख ३०, २०८२
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा मंगलबार, वैशाख ३०, २०८२
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने मंगलबार, वैशाख ३०, २०८२
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी मंगलबार, वैशाख ३०, २०८२
डब्लुएचओद्वारा नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
महिला टी–२० एसिया क्वालिफायर M हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्