• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड सरकारका विवादित तीन मन्त्री: किन दिइयो 'स्वार्थ बाझिने' मन्त्रालय?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, माघ ४, २०७९  २०:५७
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको तीन सातापछि मंगलबार मन्त्रिपरिषद् विस्तार गरी २३ सदस्यीय बनाए।

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ घटक नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबाट तीन राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। 

मन्त्रिपरिषद्मा एमालेका ८, माओवादी केन्द्रका प्रधानमन्त्रीसहित ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, राप्रपाका ४ र जनमत पार्टीका १ जना छन्। २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक मान्यता भए पनि दुई जना मन्त्री भने अझै नियुक्त हुन सकेका छैनन्।

सात दलको समर्थन पाएको प्रचण्ड सरकारमा जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले भने सहभागी नहुने निर्णय गरेका छन्।

प्रचण्डको सरकारमा नयाँ पार्टीबाट धेरै नयाँ अनुहार मन्त्री बनेका छन्। तर कतिपयले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट (स्वार्थ बाझिने) मन्त्रालय रोजेको भन्दै उनीहरुको आलोचना भइरहेको छ।

को-को हुन् आलोचित मन्त्रीहरु? 
रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय अझै सुल्झिसकेको छैन। लामिछानेको नेपाली नागरिकता र पासपोर्ट सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।

उनले नागरिकतासँग सम्बन्धित प्रकरण हेर्ने निकाय गृह मन्त्रालय नै रोजेका छन्। उनी आफू विवादित हुँदाहुँदै पनि गृह मन्त्रालय रोज्नुले मुद्दा कमजोर बनाउन खोजेको टिप्पणी हुने गरेको छ। 

डोलप्रसाद अर्याल 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका डोलप्रसाद अर्याल ‘म्यान पावर’ व्यवसायी भएको र रास्वपाले उनलाई श्रममन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ।

Ncell 2
Ncell 2

अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालक समितिका सदस्यका साथै प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन्। त्यसका साथै अर्याल रेमिट्यान्स सञ्चालक पनि रहेको पाइएको छ। उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक हुन्।

म्यानपावर व्यवसायीलाई नियमन गर्दै श्रमिकको हकहितका लागि काम गर्नुपर्ने मन्त्रालय एजेण्टलाई सुम्पिएपछि वैदेशिक श्रम रोजगारसँग जोडिएका मुद्दाहरु छायामा पर्न सक्ने विश्लेषकहरुको बुझाइ छ। 

मन्त्री अर्यालले भने आफू म्यानपावर व्यवसायी नभएको स्पष्ट पारेका छन्। सञ्चार माध्यमका आएका समाचारहरुको खण्डन गर्दै उनले मंगलबार फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्। 

'म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौं है भनेर ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए तर हटाइदिन भुले। तर कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी नै’, उनले लेखेका छन्।

आफू देशको सामान्य नागरिक भएको भन्दै उनले थोरैथोरै लगानी धेरैतिर गरेको बताएका छन्। देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरैथोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नभएको उनको भनाइ छ।

‘म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेसन कन्सल्टेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल व्यवसायमा छु, क्याटरिङ व्यवसायमा छु। यस्ता थुप्रै क्षेत्रमा छु’, उनले लेखेका छन्।

उनले आफूले धेरथोर जानेको हुनाले श्रम मन्त्रालयमा गएको बताएका छन्। ‘मन्त्रीका रुपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो र श्रम तथा रोजगार मन्त्रालय मैले धेरथोर जानेको विषयको मन्त्रालयमध्ये एक हो। मबाट पीडित एक जना मात्र भए खडा गरिदिनुहोला। मैले कुनै गैरकानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु’, उनको आग्रह छ।

विक्रम पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेका विक्रम पाण्डे विवादित छवि भएका नेताका रुपमा चिनिन्छन्। निर्वाचनको क्रममा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने कसम खाँदै भोट बोटुलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विवादित छवि भएका सांसद पाण्डेलाई स्वार्थ बाझिने शहरी विकास मन्त्रालय सुम्पेका छन्। 

पाण्डेले २०७९ असार ५ गते भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए। कालिका कन्स्ट्रक्सनको विषयमा उनीसहित २१ जना विरुद्ध मुद्दा दायर भएको थियो। करिब आठ अर्ब बिगो दावी गरिएको मुद्दामा ४ करोड धरौटी बुझाएर उनी २०७५ माघमा रिहा भएका थिए। 

पाण्डे विरुद्ध अख्तियारले हालसम्म सर्वोच्चमा पुनरावेदन गरेको छैन। शहरी विकास मन्त्रालय निर्माणसँग जोडिएको मन्त्रालय हो। पाण्डे आफैं ‘क’ वर्गका ठेकेदार हुन्। पाण्डेको कालिका कन्स्ट्रक्सन सहितको जेभीले ५ अर्ब ८७ करोड सर्वोच्च भवन निर्माण ठेक्को विषयमा विवादमा समेत मुछिएका थिए।  

पाण्डेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिनुले स्वार्थ बाझिने अवस्था  भएको टिप्पणी सुशासन विज्ञले गरेका छन्। भवन निर्माणको ठेक्का गर्ने मन्त्रालयको जिम्मा ठेकेदार अनि त्यो पनि भ्रष्टाचार मुद्दा लागेको  व्यक्तिलाई दिनु गलत हुने उनीहरुको टिप्पणी छ। 

विवाद छवि भएकाहरुलाई नै मन्त्री बनाउन के बाध्यता आइपर्यो? भन्ने प्रश्नमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘यो राज्यकै कारणले उहाँलाई चुनाव लड्न दिएको छ। चुनाव लडेर जितेर आउनुभएको छ। सांसदको रुपमा सपथ खानुभएको छ। प्रतिनिधि सभाले सांसदको रुपमा स्वीकार गरिसकेको व्यक्ति मन्त्री बन्न पाउँछ। अदालते उहाँलाई सफाइ पनि दिइसकेको छ। अर्को अदालतमा पुनरावलोकन नभइराखेको अवस्थामा मन्त्री बनाउन बाधा पुग्दैन।’

 श्रेष्ठले कानुन बाधक नभएको व्यक्तिलाई नै राप्रपाले मन्त्रीको रुपमा अघि सारेको स्पष्ट पारे।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्