• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२ Thu, Jun 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
स्वदेशी उत्पादन नहुँदा बढ्दैछ आयात, ९१ प्रतिशत आयात हुँदा ९ प्रतिशत मात्रै निर्यात
64x64
नेपाल लाइभ बिहीबार, माघ १२, २०७९  १४:३९
1140x725

काठमाडौं– स्वेदशी उत्पादन नहुँदा नेपालमा निरन्तर आयात बढिरहेको छ। आयातको तुलनामा निर्यात एकदमै न्यून छ। जसका कारण देशको ठूलो रकम बाहिरिएको छ। 

सोमबार सार्वजनिक गरेको भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजारको वस्तु आयात भएको छ। प्रतिशतका हिसाबले भन्नुपर्दा यो ९०.७५ प्रतिशत हो।  यही अवधिमा ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँको मात्रै निर्यात भएको भन्सार विभागको तथ्यांक छ। यो प्रतिशतका हिसाबमा ९.२५ प्रतिशत हो।

निर्यातभन्दा धेरै गुणा बढी आयात हुनु भनेको स्वदेशी उत्पादन कमी हुनु नै मुख्य कारण भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मी बताउँछन्। ‘उ

त्पादन नहुँदा बाहिरी मुलुकबाट आयात गर्नुपर्ने हुन्छ। र, निर्यात कम हुनु भनेको बजारको माग अनुसार स्वदेशमा उत्पादन नहुनु हो। जुन बजारमा माग छैन, ती वस्तु मात्रै उत्पादन हुन्छन्। स्वदेशी उत्पादनले आफैलाई पुग्दैन,’ प्रवक्ता रेग्मीले भने।

सबैभन्दा बढी आयात हुने वस्तुमध्ये  डिजेल रहेको  विभागको तथ्यांक छ। ६ महिनामा ७० अर्ब १० करोडको डिजेल आयात भएको छ। दोस्रोमा पेट्रोल रहेको छ। यो ६ महिनामा ३३ अर्ब ५३ करोडको पेट्रोल आयात भएको छ। इन्धन लगायत विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ। विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

Ncell 2
Ncell 2

विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको छ। व्यवसायीहरूले भने मूल्यवृद्धि भएका कारण आयात बढी देखिएको दाबी गर्छन्। सुन प्रतितोला मूल्य १ लाख रुपैयाँभन्दा बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। परिमाणमा आयात वृद्धि नभए पनि रकम भने अस्वाभाविक रूपमा बढेको देखिएको छ। चौंथो नम्बरमा रहेको खाना पकाउने एलपी ग्यास २८ अर्ब २० करोड रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

पाँचौ नम्बरमा भटमासको कच्चा तेल आयात भएको विभागले जनाएको छ। भटमासको तेल कच्चा आयातमा २३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ। नेपालले बाहिरी मुलुकबाट भटमासको कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात गर्ने गर्छ।

त्यस्तै, शुद्ध फलाम १९ अर्ब २२ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। १६ अर्ब २२ करोडको कच्चा पाम तेल आयात भएको छ। सरकारले विभिन्न मुलुकबाट पाम तेल आयात गरेर निर्यात गर्ने गरेको छ। यो अवधिमा १४ अर्ब ३२ करोडको मोबाइल सेट आयात भएको विभाग बताउँछ।

चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ। यो सबैभन्दा बढी निर्यात हुने गर्दछ। दोस्रो नम्बरमा भटमासको प्रशोधित तेल ८ अर्बको निर्यात भएको विभागको तथ्यांक छ। मुलुकको समग्र व्यापार खाने तेल (भटमास, सनफ्लावर, पाम) ले धानेको सरोकारवालहरु बताउँछन्। 

६ महिनामा आयात र निर्यात दुवै घटेको विभागको तथ्यांक छ। आर्थिक वर्ष ०७८/७९ मा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएकोमा ०७९/८० को ६ महिनामा २०.६८ प्रतिशतले घटेको छ। ०७८/७९ मा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएकोमा ०७९/८० को पहिलो ६ महिनामा ३२.०१ प्रतिशतले घटेको छ। ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो।

गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो। विलासिताको वस्तुसँगै कृषिजन्य वस्तुको समेत आयात बढ्दा व्यापार घाटा उच्च देखिएको आपूर्ति मन्त्रालयका प्रवक्ता रेग्मी बताउँछन।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ गतेदेखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो। मुद्रा सञ्चितिमा सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला भइसकेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो
सम्बन्धित सामग्री
साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट साताभर बढ्ने संकेत देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन सबै सूचक घटेका हुन्। बिहीबार, असार ५, २०८२
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो। बुधबार, असार ४, २०८२
१.२८ अंकले घट्यो नेप्से,कारोबार रकम बढ्यो आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा समेटिएको छ। ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर खरिद बिक्री हुँ... बुधबार, असार ४, २०८२
ताजा समाचारसबै
नेपाललाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य बिहीबार, असार ५, २०८२
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ बिहीबार, असार ५, २०८२
नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीविरुद्ध ठगीसँगै कीर्ते मुद्दा चल्दै, ७ दिन हिरासतमा राख्न अनुमति बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय बुधबार, असार ४, २०८२
प्रदेश सांसद दिपक मनाङे पदमुक्त बुधबार, असार ४, २०८२
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी बुधबार, असार ४, २०८२
उच्च अदालत पाटनद्वारा राजु पाण्डेको कारबाही बदर, निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश बुधबार, असार ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्