काठमाडौं– मुगाको अवैध कारोबारको आरोपमा प्रहरीले यमनका नागरिकसहति तीन जनालाई पक्राउ गरेको छ। यमनका असरी मोहम्मे याहयी, मुगुका ग्याल्पु तामाङ र जुम्लाका नबिन चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो।
ठमेलको होटल काठमाडौं इकोमा बस्दै आएका उनीहरुलाई काठमाडौं परिसरले पक्राउ गरेको हो। उनीसँग करिब ८ किलो मुगा र विभिन्न देशका मुद्रासहित बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।