• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको सत्तारोहण छिमेकीका लागि कति ‘कम्फर्टेबल’?

64x64
नवीन झा बिहीबार, पुस १४, २०७९  १८:३७
1140x725

काठमाडौं– २०७७ साल फागुनमा पहिलोपटक संसद् विघटनपछि नयाँ सरकारको चर्चा चलिरहेको थियो। त्यही बेला एक अन्तर्वार्तामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी (भारत र चीन) का लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को सरकार ‘कम्फर्टेबल’ हुने बताएका थिए। 

‘हामी मिल्दा चेक एन्ड ब्यालेन्स पनि हुन्छ। सबै छिमेकीसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ। अझ भारतसँगको जुन विशिष्ट सम्बन्ध छ। धर्म, परम्परा, संस्कृति,  पानीढलो, खुला सीमाना सबै कारणले भारतसँग राम्रो सम्बन्ध नबनाइकन पनि नेपालमा स्थायित्व विकास त हुँदैन,’ उनले भनेका थिए।

प्रचण्डले त्योबेला भनेअनुसारकै शक्तिहरू कांग्रेस, माओवादी र जसपा मिलेर पछि सरकार बनाए। मंसिर ४ को निर्वाचनले पनि त्यही ’कम्फर्टेबल’ सरकारले बनायो। गत आइतबार नेपाली राजनीतिमा आएको उतारचढाबबाट प्रचण्ड आफैँ सत्तामा उक्लिएका छन्। 

उनले भनेको ‘कम्फर्टेबल’ को प्याकेजमा रहेको एउटा दल कांग्रेस बाहिरिएको छ भने नेकपा (एमाले) सहित अन्य पाँच दल भित्रिएका छन्। प्रचण्डको नेतृत्वमा एकाएक सरकार निर्माण आफैंमा शक्ति केन्द्रहरूको सक्रियताको उपजका रूपमासमेत हेर्न थालिएको छ। 

प्राध्यापक लोकराज बराल अहिलेको नयाँ घटनाक्रमबाट प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डमाथि चुनौतीहरूका चाङ देख्छन्।  आन्तरिक राजनीतिको सन्तुलन मिलाउनमात्रै होइन,  बाह्य  भूराजनीतिक सन्तुलनको समेत संयोजन गर्ने चुनौती रहेको उनी बताउँछन्। ‘काठमाडौंमा पछिल्लो समयमा मुख्य गरी तीनवटा शक्तिको टकराव देखिएकै हो,’  बराल भन्छन्,  ‘काठमाडौंको नयाँ सरकारप्रति बेइजिङ र दिल्लीको चासो उनीहरूको बधाई र शुभकामनाबाट पनि प्रष्ट हुन्छ।’

चुनावपछि नेता र राजदूतको दौड

मंसिर ४ को निर्वाचनको परिणाम सार्वजनिक नहुँदै काठमाडौंमा भारतीय राजदूत नवीन श्रीवास्तव, अमेरिकी राजदूत डिन ए थम्पसन र चिनियाँ दूतावासका कर्मचारीहरूले राजनीतिक भेटघाट सुरु गरिसकेका थिए। सार्वजनिक जानकारीअनुसार निर्वाचनपश्चात् भारतीय राजदूत श्रीवास्तवले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग दुईपटक, नवनियुक्त प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँग पनि समान दुईपटक र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकपटक भेट गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी राजदूत थम्पसनले पनि यही बीचमा पूर्वप्रधानमन्त्री देउवासँग एकपटक, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग एकपटक र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकपटक भेटेका थिए। चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत सहितको एक टोलीले राप्रपा अध्यक्ष लिङ्देनसँग पनि भेटेका थिए। 

काठमाडौंमा शक्ति राष्ट्रहरूका राजदूतहरुको दौड बाक्लोगरी चलिरहँदा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चिन गए। चीनबाट उनी उपचार गराएर फर्केलगत्तै उनका पार्टी अध्यक्ष प्रचण्ड एमालेसँगकाे सहकार्यमा प्रधानमन्त्री बनेका छन्। हुनत प्रचण्डलाई समर्थन गरेका र पछिल्लो समय उनलाई प्रधानमन्त्री बनाउन लागि परेका स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह भारत पनि गएका थिए। सिंहले पारिवारिक कामले भारत गएको दाबी गरेका थिए। निर्वाचन परिणामलगत्तै एमाले सचिव रघुवीर महासेठ र कांग्रेस सांसद विनोद चौधरी पनि भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए। एमाले सचिव महासेठ दिल्ली जानु एक दिनअघि माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेट गरेका थिए। 

naveen1669479717.jpg

व्यवसायी तथा कांग्रेस नेता चौधरी नवलपरासीबाट प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै दिल्ली पुगेका थिए। चौधरीले कांग्रेस सभापति देउवालाई संसदीय दलको नेतामा निर्वाचित गराउन अहम् भूमिका खेलेको चर्चा कांग्रेसभित्र छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्वाचनपछि नेताहरूको दक्षिण र उत्तरको यो दौडबाट प्रचण्डको सत्तारोहणलाई स्वाभाविक राजनीतिक घटनाका रूपमा मात्रै हेरिएको छैन। भूराजनीतिक प्रभावका रूपमासमेत विश्लेषण हुन थालेको छ।

निर्वाचनका मुखैमा चीनका उपविदेशमन्त्री ली चुन नेतृत्वको एउटा टोली नै काठमाडौं आएको थियो। उक्त टोली निर्वाचनकै वरपर नेपाल आएपछि त्यही नजरियाबाट कुरा उठ्न थाल्यो। आलोचना नै हुन थालेपछि स्पष्टीकरणसमेत दिइएको थियो।

चीनको विदेश मन्त्रालयले नेपालमा चलिरहेको परियोजना अवलोकन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएको जनाएको थियो र राजनीतिक भेटघाट आफ्नो प्राथमिकता नरहेको दाबी गरेको थियो। पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीको भ्रमण रोक्न खाेजेको भनेरसमेत चर्चा भएको थियो।  त्यसअघि गत असार अन्तिम हप्ता माओवादी अध्यक्षका रूपमा प्रचण्ड आफैं भारत भ्रमणमा गएका थिए। 

यद्यपि, नेपालमा निर्वाचनपछि गत आइतबार नयाँ प्रधानमन्त्री चयन हुँदा बाहिरभन्दा आन्तरिक राजनीति नै योपटक निर्णायक देखिएको भूराजनीतिक विश्लेषक चन्द्रदेव भट्टको भनाइ छ। ‘नेपालमा शक्ति राष्ट्रहरूको चासो नभएको होइन,’  भट्ट भन्छन्,  ‘तर, माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा त्यस्तो कुनै चलखेल वा ठोस रणनीतिहरूले काम गरेको अहिले नै त देखिँदैन। पछि देखियो भने थप विश्लेण गर्न सकिन्छ।' 

गठबन्धन नतोड्दा एमालेलाई सत्ताबाहिर रहने र त्यसले कमजोर हुने आकलन माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रणनीति एमालेमा देखिएको छ। कांग्रेसले त्यसलाई ठीक ढंगले विश्लेषण गर्न नसकेको भट्टको भनाइ छ।

यद्यपि, प्राध्यापक बराल विगतमा माओवादी र एमाले मिलेर सरकार बनाउँदा चीनतिर ढल्किएकोे र कांग्रेस माओवादी मिल्दा अमेरिका र भारततिर ढल्केका कारण अहिले पनि विभिन्न आशंका देखिएको बताउँछन्। बरालले यो सरकारले अबका दिनमा काम गर्दै जाँदा देखिने परिदृश्यले विस्तारै अहिलेका आशंकाहरू प्रष्ट हुँदै जाने बताए। 

कति सन्तुलन, कति ‘कम्फर्टेबल’?

आइतबार सांझ राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेलगत्तै भारतीय राजदूत श्रीवास्तवले प्रचण्डलाई फोन गरेर बधाई दिए। प्रधानमन्त्री भएपछि भारतीय टेलिभिजन एबीपी न्युजसँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्ध इतिहास, भूगोल, संस्कृति लगायतका विषयमा अझ मजबुत हुँदै जाने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैभन्दा पहिले भारतीय राजदूतले फोन गरेर बधाई दिएको र दोस्रोमा प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बधाई दिनुले पनि भारतसँग आफ्नो सम्बन्ध कस्तो छ भन्ने देखाउने बताए। 

‘जब म प्रधानमन्त्रीको रूपमा नियुक्त भएर राष्ट्रपति भवनबाट बाहिर निस्कँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिनुभयोे। लगत्तै प्रधानमन्त्रीका रूपमा मोदीले ट्विट गरेर बधाई दिनुभो। संयोग भनौं प्रधानमन्त्री भइसकेपछि पहिलो अन्तर्वार्ता पनि भारतीय च्यानललाई नै दिएको छु,’ उनले भने।

त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई  चिनियाँ राजदूतावासले बधाई दिएको थियो। नेपालको राजनीतिलाई नजिकैबाट नियालिरहेको अमेरिकाले भने सोमबार दिउँसोमात्रै प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दियो। 

एमाले र माओवादी केन्द्रजस्ता नेपालका प्रमुख कम्युनिस्टहरू मिलेर सरकार बनाउँदा उत्तरी छिमेकी चीन उत्साहित भएको विश्लेषण एकातर्फ छ। दुई वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुट्नै लाग्दा तत्कालीन चिनियाँ राजदूत होऊ याङ्छी सक्रिय भएकी थिइन्। उनले नेताहरूलाई पार्टी एकता जोगाउन आग्रह गरेको चर्चासमेत चलेको थियो।

तर पनि परिस्थितिले उक्त पार्टी एक रहन सकेन।  कांग्रेस र माओवादी केन्द्रको सहकार्य हुँदा विवादमा परिरहेको अमेरिकी परियोजना एमसीसीमा सहमति जुट्यो र संसद्बाटै परित भयो। जसलाई धेरैले नेपालमा चीनले नचाहेको काम अमेरिकाले गराउन सफल भएको ठहर गरे। नेपालको संसद्ले एमसीसी पारित गर्दा काठमाडौंमा अमेरिकी र चिनियाँ दूतावास एक–अर्कामाथि गलत सूचना फैलाएको आरोप–प्रत्यारोपमा उत्रिए। 

दुई शक्ति राष्ट्रबीच आरोप–प्रत्यारोप चलिरहँदा दक्षिणको छिमेकी भारत पनि अमरिकासँगै रहेको विश्लेषण गर्ने गरिएको थियो। नेपालमा चीनको बढ्दो प्रभावलाई भारतले नरुचाएको भन्दै चीनलाई कमजोर बनाउन भारत अमेरिकाको साथ रहेको काठमाडौंमा चर्चा चल्ने गर्छ।

आइतबारको राजनीतिक घटनाक्रमले फेरि दुई प्रमुख कम्युनिस्ट पार्टी एक भएपछि चीन हाबी हुने र भारत र अमेरिका कमजोर हुने त होइनन् भन्ने आकलन एकथरीको छ।  कतिपयले २०७२ मा जस्तै यसपल्ट पनि भारतले कांग्रेसलाई धोका दिएको रूपमा हेरिरहेका छन्।

दिल्लीस्थित एक जानकारका अनुसार निर्वाचन परिणामपश्चात्  नै प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा अघि रहेको भारतको निष्कर्ष थियो। काठमाडौंस्थित भारतीय दूतावासले त्यही ‘ब्रिफिङ’ सुनाएको थियो।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले एमसीसीमा जस्तै प्रचण्डलाई लतार्न सकिने बताएका थिए।  दिल्ली स्रोतका अनुसार भारत पछिल्लो समयमा नेपालको आन्तरिक राजनीतिमा चलखेल गर्नुको सट्टा सरकारमा रहेका शक्तिहरूसँग ‘इंगेज’ भएर काम गर्ने रणनीतिमा अगाडि बढेको छ। त्यसैमाथि प्रचण्डले पछिल्ला दिनमा छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सन्तुलित नबनाइ स्थायित्व प्राप्त नहुने सार्वजनिक रूपमा पटक–पटक बताइरहेका छन्। 

धेरै पार्टीको गठजोडका कारण आन्तरिक शक्ति सन्तुलन बनाएर अगाडि बढ्नु प्रचण्डका लागि जति चुनौतीपूर्ण छ,  त्यत्तिकै दुवै छिमेकीसँग ‘कम्फर्टेबल’ भइराख्नुमा पनि देखिएको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:३७
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्