• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड सरकारका विवादित तीन मन्त्री: किन दिइयो 'स्वार्थ बाझिने' मन्त्रालय?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, माघ ४, २०७९  २०:५७
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको तीन सातापछि मंगलबार मन्त्रिपरिषद् विस्तार गरी २३ सदस्यीय बनाए।

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ घटक नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाट तीन राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। 

मन्त्रिपरिषद्मा एमालेका ८, माओवादी केन्द्रका प्रधानमन्त्रीसहित ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, राप्रपाका ४ र जनमत पार्टीका १ जना छन्। २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक मान्यता भए पनि दुई जना मन्त्री भने अझै नियुक्त हुन सकेका छैनन्।

सात दलको समर्थन पाएको प्रचण्ड सरकारमा जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले भने सहभागी नहुने निर्णय गरेका छन्।

प्रचण्डको सरकारमा नयाँ पार्टीबाट धेरै नयाँ अनुहार मन्त्री बनेका छन्। तर कतिपयले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट (स्वार्थ बाझिने) मन्त्रालय रोजेको भन्दै उनीहरुको आलोचना भइरहेको छ।

को-को हुन् आलोचित मन्त्रीहरु? 
रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय अझै सुल्झिसकेको छैन। लामिछानेको नेपाली नागरिकता र पासपोर्ट सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

उनले नागरिकतासँग सम्बन्धित प्रकरण हेर्ने निकाय गृह मन्त्रालय नै रोजेका छन्। उनी आफू विवादित हुँदाहुँदै पनि गृह मन्त्रालय रोज्नुले मुद्दा कमजोर बनाउन खोजेको टिप्पणी हुने गरेको छ। 

डोलप्रसाद अर्याल 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका डोलप्रसाद अर्याल ‘म्यान पावर’ व्यवसायी भएको र रास्वपाले उनलाई श्रममन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालक समितिका सदस्यका साथै प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन्। त्यसका साथै अर्याल रेमिट्यान्स सञ्चालक पनि रहेको पाइएको छ। उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक हुन्।

म्यानपावर व्यवसायीलाई नियमन गर्दै श्रमिकको हकहितका लागि काम गर्नुपर्ने मन्त्रालय एजेण्टलाई सुम्पिएपछि वैदेशिक श्रम रोजगारसँग जोडिएका मुद्दाहरु छायामा पर्न सक्ने विश्लेषकहरुको बुझाइ छ। 

मन्त्री अर्यालले भने आफू म्यानपावर व्यवसायी नभएको स्पष्ट पारेका छन्। सञ्चार माध्यमका आएका समाचारहरुको खण्डन गर्दै उनले मंगलबार फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्। 

'म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए तर हटाइदिन भुले। तर कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी नै’, उनले लेखेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफू देशको सामान्य नागरिक भएको भन्दै उनले थोरैथोरै लगानी धेरैतिर गरेको बताएका छन्। देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरैथोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नभएको उनको भनाइ छ।

‘म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेसन कन्सल्टेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल व्यवसायमा छु, क्याटरिङ व्यवसायमा छु। यस्ता थुप्रै क्षेत्रमा छु’, उनले लेखेका छन्।

उनले आफूले धेरथोर जानेको हुनाले श्रम मन्त्रालयमा गएको बताएका छन्। ‘मन्त्रीका रुपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो र श्रम तथा रोजगार मन्त्रालय मैले धेरथोर जानेको विषयको मन्त्रालयमध्ये एक हो। मबाट पीडित एक जना मात्र भए खडा गरिदिनुहोला। मैले कुनै गैरकानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु’, उनको आग्रह छ।

विक्रम पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेका विक्रम पाण्डे विवादित छवि भएका नेताका रुपमा चिनिन्छन्। निर्वाचनको क्रममा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने कसम खाँदै भोट बोटुलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विवादित छवि भएका सांसद पाण्डेलाई स्वार्थ बाझिने शहरी विकास मन्त्रालय सुम्पेका छन्। 

पाण्डेले २०७९ असार ५ गते भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए। कालिका कन्स्ट्रक्सनको विषयमा उनीसहित २१ जना विरुद्ध मुद्दा दायर भएको थियो। करिब आठ अर्ब बिगो दावी गरिएको मुद्दामा ४ करोड धरौटी बुझाएर उनी २०७५ माघमा रिहा भएका थिए। 

पाण्डे विरुद्ध अख्तियारले हालसम्म सर्वोच्चमा पुनरावेदन गरेको छैन। शहरी विकास मन्त्रालय निर्माणसँग जोडिएको मन्त्रालय हो। पाण्डे आफैं ‘क’ वर्गका ठेकेदार हुन्। पाण्डेको कालिका कन्स्ट्रक्सन सहितको जेभीले ५ अर्ब ८७ करोड सर्वोच्च भवन निर्माण ठेक्को विषयमा विवादमा समेत मुछिएका थिए।  

पाण्डेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिनुले स्वार्थ बाझिने अवस्था  भएको टिप्पणी सुशासन विज्ञले गरेका छन्। भवन निर्माणको ठेक्का गर्ने मन्त्रालयको जिम्मा ठेकेदार अनि त्यो पनि भ्रष्टाचार मुद्दा लागेको  व्यक्तिलाई दिनु गलत हुने उनीहरुको टिप्पणी छ। 

विवाद छवि भएकाहरुलाई नै मन्त्री बनाउन के बाध्यता आइपर्यो? भन्ने प्रश्नमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘यो राज्यकै कारणले उहाँलाई चुनाव लड्न दिएको छ। चुनाव लडेर जितेर आउनुभएको छ। सांसदको रुपमा सपथ खानुभएको छ। प्रतिनिधि सभाले सांसदको रुपमा स्वीकार गरिसकेको व्यक्ति मन्त्री बन्न पाउँछ। अदालते उहाँलाई सफाइ पनि दिइसकेको छ। अर्को अदालतमा पुनरावलोकन नभइराखेको अवस्थामा मन्त्री बनाउन बाधा पुग्दैन।’

 श्रेष्ठले कानुन बाधक नभएको व्यक्तिलाई नै राप्रपाले मन्त्रीको रुपमा अघि सारेको स्पष्ट पारे।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्