• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु किन चाहिन्छ?, यस्तो छ विद्यार्थी नेताहरुको धारणा

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, पुस १६, २०७९  ११:२१
1140x725

काठमाडौं‌- कुनै बेला परिवर्तनका मुद्दामा प्रभावशाली भूमिका निर्वाह गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को साख पछिल्ला वर्षहरुमा खस्कँदो छ। २०६५ सालपछि निर्वाचन नै नियमित नभएपछि अस्तित्व समेत संकटमा परेको छ। 

अहिले फेरि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी गरेको छ। त्रिविले संयुक्त विद्यार्थी संगठनहरुसँग निर्वाचनका सन्दर्भमा छलफल चलाएको छ। त्रिविको सक्रियतासँगै आम विद्यार्थी संगठनहरुमा स्ववियु निर्वाचनको तयारीमा जुटेका छन्।

त्रिवि अन्तर्गत ६२ वटा आंगिक क्याम्पस छन्। जसमध्ये १ हजार ४० क्याम्पसले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्। २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि आम रुपमा स्ववियु निर्वाचन पहिलो पटक हुँदैछ। उमेरहदले बाहिरबाट गएर विद्यार्थीमाथि गरिने राजनीतिमा रोक लगाउने अपेक्ष गरिएको छ। 

स्ववियुको निर्वाचन गर्नका लागि सोमबार त्रिभुवन विश्वविद्यालयले संयुक्त विद्यार्थीहरुसँग छलफल गरेको थियो। त्रिविले बोलाएको छलफलमा संयुक्त विद्यार्थी संगठनहरु एकमत देखिएका छन्। त्रिविको क्यालेन्डर अनुसार स्ववियुको निर्वाचन  फागुन १४ गते हुनुपर्ने हो। तर त्रिविले केही दिन पर फागुन २८ गते निर्वाचनका लागि प्रस्ताव गरेको छ। 

विद्यार्थी संगठनहरु शैक्षिक सत्रभित्रै स्ववियु निर्वाचन जसरी पनि गर्नुपर्नेमा एकमत देखिएका छन्।

स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरुको धारणा
स्ववियु निर्वाचनलाई कुनै समय नेता उत्पादन हुने नर्सरी मानिन्थ्यो। आम रुपमा प्रभावशाली, पढाइमा तेज र जेहेन्दार विद्यार्थीहरुले यसको नेतृत्व गर्थे। तर पछिल्लो केही वर्षदेखि स्ववियु राजनीति मात्रै गर्ने अखडा जस्ता हुन थालेको भन्दै आलोचना भइरहेको छ। 

पढाइमा अब्बल विद्यार्थी यसबाट भाग्न थालेका छन्। स्ववियु निर्वाचनका नाममा हुने झडपले वितृष्णा बढ्दो छ। स्ववियु निर्वाचनको चर्चा सुरु हुनेवित्तिकै घटना पनि हुन थालिसकेका छन्। 

स्ववियुसँग जोडिएकै विषयलाई लिएर  बुधबार प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा झडप भएको छ। अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का, अन्य विद्यार्थी नेताहरु हर्क बोहोरा, रवि मगर, ईश्वर बिष्टलगायत घाइते भए। यस्ता घटनाले स्ववियु निर्वाचन शान्तिपूर्ण हुनेमा संशय छ। तर स्ववियुबाट विद्यार्थीका मुद्दाहरुका लागि पहल गरिने बाटो फेरि खोल्नुपर्नेमा विद्यार्थी नेताहरु एकजुट भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सत्तारुढ दलका नेकपा एमालेनिकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले जुनसुकै हालतमा पनि स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिन्छन्। उनले स्ववियु निर्वाचन आफ्नो संगठनको पहिलो माग रहेको बताए।

उनले स्ववियु निर्वाचन गर्नका लागि त्रिभुवन विश्वविद्यालय लागेको भए पनि नेपाली कांग्रेसनिकट नेपाल विदयार्थी संघलगायतका संगठन निर्वाचन भाँड्न लागेको आरोप लगाए। लामिछानेले भने, ‘त्रिवि स्ववियु निर्वाचन गर्न लागेको छ। तर नेविसंघ लगायतका संगठनहरु नहोस् भनेर भाँड्न लागेका छन्। आन्तरिक समस्याका कारण नभइदियोस् भनेर नेविसंघ लागिरहेको छ।’ 

उपाध्यक्ष लामिछानेले नेविसंघ र माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीलाई निर्वाचनबाट नभाग्न अनुरोध गरे। उनले क्याम्पसका विद्यार्थी संगठनहरु एक आपसमा स्ववियुको निर्वाचनमा होमिइसकेको दावी गरे। उनले चुनावबाट भागेमा विद्यार्थीहरुले आफूहरुलाई नेता नमान्ने भन्दै चिन्ता व्यक्त गरे।

लामिछानेले भने, ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीका हकहितका बारेमा बोल्ने संस्था भएनन्। साझा संस्था चाहियो। प्रशासनिक ढिलासुस्ती भयो। समग्रमा शैक्षिक उन्नयन, क्याम्पस प्रशासनको वृद्धि विकासका लागि स्ववियु अनिवार्य संस्था हो। त्यो संस्थाको अनुपस्थितिले सारा शैक्षिक संस्थाहरु धराशायी बनेका छन्। विश्वविद्यालयतर्फ मनपरीतन्त्र भएको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्ववियु नभएपछि ठगेर खान पाइन्छ भन्ने प्रशासक र त्यहाँ कार्यरत कर्मचारीहरुको भावनाका कारण स्ववियुको बदनाम गरिएको उनको भनाइ छ। ‘राजनीति गर्ने अखडा भएको भनी उनीहरुले हल्ला फैलाएका छन् तर यो विद्यार्थीका गुनासो सुन्ने र सम्बन्धित ठाउँ पुर्याउनुका साथै दबाब दिने संस्था हो,’ लामिछाने भने।

त्यसैगरी नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन अनिवार्य भएको बताएकी छन्। उनले स्ववियु निर्वाचन हुनुपर्नेमा संयुक्त विद्यार्थी संगठनहरु एकमत भएको बताइन्। नेविसंघको नेतृत्वमाथि नै प्रश्न खडा भइरहेको बताउँदै उनले स्ववियुको अस्तित्वमाथि प्रश्न उठेको अवस्थामा आन्तरिक तयारी गरेर भए पनि स्ववियु निर्वाचनमा नेविसंघ होमिने बताइन्।

ढकालले भनिन्, ‘अहिलेको नेतृत्व हेर्ने हो भने स्ववियुले जन्माएको नेतृत्व देख्न सक्छौं। भ्रातृ संगठनहरु आफ्नो कलेजमा प्रतिस्पर्धा गरेर आफू नेतृत्वको लागि तयार हुने ठाउँ हो। शैक्षिक मुद्दामा काम गर्ने ठाउँ पनि हो। त्यस कारण स्ववियु एकदमै जरुरी छ।’

स्ववियु निर्वाचन नहुँदा शैक्षिक मुद्दा र विद्यार्थी राजनीति कमजोर भएको ढकालको बुझाइ छ। ढकालले विद्यार्थीहरुले नेतृत्व गर्न पाएको भए स्वतन्त्रहरु विकल्पमा नजन्मिने बताइन्। स्ववियु एउटा मात्र संगठनको विषय नभई आम विद्यार्थीको चासो र चिन्ताको रुपमा बुझ्नुपर्ने उनको धारणा छ। 

निर्वाचनमा सबै विद्यार्थी संगठन सकारात्मक रहेको बताउँदै अनेरास्ववियु क्रान्तिकारीका संयोजक पवन कार्कीले स्ववियु विद्यार्थीको हकहितका लागि स्ववियु निर्वाचन जरुरी भएको बताए। 

संयोजक कार्कीले भने, ‘स्ववियुबारे अहिलेका विद्यार्थीहरुलाई बुझाउन सकिएको छैन। स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको पक्षमा आवाज उठाउनुपर्ने कुरा, विद्यार्थीको पक्षमा संघर्ष गर्ने कुरा नै बन्देज भइराखेको छ।’

हाल विद्यार्थी संगठनहरु क्याम्पसहरुमा सामान्य संयोजनका आधारमा चलिरहेको बताए। जसका कारण विद्यार्थीका समस्या बढ्दै गएको उनी बताउँछन्।  

उनले भने, ‘विश्व विद्यालयका र क्याम्पसहरुमा समस्या आइराखेको छ। ती बेथिति र विसंगतिहरुको अन्त्यको निमित्त संघर्ष गर्ने र विद्यार्थी आफ्नैका लागि पनि हक-अधिकारको पक्षमा आवाज उठाउने साझा थलो स्ववियु हो।’ 

राजनीतिक दलहरुमा बन्देज लगाएको अवस्थमा समेत विद्यार्थी संगठनहरुले स्ववियुमार्फत नै दलको काम गरिएको दावी उनको छ। शैक्षिक अधिकारको पक्ष र विद्यार्थीको ह-हितका पक्षमा लड्ने थलो स्ववियु भएको बताउँदै संयोजक कार्कीले थपे, ‘स्ववियु भनेको मिनी संसद् हो। आज संसदमा गएका नेताहरु संसदको औचित्य के हो? कस्तो हो? त्यहाँ गएर राख्ने प्रस्तुति के हो?भन्ने कुरामा समस्या देखिइरहेको छ।’

विगत लामो सयमदेखि स्ववियु निर्वाचन नहुँदाको परिणामा युवाहरुमा राजनीतिप्रति वितृष्णा बढेको उनी बताउँछन्। ‘स्ववियु मिनी संसद् हो। स्ववियु चुनाव गरायौं भने राजनीतिप्रति युवा पुस्ताको आकर्षण बढाउन सकिन्छ। राजनीतिलाई सही ठाउँमा ल्याउनका लागि पनि स्ववियु निर्वाचन जरुरी छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्