काठमाडौं– पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। नदीको ३५ मिटर मुनीबाट प्रहरीले शव निकालेको छ।
नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका ७ शिखरवेशी स्थित तादि नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ वर्षिय राम पण्डितको शव सशस्त्र प्रहरीले निकालेको हो।
विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काभ्रे नम्बर १५ गणबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोली शव निकालेको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक प्रलाद सिलुवालको कमाण्डमा खटिएको गोताखोर टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा नदिको खोचबाट करीव ३५ मिटर भित्रबाट पण्डितको शव दिउँसो करीव सवा ४ बजे निकालेको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।