काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १७५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रनको सम्मानजनक स्कोर बनायो ।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले आक्रामक पारी खेले । ५३ बल खेलेका उने ५ छक्का र ६ चौकाको सहयोगमा ८६ रनको शानदार पारी खेले ।
यस्तै भानडर मर्भेले नटआउट ३६ रन जोड्दा आर्यन दत्तले १७ र सकिब जुल्फीकरले १४ रन जोडे ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए । ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले १/१ विकेट लिए । नेदरल्यान्ड्सको यो अन्तिम खेल हो । यसअघिका तीन खेलमा एक हार र दुई जित निकालेको छ ।
यता नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा एक मा हार र एकमा जित निकालेको छ । यस्तै तीन खेल खेलेको स्कटल्यान्ड पनि दुई हार र एक जितसहित अंक तालिकामा दोस्रोमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।