• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सर्वोच्च अदालतको त्यो अल्पकालीन अन्तरिम आदेश, जसले रोक्यो त्रिवि सेवा आयोगको परीक्षा

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, माघ १२, २०७९  १८:३६
1140x725

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगले लिने सहप्राध्यापक, उपप्राध्यापक लगायतका विभिन्न परीक्षा स्थगित भएका छन्। त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्नुपर्ने मागसहित रमेश विष्ट समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्रिवि शिक्षा सेवा आयोगका सदस्य प्राडा हेमराज ढकालका अनुसार थारु आयोगले संविधान, ऐन, कानुन बमोजिम सेवा आयोगको विज्ञापन गर्नुपर्ने र थारुहरुलाई समेत उचित कोटा छुट्याउन माग गर्दै अदालतमा मुद्दा हालेको र अदातलले अल्पकालीन अन्तरिम आदेश दिएका कारण प्रक्रिया अघि बढ्न नसेकको बताए।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०७८ चैत ८ गतेदेखि सञ्चालन गर्ने गरी उपप्राध्यापक पदको लिखित परीक्षाको कार्यक्रम तय भएको थियो। 

विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२८/०७७/०७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु-नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित गर्नु परेको त्रिवि सेवा आयोगका प्राडा ढकालले नेपाल लाइभलाई बताए। जसका कारण करिब ८ हजार परीक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको आयोगले जनाएको छ।

त्रिवि सेवा आयोग विरुद्ध परेको रिटमा २०७८ साल फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले अल्पकालीन आदेश दिएको थियो। उक्त रिटबारे सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले २०७९ मंसिर ६ गते एक साथ राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो।

अब आगामी फागुन १५ गते उक्त रिटको अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतबाट अर्को आदेशको पर्खाइमा रहेको बताउँदै डा ढकालले  अदालतको फैसला बमोजिम नै अघि बढ्ने बताए। 

साउनदेखि अध्यक्षविहीन सेवा आयोग
परीक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग अहिले अध्यक्षविहीन बन्न पुगेको छ। त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा लालुप्रसाद पौडेल अवकाश भएको करिब ७ महिना पुग्दा समेत आयोगले नयाँ अध्यक्ष पाउन सकिरहेको छैन। अध्यक्ष नहुँदा पनि सेवा आयोगका कामहरु प्रभावित हुने गरेका छन्। 

सेवा आयोगका सदस्य डा हेमराज ढकालले आयोगको पदाधिकारी पूर्ण नहुँदा काम प्रभावित हुने बताए। उनले भने, ‘साउनदेखि अध्यक्ष पद रिक्त छ। एक जना नहुने हो भने काम केही पनि हुँदैन। सदस्य नभएर अध्यक्ष मात्रै भएर पनि काम हुँदैन।’

Ncell 2
Ncell 2

त्रिवि सेवा आयोगमा अध्यक्षसहित तीन जनाको आयोग बन्ने संरचना रहेको छ। जसमा लोकसेवा आयोगको सदस्य, सेवा आयोगको अध्यक्ष र त्यसको सदस्यसहित तीन जनाको त्रिवि सेवा आयोग बन्ने प्रावधान छ। आयोगको अध्यक्ष भने शिक्षा मन्त्रीले तोक्ने प्रावधान रहेको छ। 

त्रिवि सेवा आयोगका सदस्य ढकालले आयोगको पूर्णता भएमा मात्रै काम अघि बढ्न सक्ने बताए। हाल त्रिवि सेवा आयोगमा काम शून्य भएको बताउँदै सदस्य ढकाल आफ्नो काम बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय आउने–जाने मात्रै भएको बताउँछन्। त्रिवि सेवा आयोगका विषयमा त्रिविका पदाधिकारीहरुबीच पटकपटक छलफल भएको भए पनि कारकको रुपमा अदालत देखिएको ढकालको आरोप छ।

परीक्षार्थीलाई उमेर हदको चिन्ता
दुई वर्ष अगाडि प्राध्यापक पदका लागि आवेदन फारम भरेकी काठमाडौं कोटेश्वरकी कमला थापाले त्रिवि सेवा आयोगप्रति आक्रोश पोखिन्। नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘त्रिवि सेवा आयोगको परीक्षा कसले र किन रोक्यो? परीक्षाकै मुखमा आएर अनिश्चितकालका लागि रोकेर हाम्रो भविष्यमाथि किन खेलबाड गर्दैछ?’ 

उनले अब त्रिवि सेवा आयोगले लिने उपप्रध्यापकको परीक्षाकाक लागि दुई वर्षको निरन्तर तयारी खेर गएको गुनासो गरिन्। परीक्षा नै अनिश्चित भएपछि पढेर के गर्नु जस्तो लागेको उनले बताइन्।

४५ वर्ष उमेर कट्दैछ, जाँच दिन पाइन्छ कि पाइँदैन भन्दै परीक्षार्थीका फोन आउने गरेको त्रिवि सेवा आयोगका सदस्य ढकालले सुनाए। परीक्षा फारम भर्दाकै उमेर हद कायम हुने तर्कसहित उनीहरुलाई परीक्षा दिन पाइने कुरामा आश्वस्त पार्ने गरेको ढकालले बताए। 

परीक्षा विज्ञ भ्याली बाहिरबाट ल्याउनुपर्ने बाध्यता
आन्तरिक प्रतिस्पर्धाद्वारा लिइने प्राध्यापक र अध्यापकका परीक्षाहरु समेत स्थगित नै छन्। त्यसको दोष त्रिवि सेवा आयोगले कोरोना महामारीमाथि थोपरिरहेको छ। व्यवस्थापन संकाय भित्रका केही अध्यापकहरुको मौखिक परीक्षा सम्पन्न भएको भए पनि केहीको परीक्षा अन्योलमै छ।

समाजशास्त्र संकायतर्फका मैथली, हिन्दीका परीक्षा हुन सकिरहेका छैनन्। परीक्षा विज्ञहरु सहजै उपलब्ध नहुने त्रिवि सेवा आयोगको भनाइ रहेको छ। विज्ञहरु भ्याली बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको सुनाउँदै त्रिविका सदस्य ढकालले मैथली विषयको संकाय काठमाडौंमा नभई जनकपुरमा रहेको र त्यहाँबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए।

विद्यार्थी लगायतका संगठन पनि कारक
त्रिवि सेवा आयोगका काम-कारबाही कहिले आंशिक प्राध्यापक त कहिले विद्यार्थी संगठनका विरोधका कारण प्रभावित भइरहेका छन्। गत साउन १५ गते तत्कालीन त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा लालुप्रसाद पौडेलले आफू अवकाश हुन दुई दिन बाँकी रहँदै गर्दा दलिय कार्यकर्ता नियुक्त गर्न लागेको भन्दै नेपाल विद्यार्थी संघले अवरोध गरेको थियो। जसका कारण सेवा आयोगले लिन लागेको प्राध्यापक र सहप्राध्यापकको परीक्षा स्थगित हुन पुगेको थियो। 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्