• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु किन चाहिन्छ?, यस्तो छ विद्यार्थी नेताहरुको धारणा

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, पुस १६, २०७९  ११:२१
1140x725

काठमाडौं‌- कुनै बेला परिवर्तनका मुद्दामा प्रभावशाली भूमिका निर्वाह गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को साख पछिल्ला वर्षहरुमा खस्कँदो छ। २०६५ सालपछि निर्वाचन नै नियमित नभएपछि अस्तित्व समेत संकटमा परेको छ। 

अहिले फेरि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी गरेको छ। त्रिविले संयुक्त विद्यार्थी संगठनहरुसँग निर्वाचनका सन्दर्भमा छलफल चलाएको छ। त्रिविको सक्रियतासँगै आम विद्यार्थी संगठनहरुमा स्ववियु निर्वाचनको तयारीमा जुटेका छन्।

त्रिवि अन्तर्गत ६२ वटा आंगिक क्याम्पस छन्। जसमध्ये १ हजार ४० क्याम्पसले त्रिविको सम्बन्धन प्राप्त गरेका छन्। २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि आम रुपमा स्ववियु निर्वाचन पहिलो पटक हुँदैछ। उमेरहदले बाहिरबाट गएर विद्यार्थीमाथि गरिने राजनीतिमा रोक लगाउने अपेक्ष गरिएको छ। 

स्ववियुको निर्वाचन गर्नका लागि सोमबार त्रिभुवन विश्वविद्यालयले संयुक्त विद्यार्थीहरुसँग छलफल गरेको थियो। त्रिविले बोलाएको छलफलमा संयुक्त विद्यार्थी संगठनहरु एकमत देखिएका छन्। त्रिविको क्यालेन्डर अनुसार स्ववियुको निर्वाचन  फागुन १४ गते हुनुपर्ने हो। तर त्रिविले केही दिन पर फागुन २८ गते निर्वाचनका लागि प्रस्ताव गरेको छ। 

विद्यार्थी संगठनहरु शैक्षिक सत्रभित्रै स्ववियु निर्वाचन जसरी पनि गर्नुपर्नेमा एकमत देखिएका छन्।

स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरुको धारणा
स्ववियु निर्वाचनलाई कुनै समय नेता उत्पादन हुने नर्सरी मानिन्थ्यो। आम रुपमा प्रभावशाली, पढाइमा तेज र जेहेन्दार विद्यार्थीहरुले यसको नेतृत्व गर्थे। तर पछिल्लो केही वर्षदेखि स्ववियु राजनीति मात्रै गर्ने अखडा जस्ता हुन थालेको भन्दै आलोचना भइरहेको छ। 

पढाइमा अब्बल विद्यार्थी यसबाट भाग्न थालेका छन्। स्ववियु निर्वाचनका नाममा हुने झडपले वितृष्णा बढ्दो छ। स्ववियु निर्वाचनको चर्चा सुरु हुनेवित्तिकै घटना पनि हुन थालिसकेका छन्। 

स्ववियुसँग जोडिएकै विषयलाई लिएर  बुधबार प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा झडप भएको छ। अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का, अन्य विद्यार्थी नेताहरु हर्क बोहोरा, रवि मगर, ईश्वर बिष्टलगायत घाइते भए। यस्ता घटनाले स्ववियु निर्वाचन शान्तिपूर्ण हुनेमा संशय छ। तर स्ववियुबाट विद्यार्थीका मुद्दाहरुका लागि पहल गरिने बाटो फेरि खोल्नुपर्नेमा विद्यार्थी नेताहरु एकजुट भएका छन्।

Ncell 2
Ncell 2

सत्तारुढ दलका नेकपा एमालेनिकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले जुनसुकै हालतमा पनि स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिन्छन्। उनले स्ववियु निर्वाचन आफ्नो संगठनको पहिलो माग रहेको बताए।

उनले स्ववियु निर्वाचन गर्नका लागि त्रिभुवन विश्वविद्यालय लागेको भए पनि नेपाली कांग्रेसनिकट नेपाल विदयार्थी संघलगायतका संगठन निर्वाचन भाँड्न लागेको आरोप लगाए। लामिछानेले भने, ‘त्रिवि स्ववियु निर्वाचन गर्न लागेको छ। तर नेविसंघ लगायतका संगठनहरु नहोस् भनेर भाँड्न लागेका छन्। आन्तरिक समस्याका कारण नभइदियोस् भनेर नेविसंघ लागिरहेको छ।’ 

उपाध्यक्ष लामिछानेले नेविसंघ र माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीलाई निर्वाचनबाट नभाग्न अनुरोध गरे। उनले क्याम्पसका विद्यार्थी संगठनहरु एक आपसमा स्ववियुको निर्वाचनमा होमिइसकेको दावी गरे। उनले चुनावबाट भागेमा विद्यार्थीहरुले आफूहरुलाई नेता नमान्ने भन्दै चिन्ता व्यक्त गरे।

लामिछानेले भने, ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीका हकहितका बारेमा बोल्ने संस्था भएनन्। साझा संस्था चाहियो। प्रशासनिक ढिलासुस्ती भयो। समग्रमा शैक्षिक उन्नयन, क्याम्पस प्रशासनको वृद्धि विकासका लागि स्ववियु अनिवार्य संस्था हो। त्यो संस्थाको अनुपस्थितिले सारा शैक्षिक संस्थाहरु धराशायी बनेका छन्। विश्वविद्यालयतर्फ मनपरीतन्त्र भएको छ।’

स्ववियु नभएपछि ठगेर खान पाइन्छ भन्ने प्रशासक र त्यहाँ कार्यरत कर्मचारीहरुको भावनाका कारण स्ववियुको बदनाम गरिएको उनको भनाइ छ। ‘राजनीति गर्ने अखडा भएको भनी उनीहरुले हल्ला फैलाएका छन् तर यो विद्यार्थीका गुनासो सुन्ने र सम्बन्धित ठाउँ पुर्याउनुका साथै दबाब दिने संस्था हो,’ लामिछाने भने।

त्यसैगरी नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन अनिवार्य भएको बताएकी छन्। उनले स्ववियु निर्वाचन हुनुपर्नेमा संयुक्त विद्यार्थी संगठनहरु एकमत भएको बताइन्। नेविसंघको नेतृत्वमाथि नै प्रश्न खडा भइरहेको बताउँदै उनले स्ववियुको अस्तित्वमाथि प्रश्न उठेको अवस्थामा आन्तरिक तयारी गरेर भए पनि स्ववियु निर्वाचनमा नेविसंघ होमिने बताइन्।

ढकालले भनिन्, ‘अहिलेको नेतृत्व हेर्ने हो भने स्ववियुले जन्माएको नेतृत्व देख्न सक्छौं। भ्रातृ संगठनहरु आफ्नो कलेजमा प्रतिस्पर्धा गरेर आफू नेतृत्वको लागि तयार हुने ठाउँ हो। शैक्षिक मुद्दामा काम गर्ने ठाउँ पनि हो। त्यस कारण स्ववियु एकदमै जरुरी छ।’

स्ववियु निर्वाचन नहुँदा शैक्षिक मुद्दा र विद्यार्थी राजनीति कमजोर भएको ढकालको बुझाइ छ। ढकालले विद्यार्थीहरुले नेतृत्व गर्न पाएको भए स्वतन्त्रहरु विकल्पमा नजन्मिने बताइन्। स्ववियु एउटा मात्र संगठनको विषय नभई आम विद्यार्थीको चासो र चिन्ताको रुपमा बुझ्नुपर्ने उनको धारणा छ। 

निर्वाचनमा सबै विद्यार्थी संगठन सकारात्मक रहेको बताउँदै अनेरास्ववियु क्रान्तिकारीका संयोजक पवन कार्कीले स्ववियु विद्यार्थीको हकहितका लागि स्ववियु निर्वाचन जरुरी भएको बताए। 

संयोजक कार्कीले भने, ‘स्ववियुबारे अहिलेका विद्यार्थीहरुलाई बुझाउन सकिएको छैन। स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको पक्षमा आवाज उठाउनुपर्ने कुरा, विद्यार्थीको पक्षमा संघर्ष गर्ने कुरा नै बन्देज भइराखेको छ।’

हाल विद्यार्थी संगठनहरु क्याम्पसहरुमा सामान्य संयोजनका आधारमा चलिरहेको बताए। जसका कारण विद्यार्थीका समस्या बढ्दै गएको उनी बताउँछन्।  

उनले भने, ‘विश्व विद्यालयका र क्याम्पसहरुमा समस्या आइराखेको छ। ती बेथिति र विसंगतिहरुको अन्त्यको निमित्त संघर्ष गर्ने र विद्यार्थी आफ्नैका लागि पनि हक-अधिकारको पक्षमा आवाज उठाउने साझा थलो स्ववियु हो।’ 

राजनीतिक दलहरुमा बन्देज लगाएको अवस्थमा समेत विद्यार्थी संगठनहरुले स्ववियुमार्फत नै दलको काम गरिएको दावी उनको छ। शैक्षिक अधिकारको पक्ष र विद्यार्थीको ह-हितका पक्षमा लड्ने थलो स्ववियु भएको बताउँदै संयोजक कार्कीले थपे, ‘स्ववियु भनेको मिनी संसद् हो। आज संसदमा गएका नेताहरु संसदको औचित्य के हो? कस्तो हो? त्यहाँ गएर राख्ने प्रस्तुति के हो?भन्ने कुरामा समस्या देखिइरहेको छ।’

विगत लामो सयमदेखि स्ववियु निर्वाचन नहुँदाको परिणामा युवाहरुमा राजनीतिप्रति वितृष्णा बढेको उनी बताउँछन्। ‘स्ववियु मिनी संसद् हो। स्ववियु चुनाव गरायौं भने राजनीतिप्रति युवा पुस्ताको आकर्षण बढाउन सकिन्छ। राजनीतिलाई सही ठाउँमा ल्याउनका लागि पनि स्ववियु निर्वाचन जरुरी छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक... सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ । सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्