बार्सिलोना– स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। बार्सिलोनाले आइतबार राति भएको खेलमा सेभिल्लालाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
खेलमा अग्रता भने सेभिल्लाले लिएको थियो। पाब्लो साबारियाले ९ मिनेटमा गोल गरेर सेभिल्लालाई अग्रता दिलाए। जेरार्ड पिकेले खेलको ४२ मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए। खेलको ७८ मिनेटमा उस्मान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए।
खेलको अन्तिम मिनेटमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले सेभिल्लाका खेलाडी हानेको पेनाल्टी रोकेका थिए। उनले सेभिल्लाका विसाम बेन एडारले कमजोर पेनाल्टी हान्दा स्टेगेलले रोकेका थिए।
यता जर्मनको कपको उपाधि वायर्न म्युनिखले जितेको छ। वार्यनले फ्रान्कफर्टलाई ५–० गोलले पराजित गर्दै उपाधि जितेको हो। वायर्नका लागि रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।