• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खेलकुदको महत्वाकांक्षी गुरुयोजना : १० वर्षमा एसिया कप क्रिकेट र १५ वर्षमा एसियाड आयोजना गर्ने लक्ष्य

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  १४:३९
1140x725

काठमाडौँ– युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ। यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ।

नेपालको तेह्रौँ योजना (२०७०/७१ देखि २०७३/७४) मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण र प्रणालीगत परिपाटीको अभाव रहेको तथ्यलाई मनन गरेर मन्त्रालयले १५ वर्षे नयाँ गुरुयोजना तयार गरेको हो।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलकूद गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको विकास नहुनु, यस कार्यमा निजी क्षेत्रलाई प्रभावकारीरुपमा समेट्न नसक्नु जस्ता समस्या र चुनौतीलाई स्वीकार गर्दै नेपालको खेल क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राससलाई जानकारी दिए।

गुरुयोजनामा ५, १० र १५ वर्षभित्र सम्पन्न गर्ने कार्य लक्ष्य निर्धारण गरिएको छ। यसमा पाँच वर्षभित्र व्यापक र समावेशी सहभागिताअन्तर्गत खेलकूदमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत, १० वर्षभित्र ४५ र १५ वर्षभत्र ५० पु¥याउने प्रस्ताव गरिएको छ।

खेल पूर्वाधार निर्माणतर्फ आगामी पाँच वर्षभित्र नेपालका सबै विद्यालयमा खेलकूदका आधारभूत पूर्वाधार निर्माण र खेल प्रशिक्षकको व्यवस्था, १० वर्षभित्र प्रत्येक प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको फूटबल मैदान, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, १५ वर्षभित्र प्रत्येक प्रदेशमा एक/एकवटा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय खेलग्राम निर्माण गर्ने योजना छ।

Ncell 2
Ncell 2
nimb
nimb

पाँच वर्षभित्र दक्षिण एशियाली खेलकूदमा तेस्रो स्थान हासिल गर्ने, १० वर्षभित्र ओलम्पिकमा कास्य पदक प्राप्त गर्ने, १० वर्षमा एशियाली क्रिकेट प्रतियोगिताको आयोजन गर्ने, १५ वर्षभित्र एशियाली खेलकूद नेपालमै आयोजना गर्ने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा निर्धारण गरिएको छ ।

खेल पूर्वाधार तथा सेवासुविधाको पर्याप्तता र गुणात्मकता हासिल गर्ने, खेलकूदसम्बन्धी संस्थाहरूको सुदृढीकरण गरी खेल सुशासन कायम गर्ने, खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहन तथा सामाजिक सुरक्षालाई व्यापक तुल्याई आकर्षक र मर्यादित बनाउने र खेलकूदको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विकास तथा सहयोग परिचालन गर्ने योजनामा पनि यसमा समाविष्ट छ।

गुरुयोजनामा अशक्त तथा अपांगता भएकाहरूको आवश्यकता र रुचिअनुसारका खेलकूदमा उनीहरूको सहभागितालाई प्रोत्साहन गर्ने योजना समेटिएको छ। बाह्रै महिना खेलकूदका लागि मौसम अनुकूल रहने भौगोलिक अवस्थाको लाभ लिन सकिने गरी नेपाललाई खेलकूदको थलोको रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिताको उपयुक्त मापदण्ड तयार गरी निश्चित कार्यविधिका आधारमा आयोजना तथा सहभागिताको व्यवस्था गर्ने सोच मन्त्रालयले बनाएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गुरुयोजना कार्यान्वयनमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्य तथा साझेदारिता कायम गरिनेछ भने दातृ निकाय तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्न आर्थिक कूटनीतिलाई अवलम्बन गरिने छ।  यसका लागि नेपाली राजदूतावासहरूलाई समेत उपयोग गरिने छ। 

प्रत्येक निर्वाचन क्षेत्रमा सुविधासम्पन्न र स्तरीय खेलग्राम निर्माण गर्ने, खेलकूदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापनको वर्गीकरण गरी उनीहरूको सामाजिक सुरक्षाको व्यवस्था गर्ने र खेलाडी तथा प्रशिक्षकका लागि रोजगारीको सुनिश्चितता दिने कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ।

गुरुयोजना चालु आवदेखि नै कार्यान्वयनमा आउने विश्वास मन्त्रालयका खेलकूद विकास शाखा प्रमुख लक्ष्मीप्रसाद भण्डारीले व्यक्त गरे। रासस
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्