• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

त्रिविका विद्यार्थी संगठनहरु कसरी गर्दैछन् स्ववियु निर्वाचनको तयारी?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, पुस २०, २०७९  ०९:२३
1140x725

काठमाडौं– प्रत्येक २ वर्षमा हुनुपर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुको स्ववियु निर्वाचन २०६५ सालयता हुन सकेको छैन। गत सातादेखि भने त्रिविले स्ववियु निर्वाचनबारे चासो देखाएको छ।

त्रिविले विद्यार्थी संगठनहरुसँग स्ववियु निर्वाचनबारे छलफल समेत गरेको छ। विद्यार्थी संगठनहरु पनि अब भने स्ववियु निर्वाचन हुनैपर्नेमा एकमत देखिएका छन्।

नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिवि अन्तर्गत देशभर ६२ वटा आंगिक क्याम्पस रहेका छन् भने सामुदायिक र निजी गरी १ हजार ४० वटा क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन्। 

कस्तो छ त्रिविको तयारी?
विभिन्न विद्यार्थी संगठनहरुको मागअनुसार त्रिवि खेलकुद निर्देशनालयले गत साता सोमबार विद्यार्थी संगठनहरुसँग स्ववियु निर्वाचनबारे छलफल गर्यो।

त्रिविको क्यालेण्डर अनुसार आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने भनिए पनि फागुन २८ गते निर्वाचन गर्नेबारे प्रस्ताव गरिएको त्रिवि खेलकुद निर्देशनालयका पूर्व कार्यकारी निर्देशक प्राध्यापक गंगाबहादुर थापा मगरले जानकारी दिए।

प्राध्यापक थापा मगरले विभिन्न संकायका डिनहरुको सुझावका आधारमा फागुन २८ गते स्ववियु निर्वाचन गर्नेबारे छलफल भएको नेपाल लाइभलाई बताए। उनले संयुक्त विद्यार्थी संगठनहरुबीच भएको छलफलपश्चात् त्रिवि पदाधिकारीको बैठकमार्फत त्रिवि कार्यकारी परिषदमा पेस गर्ने निर्णय भएको जानकारी दिए।

माघ २२ गतेसम्म विद्यार्थी भर्ना र मध्य चैतमा विभिन्न तहको परीक्षा हुने भएकाले त्रिविले फागुन २८ गतेका लागि स्ववियु निर्वाचनको प्रस्ताव गरेको जनाइएको छ। 

स्ववियु निर्वाचन नहुँदा त्रिविको प्रशासनिकदेखि नीतिगत कामहरु समेत प्रभावित भइरहेको पूर्व कार्यकारी निर्देशक कार्कीले बताए। स्ववियु क्याम्पसको पदेन सदस्य हुने, त्रिविको सभामा दुई जना सदस्य रहने भएकाले नीति निर्माणदेखि छात्रवृत्ति वितरण लगायतका थुप्रै काम कारबाहीमा समस्या हुने गरेको उनको अनुभव छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्यार्थी संगठन उत्साहित 
त्रिविले स्ववियु निर्वाचनमा सक्रियता देखाएसँगै विश्वविद्यालयमा चहलहपल बढेको छ। लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थी संगठनहरुले आफू निकट विद्यार्थीहरुलाई विभिन्न संकायमा भर्ना गर्न थालेका छन् भने विद्यार्थी पनि उत्साहित देखिएका छन्।

स्ववियु हुँदा विश्वविद्यालयमा स्वार्थी समूहहरु नियन्त्रण हुन्छन्ः अनेरास्ववियु
अनेरास्ववियु त्रिविका अध्यक्ष शम्भु भट्टले त्रिविका पदाधिकारी र अहिलेको सरकारसँग जसरी भए पनि स्ववियु निर्वाचन गर्नका लागि अनेरास्ववियुले माग गरेको बताए। अब कुनै पनि बहानामा स्ववियु निर्वाचन सार्न नहुने बताउँदै उनले भने, 'यदि स्ववियु निर्वाचन गराउन सकेनौं भने त्रिविको छविमा नै आँच आउँछ।' 

स्ववियु निर्वाचन नभएकै कारण त्रिविको स्टाटस खस्किँदै गइरहेको उनको दावो छ। ‘स्ववियु नभएकै कारण निहित स्वार्थपूर्तिका लागि त्रिविलाई घेराबन्दीमा पारिएको छ। तालाबन्दी जस्ता कामहरु भइरहेका छन्,' उनले भने।

सबै विद्यार्थी संगठनलाई स्ववियु निर्वाचनमा एकमत हुन आग्रह गर्दै भट्टले निर्वाचनका लागि उपकुलपतिलाई ज्ञापन समेत बुझाएको जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्ववियु नहुँदा त्रिविमा एक वर्षमा तीन सय दिन तालाबन्दी भएको बताउँदै उनले त्रिविका पदाधिकारीहरु समेत मनोमानी तरिकाले चल्ने गरेको आरोप लगाए। 

भट्टले भने, 'स्ववियु नहुँदा त्रिविमा कमाइ खाने समूह सक्रिय भएका छन्। स्ववियुको निर्वाचन भएपछि त्यस्ता अराजक समूहहरु निस्तेज हुनेछ र विद्यार्थीका जायज माग सम्बोधन हुनेछ।'

नेविसंघमा लफडा, सभापति शेर्पाले विश्वविद्यालय नबुझेको आरोप
नेविसंघका नेता योगेन्द्र रावल स्ववियु निर्वाचन विद्यार्थी राजनीति गर्ने हजारौं विद्यार्थीका निम्ति उत्सव भएको बताउँछन्। विश्वविद्यालयमा विभिन्न समयमा स्ववियु निर्वाचनबारे तयारी हुने र अन्तिममा स्थगित हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्रिवि पदाधिकारीहरुका कारण स्ववियु निर्वाचन स्थगित हुँदै गरेको आरोप लगाए।

रावलले विश्वविद्यालयप्रति नेविसंघका केन्द्रीय सभापति डुजाङ शेर्पा संवेदनशील नभएको आरोप समेत लगाए। सभापति शेर्पाले विश्वविद्यालय नपढेको र विश्वविद्यालय नबुझेको दावी समेत रावलले गरे।

लामो समयसम्म विश्वविद्यालयका समिति रिक्त राखेकोप्रति आक्रोश व्यक्त गर्दै उनले समिति रिक्त हुँदा विद्यार्थीका दिनहुँ आइपर्ने कामकाज प्रभावित हुने गरेको गुनासो गरे। सभापति नै संगठनप्रति चिन्तित नभएकोले स्ववियु निर्वाचन प्रभावित हुने आशंका रावलले गरे।

विश्व विद्यालयमा बारम्बार प्रश्नपत्र दोहोरिने, बाहिरिने, बेचबिखन हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै रावलले ती कुरा सुधार गर्नका लागि पनि स्ववियुको विकल्प नरहेको बताए। उनले त्रिविको क्यालेन्डर लागू गर्नुपर्ने र कुनै पनि बहानामा स्ववियु निर्वाचन नरोक्न त्रिवि पदाधिकारीलाई अनुरोध गरे। 

बेथिति नियन्त्रण गर्ने एस निकट विद्यार्थी संगठनको अजेण्डा
नेकपा समाजवादी पार्टी (एस) निकट अनेरास्ववियु त्रिविका नेता प्रेम विकले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीका नाममा हुने गुण्डागर्दी र बेथिति रोक्न पनि स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिए।

'स्ववियुका बारेमा हामीले विद्यार्थी कल्याण र त्रिविका जिम्मेवार पदाधिकारीहरुसँग छलफल गरेका छौं,' उनले भने, ‘फागुन १४ गते गर्ने त्रिविको कार्यातालिका भए पनि फागुन २८ गते गर्ने गरी छलफल भएको छ। केही दिन मिति तलमाथि भए पनि फागुन भित्रै स्ववियु हुनुपर्छ भन्ने हाम्रो माग छ।’

विकले अनेरास्ववियुका साथीहरु उत्साहित भएर स्ववियुको नेतृत्वबारे तीव्र छलफल चलाइरहेको बताए। २०६५ सालदेखि स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा बेथिति मौलाएको उनको भनाइ छ। प्रशासनिक र शैक्षिक रुपमा हुने गरेका विकृति, विसंगतिका विषयमा खबरदारी गर्ने लगायतका मुद्दा लिएर नेकपा एस निकट विद्यार्थी संगठन स्ववियुमा जाने उनले बताए।

शैक्षिक र प्रशासनिक सुधार हुनुपर्छः अखिल क्रान्तिकारी
विश्वविद्यालयमा देखिएका राजनीतिकदेखि प्रशासनिक समस्याहरु समाधान गर्न स्ववियु निर्वाचन आवश्यक रहेको त्रिवि अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्ले बताए। उनले विश्वविखद्यालयमा व्याप्त राजनीतिक, शैक्षिक, भौतिक, आर्थिक र पाठ्यक्रम लगायतका समस्याको समाधान गर्न पनि स्ववियु अनिवार्य भएको उनको भनाइ छ।

‘शिक्षा क्षेत्रमा विकराल अवस्था सिर्जना भएको छ। राज्यले छुट्याउने बजेट अपुग छ। विद्यार्थीको प्रतिनिधिमुलक संस्था आयो भने देशभरका विद्यार्थीका साझा समस्याहरु समाधान गर्न सकिन्छ,’ भट्टले भने।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्