• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्वदेशी उत्पादन नहुँदा बढ्दैछ आयात, ९१ प्रतिशत आयात हुँदा ९ प्रतिशत मात्रै निर्यात

64x64
नेपाल लाइभ बिहीबार, माघ १२, २०७९  १४:३९
1140x725

काठमाडौं– स्वेदशी उत्पादन नहुँदा नेपालमा निरन्तर आयात बढिरहेको छ। आयातको तुलनामा निर्यात एकदमै न्यून छ। जसका कारण देशको ठूलो रकम बाहिरिएको छ। 

सोमबार सार्वजनिक गरेको भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजारको वस्तु आयात भएको छ। प्रतिशतका हिसाबले भन्नुपर्दा यो ९०.७५ प्रतिशत हो।  यही अवधिमा ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँको मात्रै निर्यात भएको भन्सार विभागको तथ्यांक छ। यो प्रतिशतका हिसाबमा ९.२५ प्रतिशत हो।

निर्यातभन्दा धेरै गुणा बढी आयात हुनु भनेको स्वदेशी उत्पादन कमी हुनु नै मुख्य कारण भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मी बताउँछन्। ‘उ

त्पादन नहुँदा बाहिरी मुलुकबाट आयात गर्नुपर्ने हुन्छ। र, निर्यात कम हुनु भनेको बजारको माग अनुसार स्वदेशमा उत्पादन नहुनु हो। जुन बजारमा माग छैन, ती वस्तु मात्रै उत्पादन हुन्छन्। स्वदेशी उत्पादनले आफैलाई पुग्दैन,’ प्रवक्ता रेग्मीले भने।

सबैभन्दा बढी आयात हुने वस्तुमध्ये  डिजेल रहेको  विभागको तथ्यांक छ। ६ महिनामा ७० अर्ब १० करोडको डिजेल आयात भएको छ। दोस्रोमा पेट्रोल रहेको छ। यो ६ महिनामा ३३ अर्ब ५३ करोडको पेट्रोल आयात भएको छ। इन्धन लगायत विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ। विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको छ। व्यवसायीहरूले भने मूल्यवृद्धि भएका कारण आयात बढी देखिएको दाबी गर्छन्। सुन प्रतितोला मूल्य १ लाख रुपैयाँभन्दा बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। परिमाणमा आयात वृद्धि नभए पनि रकम भने अस्वाभाविक रूपमा बढेको देखिएको छ। चौंथो नम्बरमा रहेको खाना पकाउने एलपी ग्यास २८ अर्ब २० करोड रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

पाँचौ नम्बरमा भटमासको कच्चा तेल आयात भएको विभागले जनाएको छ। भटमासको तेल कच्चा आयातमा २३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ। नेपालले बाहिरी मुलुकबाट भटमासको कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात गर्ने गर्छ।

त्यस्तै, शुद्ध फलाम १९ अर्ब २२ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। १६ अर्ब २२ करोडको कच्चा पाम तेल आयात भएको छ। सरकारले विभिन्न मुलुकबाट पाम तेल आयात गरेर निर्यात गर्ने गरेको छ। यो अवधिमा १४ अर्ब ३२ करोडको मोबाइल सेट आयात भएको विभाग बताउँछ।

Xtrem
Xtrem

चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ। यो सबैभन्दा बढी निर्यात हुने गर्दछ। दोस्रो नम्बरमा भटमासको प्रशोधित तेल ८ अर्बको निर्यात भएको विभागको तथ्यांक छ। मुलुकको समग्र व्यापार खाने तेल (भटमास, सनफ्लावर, पाम) ले धानेको सरोकारवालहरु बताउँछन्। 

६ महिनामा आयात र निर्यात दुवै घटेको विभागको तथ्यांक छ। आर्थिक वर्ष ०७८/७९ मा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएकोमा ०७९/८० को ६ महिनामा २०.६८ प्रतिशतले घटेको छ। ०७८/७९ मा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएकोमा ०७९/८० को पहिलो ६ महिनामा ३२.०१ प्रतिशतले घटेको छ। ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो।

गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो। विलासिताको वस्तुसँगै कृषिजन्य वस्तुको समेत आयात बढ्दा व्यापार घाटा उच्च देखिएको आपूर्ति मन्त्रालयका प्रवक्ता रेग्मी बताउँछन।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ गतेदेखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो। मुद्रा सञ्चितिमा सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला भइसकेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्