म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ।
सिटीले आइतबार राति भएको खेलमा आर्नसललाई २–० गोलले पराजित गरेको हो। सिटीको जितमा रहिम स्टर्लिङले १४ मिनेट र बेर्नान्डो सिल्भाले ६४ मिनेटमा गोल गरेका थिए। योसँगै सिटीले लगातार आठौं पटक लिगमा विजयी सुरुवात गर्न सफल भयो।
यता अर्को खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ४–० गोलले पराजित गरेको छ। लिभरपुलको जितमा मोहमद सलाहले १९ मिनेटमा पहिलो गोल गरे। साडियो मानेले पहिलो हाफको इन्जुरी टाइम र ५३ मिनेटमा गोल गरे। ड्यानियल स्टुरिजले ८८ मिनेटमा लिभरपुलका लागि चौथौ गोल गरेका छन्।

लिगको अर्को खेलमा साउथह्याम्टन र वर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। योसँगै प्रिमियर लिगको पहिलो चरणको खेल सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।