• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

त्रिविका विद्यार्थी संगठनहरु कसरी गर्दैछन् स्ववियु निर्वाचनको तयारी?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, पुस २०, २०७९  ०९:२३
1140x725

काठमाडौं– प्रत्येक २ वर्षमा हुनुपर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुको स्ववियु निर्वाचन २०६५ सालयता हुन सकेको छैन। गत सातादेखि भने त्रिविले स्ववियु निर्वाचनबारे चासो देखाएको छ।

त्रिविले विद्यार्थी संगठनहरुसँग स्ववियु निर्वाचनबारे छलफल समेत गरेको छ। विद्यार्थी संगठनहरु पनि अब भने स्ववियु निर्वाचन हुनैपर्नेमा एकमत देखिएका छन्।

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिवि अन्तर्गत देशभर ६२ वटा आंगिक क्याम्पस रहेका छन् भने सामुदायिक र निजी गरी १ हजार ४० वटा क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन्। 

कस्तो छ त्रिविको तयारी?
विभिन्न विद्यार्थी संगठनहरुको मागअनुसार त्रिवि खेलकुद निर्देशनालयले गत साता सोमबार विद्यार्थी संगठनहरुसँग स्ववियु निर्वाचनबारे छलफल गर्यो।

त्रिविको क्यालेण्डर अनुसार आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने भनिए पनि फागुन २८ गते निर्वाचन गर्नेबारे प्रस्ताव गरिएको त्रिवि खेलकुद निर्देशनालयका पूर्व कार्यकारी निर्देशक प्राध्यापक गंगाबहादुर थापा मगरले जानकारी दिए।

प्राध्यापक थापा मगरले विभिन्न संकायका डिनहरुको सुझावका आधारमा फागुन २८ गते स्ववियु निर्वाचन गर्नेबारे छलफल भएको नेपाल लाइभलाई बताए। उनले संयुक्त विद्यार्थी संगठनहरुबीच भएको छलफलपश्चात् त्रिवि पदाधिकारीको बैठकमार्फत त्रिवि कार्यकारी परिषदमा पेस गर्ने निर्णय भएको जानकारी दिए।

माघ २२ गतेसम्म विद्यार्थी भर्ना र मध्य चैतमा विभिन्न तहको परीक्षा हुने भएकाले त्रिविले फागुन २८ गतेका लागि स्ववियु निर्वाचनको प्रस्ताव गरेको जनाइएको छ। 

स्ववियु निर्वाचन नहुँदा त्रिविको प्रशासनिकदेखि नीतिगत कामहरु समेत प्रभावित भइरहेको पूर्व कार्यकारी निर्देशक कार्कीले बताए। स्ववियु क्याम्पसको पदेन सदस्य हुने, त्रिविको सभामा दुई जना सदस्य रहने भएकाले नीति निर्माणदेखि छात्रवृत्ति वितरण लगायतका थुप्रै काम कारबाहीमा समस्या हुने गरेको उनको अनुभव छ। 

Ncell 2
Ncell 2

विद्यार्थी संगठन उत्साहित 
त्रिविले स्ववियु निर्वाचनमा सक्रियता देखाएसँगै विश्वविद्यालयमा चहलहपल बढेको छ। लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थी संगठनहरुले आफू निकट विद्यार्थीहरुलाई विभिन्न संकायमा भर्ना गर्न थालेका छन् भने विद्यार्थी पनि उत्साहित देखिएका छन्।

स्ववियु हुँदा विश्वविद्यालयमा स्वार्थी समूहहरु नियन्त्रण हुन्छन्ः अनेरास्ववियु
अनेरास्ववियु त्रिविका अध्यक्ष शम्भु भट्टले त्रिविका पदाधिकारी र अहिलेको सरकारसँग जसरी भए पनि स्ववियु निर्वाचन गर्नका लागि अनेरास्ववियुले माग गरेको बताए। अब कुनै पनि बहानामा स्ववियु निर्वाचन सार्न नहुने बताउँदै उनले भने, 'यदि स्ववियु निर्वाचन गराउन सकेनौं भने त्रिविको छविमा नै आँच आउँछ।' 

स्ववियु निर्वाचन नभएकै कारण त्रिविको स्टाटस खस्किँदै गइरहेको उनको दावो छ। ‘स्ववियु नभएकै कारण निहित स्वार्थपूर्तिका लागि त्रिविलाई घेराबन्दीमा पारिएको छ। तालाबन्दी जस्ता कामहरु भइरहेका छन्,' उनले भने।

सबै विद्यार्थी संगठनलाई स्ववियु निर्वाचनमा एकमत हुन आग्रह गर्दै भट्टले निर्वाचनका लागि उपकुलपतिलाई ज्ञापन समेत बुझाएको जानकारी दिए।

स्ववियु नहुँदा त्रिविमा एक वर्षमा तीन सय दिन तालाबन्दी भएको बताउँदै उनले त्रिविका पदाधिकारीहरु समेत मनोमानी तरिकाले चल्ने गरेको आरोप लगाए। 

भट्टले भने, 'स्ववियु नहुँदा त्रिविमा कमाइ खाने समूह सक्रिय भएका छन्। स्ववियुको निर्वाचन भएपछि त्यस्ता अराजक समूहहरु निस्तेज हुनेछ र विद्यार्थीका जायज माग सम्बोधन हुनेछ।'

नेविसंघमा लफडा, सभापति शेर्पाले विश्वविद्यालय नबुझेको आरोप
नेविसंघका नेता योगेन्द्र रावल स्ववियु निर्वाचन विद्यार्थी राजनीति गर्ने हजारौं विद्यार्थीका निम्ति उत्सव भएको बताउँछन्। विश्वविद्यालयमा विभिन्न समयमा स्ववियु निर्वाचनबारे तयारी हुने र अन्तिममा स्थगित हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्रिवि पदाधिकारीहरुका कारण स्ववियु निर्वाचन स्थगित हुँदै गरेको आरोप लगाए।

रावलले विश्वविद्यालयप्रति नेविसंघका केन्द्रीय सभापति डुजाङ शेर्पा संवेदनशील नभएको आरोप समेत लगाए। सभापति शेर्पाले विश्वविद्यालय नपढेको र विश्वविद्यालय नबुझेको दावी समेत रावलले गरे।

लामो समयसम्म विश्वविद्यालयका समिति रिक्त राखेकोप्रति आक्रोश व्यक्त गर्दै उनले समिति रिक्त हुँदा विद्यार्थीका दिनहुँ आइपर्ने कामकाज प्रभावित हुने गरेको गुनासो गरे। सभापति नै संगठनप्रति चिन्तित नभएकोले स्ववियु निर्वाचन प्रभावित हुने आशंका रावलले गरे।

विश्व विद्यालयमा बारम्बार प्रश्नपत्र दोहोरिने, बाहिरिने, बेचबिखन हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै रावलले ती कुरा सुधार गर्नका लागि पनि स्ववियुको विकल्प नरहेको बताए। उनले त्रिविको क्यालेन्डर लागू गर्नुपर्ने र कुनै पनि बहानामा स्ववियु निर्वाचन नरोक्न त्रिवि पदाधिकारीलाई अनुरोध गरे। 

बेथिति नियन्त्रण गर्ने एस निकट विद्यार्थी संगठनको अजेण्डा
नेकपा समाजवादी पार्टी (एस) निकट अनेरास्ववियु त्रिविका नेता प्रेम विकले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीका नाममा हुने गुण्डागर्दी र बेथिति रोक्न पनि स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिए।

'स्ववियुका बारेमा हामीले विद्यार्थी कल्याण र त्रिविका जिम्मेवार पदाधिकारीहरुसँग छलफल गरेका छौं,' उनले भने, ‘फागुन १४ गते गर्ने त्रिविको कार्यातालिका भए पनि फागुन २८ गते गर्ने गरी छलफल भएको छ। केही दिन मिति तलमाथि भए पनि फागुन भित्रै स्ववियु हुनुपर्छ भन्ने हाम्रो माग छ।’

विकले अनेरास्ववियुका साथीहरु उत्साहित भएर स्ववियुको नेतृत्वबारे तीव्र छलफल चलाइरहेको बताए। २०६५ सालदेखि स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा बेथिति मौलाएको उनको भनाइ छ। प्रशासनिक र शैक्षिक रुपमा हुने गरेका विकृति, विसंगतिका विषयमा खबरदारी गर्ने लगायतका मुद्दा लिएर नेकपा एस निकट विद्यार्थी संगठन स्ववियुमा जाने उनले बताए।

शैक्षिक र प्रशासनिक सुधार हुनुपर्छः अखिल क्रान्तिकारी
विश्वविद्यालयमा देखिएका राजनीतिकदेखि प्रशासनिक समस्याहरु समाधान गर्न स्ववियु निर्वाचन आवश्यक रहेको त्रिवि अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्ले बताए। उनले विश्वविखद्यालयमा व्याप्त राजनीतिक, शैक्षिक, भौतिक, आर्थिक र पाठ्यक्रम लगायतका समस्याको समाधान गर्न पनि स्ववियु अनिवार्य भएको उनको भनाइ छ।

‘शिक्षा क्षेत्रमा विकराल अवस्था सिर्जना भएको छ। राज्यले छुट्याउने बजेट अपुग छ। विद्यार्थीको प्रतिनिधिमुलक संस्था आयो भने देशभरका विद्यार्थीका साझा समस्याहरु समाधान गर्न सकिन्छ,’ भट्टले भने।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्