• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जहाज खरिद गर्ने कुरामै हाम्रो कमजोरी छ: सांसद भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, माघ ४, २०७९  १४:३८
1140x725

काठमाडौं– माघ १ गते माघे संक्रान्तिको दिन आइतबार पोखरामा ठूलो मानवीय क्षति हुनेगरी यती एअरलाइन्सको विमान दुर्घटना भयो। काठमाडौंबाट पोखराका लागि उडेको एन–एएनसी विमानमा चालक दलका ४ जना, १५ विदेशीसहित ७२ जनाले दुर्घटनामा अकालमै ज्यान गुमाए। 

विमान दुर्घटनापछि छिमेकी मुलुक भारत, चीनलगायत विश्वभरबाट सान्त्वना संदेश आइरहेको छ। पोखरामा भएको विमान दुर्घटनापछि कास्की–२ बाट प्रतिनिधि सभाकी सदस्य विद्या भट्टराईले मृतकका आफन्तलाई भेटेर सान्त्वना दिएकी छन्। भट्टराई आफैं पनि हवाई दुर्घटनाबाट पीडित परिवारकी सदस्य हुन्। झन्डै ४ वर्ष पहिले  उनका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमंत्री रवीन्द्र अधिकारीको तेह्रथुम जिल्लामा हेलिकोप्टर दुर्घटनामा  निधन भएको थियो। सांसद भट्टराईसँग हवाई सुरक्षा, विमान दुर्घटना न्यूनीकरण गर्न राज्यले के गर्नुपर्ला? लगायतका विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको संक्षिप्त कुराकानी
 
दुर्घटनाका पीडित परिवारहरुलाई भेटेरे के–के भन्नुभयो?
दुर्घटना मेरै निर्वाचन क्षेत्रमा भएको थियो। यो दुखद् दुर्घटनामा मेरो चिनजानका मान्छेहरु नै पर्नुभयो। मैले पीडित परिवारलाई दुर्घटनाकै दिन पनि भेटेँ। सोमबार पनि भेटेँ। उहाँहरु रुपाकोटको भए पनि ४ नम्बरमै बस्नुहुन्थ्यो। डा सुशील श्रेष्ठ, उहाँको पनि घर–परिवार नै दुर्घटनामा पर्‍यो।

उहाँको बाबा मदनकाजी श्रेष्ठ, आमा, दिदी बहिनीहरुसँग भेटेर सान्त्वना दिएँ। त्यसैगरी प्रतिभाको परिवारसँग पनि भेटेँ। तर पत्रकार त्रिभुवन पौडेलको परिवारसँग बोल्न सकिरहेको छैन। ती परिवारलाई भेटेपछि म चाहिँ अलिक विक्षिप्त भएँ। त्यसैले एकैपटक जान सकिरहेको छैन। समय मिलाएर जान्छु। 

बेला–बेला नेपालमा हवाई दुर्घटना भइरहन्छन्, त्यसलाई सुरक्षित बनाउन के गर्नुपर्ला? 
हामीकहाँ दुर्घटना हुन्छन्। दुर्घटना भएपछि त्यो दिन हामी निकै चिन्तित पनि हुन्छौं। भावुक बन्छौं। त्यसपछि यसो गर्नुपर्छ भनेर सबै क्षेत्रबाट सुझाव पनि आउँछ। त्यसलाई कार्यान्वयन गर्ने कुरामा जुन खालको संवेदनशीलता र त्यसप्रति जुन गम्भीरता हुनु पर्थ्यो, त्यो हुन सकिरहेको छैन। 

पहिलो कुरा त यो हवाई दुर्घटनाको कुरा मात्रै होइन। सडक दुर्घटना पनि प्रशस्त भइरहेका छन्। दुर्घटनाका बारेमा हामी जति चिन्ता जाहेर गर्छौं, त्यति व्यवहारमा परिणत गर्ने कुरामा कमजोर छौं भन्ने लाग्छ मलाई।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो कुरा हामीले विमानस्थल निर्माणको कुरालाई राजनीतिक विषय बनाएका छौं। यो दुर्घटना किन हुन्छ? के कारणले हुन्छ? त्यसबारे राजनीतिक निर्णय के गर्ने भन्ने बारेमा हाम्रो ध्यान कम जान्छ। दुर्घटनापछि प्रतिवेदन सार्वजनिक हुन्छन्। विगतमा पनि भइराखेकै छन् नि त हैन? कहिले को, कहिले को दुर्घटनामा परिरहेकै छन्। हिजो भएको दुर्घटना आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना हो। दुर्घटनाबारे हालसम्म मानवीय कमजोरी वा पाइलटको कमजोरी भन्ने हिसाबले मात्रै आइराखेको छ।

त्यसका लागि विमान कति समयसम्म चलाउने? दुर्घटना भइसकेपछि तत्काल क्षतिपूर्तिका कुराहरु, परिवारले पाउनुपर्ने कुराहरु गरिरहेका छौं। त्यो सँगसँगै दुर्घटना हुन नदिनका लागि सरकारले गर्नुपर्ने कुरा के हो? नागरिक उड्ड्यन मन्त्रालयले गर्नुपर्ने के हो? त्यसका लागि हामीले ध्यान दिनुपर्ने कुरा के हुन्? भन्ने विषयमा कमै बहस हुन्छन्। यो बहस सँगसँगै सरकारको यो क्षेत्रमा काम गर्ने प्रमुख निकाय छ। त्यो निकाय र मन्त्रालयले बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ। 

पटक–पटकका दुर्घटनापछि छानबिन समितिहरु पनि बन्छन्, उनीहरुले प्रतिवेदन पनि बुझाउँछन्। तर कार्यान्वयन किन हुँदैनन्?
यस विषयमा घटनापश्चात बनेका छानबिन समितिहरुबाट प्रतिवेदन तयार हुन्छन्। ती प्रतिवेदनहरुमा के भयो भनेर बाहिर सार्वजनिक रुपमा जानकारी पनि गरेको देखिँदैन। अर्को कुरा सम्बन्धित निकायले त्यसलाई मनन गरेर अगाडि बढ्ने कुरामा पनि कमजोरी छ। अब चाहिँ हामीले के गर्नुपर्छ भने, साँच्चिकै हाम्रो समस्या के हो? के कारणले दुर्घटना हुन्छन्? भूगोल हो कि? हाम्रो भौगोलिक बनोटले दुर्घटना भइरहेको छ कि? हाम्रो आकाश हो कि? हामीसँग भएका विमानहरु असुरक्षित खालका हुन या प्राविधिक त्रुटि के हुन् भन्नेबारेमा स्पष्ट प्रतिवेदन आउनुपर्‍यो। 

Xtrem
Xtrem

त्यो प्रतिवेदनलाई सम्बन्धित तहले, निकाय र सरकारले मनन गर्दै अगाडि बढ्नुपर्छ। साथै त्यो अनुसारका योजना बनाएर जानुपर्छ। यसतर्फ ध्यान कम गएकै कारणले पनि दुर्घटना हुने गरेका छन्। 

तपाईं विमान दुर्घटनाको पीडित परिवारको सदस्य पनि हुनुहुन्छ। हाल सत्तारुढ दलको सांसद पनि भएको नाताले हवाई सुरक्षाबारे तपाईंको सुझाव के छ? 
हवाई सुरक्षाको विषयमा अहिले पनि आइरहेको कुरा भनेको विमान कति समय उड्यो? कति समयसम्म जहाज चल्यो? प्राविधिक हिसाबले त्यो ठिक छ कि छैन? भन्ने मापन गर्ने कुरामा पनि कमजोरी देखिन्छ। यो कुराको पनि मापन गर्न सुरु गर्नुपर्‍यो। सरकारले केही निर्देशन पनि दिएको छ। ती निर्देशनहरुलाई पनि पालना गरेर अघि जानुपर्‍यो। यी अल्पकालीन कुरा भए।

दीर्घकालीन हिसाबमा मलाई के लाग्छ भन्दा हामीसँग रहेका हवाई सेवा क्षेत्रसँग जोडिएका जति पनि निकायहरु छन्। जुन ढंगले दक्ष बनाएर लैजाने कुराहरुमा र हामीले जहाज खरिद गर्ने कुरादेखि लिएर जहाजलाई कसरी राम्रो बनाउने भन्ने कुरामा प्रभावकारी नियमन हुनुपर्ने हो, त्यसमै हाम्रो कमजोरी छ। यो नसच्चिँदासम्म सुधार हुन सक्दैन। 

आजसम्म सुरक्षित यात्राको क्षेत्र भनेको हवाई क्षेत्र हो भनेर संसारभरी भनिएको छ। हाम्रोमा त्यो सेवा असुरक्षित बन्दै गयो भने यसले दुर्घटना मात्रै होइन, मान्छेको जीवनमा नै असुरक्षा निर्माण गर्छ। यसका लागि सरकारले ध्यान दिएर अगाडि बढ्नुपर्छ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्