• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुदमा १६ वर्षे प्याराग्लाइडर्सको एेतिहासिक पदक सपना

64x64
नेपाल लाइभ शुक्रबार, साउन २५, २०७५  ०२:५३
1140x725

एसियाली खेलकुद (एसियाड)मा नेपालको तर्फबाट भाग लिने प्याराग्लाइडिङका ८ खेलाडीमध्ये कान्छा सदस्य हुन्, युकेश गुरुङ। १६ वर्षीय युकेश उमेरमा कलिलै भएपनि प्याराग्लाइडिङका प्रतियोगितामा भने अनुभवी भइसकेका छन्।

११ वर्षको उमेरदेखि प्याराग्लाइडिङ उडान भर्न थालेका उनले इन्डोनेसिया, चीन र भारत लगायतका देशका आकासमा आफ्नो कौशल देखाइसकेका छन्। इन्डोनेसियामा त ३ पटक पुगिसकेका छन्।

बुधबार चौथो पटक इन्डोनेसियाका लागि प्रस्थान गर्दा उनमा बेग्लै उत्साह थियो। 

उत्साहित नहुन् पनि त कसरी। पोखराका बासिन्दा युकेश प्लाराग्लाइडिङसँगै खेलेर हुर्किए। पारिवारिक माहोल पनि त्यस्तै थियो। युकेशका बुवा भूपाल प्याराग्लाइडिङका व्यासायिक पाइलट हुन्। अहिले उनी यही पेशामा छन्। त्यसैले उनमा प्याराग्लाइडिङप्रति विशेष लगाव छ। 

पोखराको प्लाराग्लाइडिङ ल्यान्डिङ हुने स्थान युकेशको घर नजिकै पर्छ। त्यसैले बाल्यकालमा उनले प्याराग्लाइडिङका उडान नदेखेको दिन भएन। कहिले घरकाे छतबाट त कहिले ल्यान्ड हुने स्थानमै पुग्थे। 'हाम्रो घर नजिकै प्याराग्लाइडिङ ल्यान्ड हुन्थ्यो। झुम्मिदै हामी हेर्न जान्थ्यौं,' युकेश सम्झन्छन्, 'क्यानोपी पुरानो भएपछि कोही-कोहीले छोडेर पनि जान्थे। त्यसपछि हामीलाई के चाहियो र। त्यही क्यानोपी भिरेर उड्ने कोशिस गरिहाल्थ्यौं।'

उनलाई त्यतीबेलै व्यावसायिक प्याराग्लाइडर्स जस्तै आकासमा उडुँउडुँ लाग्थ्यो। तर उमेरले छेक्यो उनलाई। 'अरु प्लाराग्लाइडर्स जस्तै आकासमा उड्न मन लाग्थ्यो,' युकेश भन्छन्, 'एकदिन व्यावसायिक पाइलट जसरी पनि बन्छु भनेर कल्पनामै रमाउँथे।' त्यसैले उनले केहि वर्ष हेरे, सिके र कुरे पनि।

बुवा व्यावसायिक पाइलट भएकाले उनलाई सिक्न समस्या भएन। उनले ११ वर्षको उमेरमै प्याराग्लाइडिङ उठाउन थाले। 'उठाउन सक्छु भन्ने थियो। सुरुमा त डर लाग्यो। आकासमा उड्न थालेपछि रमाइलो लाग्दै गयो,' ७ वर्षअघिको पहिलो उडानबारे युकेशले सम्झिए।

Ncell 2
Ncell 2
nimb
nimb

युकेशले पहिलो पटक प्याराग्लाइडिङ उडाएको दिन बुवा भूपाल भने काठमाडौंमा थिए। उनलाई युकेशप्रति विश्वास थियो। तर आफ्नै छोरा भएकाले उनमा कताकता डर पनि थियो। 'म काठमाडौंमा थिएँ। मन भने पोखरामा। छोराले पहिलोपटक प्याराग्याइडिङ उडाउँदैछ भन्दा डर लाग्दो रहेछ,' भूपाल भन्छन्, 'तर उसले राम्रो उडाउँछ भन्ने आत्मविश्वास भने थियो। किनकी समूहमा राम्रो उडाउनसक्ने उसकाे क्षमताकाे म जानकार थिएँ।'

पहिलोपटक प्लाराग्लाइडिङ उडाएपछि उनी बिस्तारै त्यसतर्फ आकर्षित हुन थाले। दिनरात प्लाराग्लाडिङकै सपना देख्न थाले। त्यहीबेला उनी 'क्रस कन्ट्री साइक्लिङ' पनि गर्थे। प्याराग्लाइडिङ र साइक्लिङका प्रतियोगितामा भाग लिन्थे।

सन् २०१३ को डिसेम्बरमा उनले प्याराग्लाडिङको अाधिकारिक कोर्ष गरे। त्यसपछि उनी प्याराग्लाइडिङकै लागि दिलोज्यान दिन थाले। स्वदेशमा भएका प्रतियोगिताहरुमा भाग लिन थाले।

सन् २०१४ पछि त उनी पोखराका 'फुच्चे प्याराग्याइडर्स'को रुपमा चिनिन थाले। पोखरामा भएका प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनको प्याराग्लाइडिङको विश्व पाइलट वरीयतामा पनि सुधार आउँदै गयाे। जसले गर्दा सन् २०१५ मा भारतमा भएको प्याराग्लाइडिङ विश्वकपमा नेपालको तर्फबाट भाग लिने अवसर पाए। यही प्रतियोगिताले उनलाई प्याराग्लाइडिङ खेलाडीको रुपमा स्थापित गराइदियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१५ वर्षको उमेरमा विश्वकपमा भाग लिएका युकेशले पछिल्लो ३ वर्षमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन्। यसबीचमा उनले अाफूलाई सिंगलबाट टेण्डम (दुई जना राखेर उडाउने) उडान भर्नसक्ने बनाइसकेका छन्।

उनीसहितको नेपाली टिमले गत वर्ष इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान हात पारेको थियो। लगत्तै चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भएको थियो।

त्यसलै पनि यसपटकको एसियाडमा नेपालले ऐतिहासिक पदक जित्ने युकेशको विश्वास छ। 'हाम्रो ग्राउन्ड ह्यान्डलिङ र एक्युरेसी एकदमै राम्रो छ। अन्य पक्ष पनि सुधार गरिरहेका छौं,' उनी भन्छन्, 'इन्डोनेसियामा यसअघि पनि खेलिरहेकाले आत्मविश्वास बढेकाे छ।'

युकेशसँगै एसियाडमा विमल अधिकारी (टिम कप्तान), विशाल थापा, सुशील गुरुङ र विजय गौतम छन्। नेपालका तर्फबाट त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङले पनि प्रतिस्पर्धा गर्नेछन्। नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष दुवै इभेन्टमा छुट्टा–छुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

'एसियाडका लागि राम्रो तयारी गरेका छौं। टिममा रहनु भएका सिनियर दाईहरुको मिहिनेतले यसपटक हामीले पदक जित्ने लक्ष्य बनाएका छौं,' एसियाडका लागि इन्डोनेसिया प्रस्थान गर्नुअघि नेपाल लाइभसँग उनले आफ्नो लक्ष्य सुनाए। 

यसपटक नेपालले टिम क्रस कन्ट्रीमा पदक जित्ने प्रवल सम्भावना रहेको उनले दाबी गरे। 'हाम्रो टिम क्रस कन्ट्रीमा राम्रो भइरहेको छ। यसमा फोकस भएर प्रशिक्षण पनि गरेका छौं, एक साता इन्डोनेसियाको वातावरणमा भिज्न पाउँदा थप सहज हुन्छ' उनले प्रस्ट्याए।

एसियाडमा पदक जित्नु नेपालका लागि कठिन विषय हो। १६ वर्षे युकेश भने पदक हात पार्नेमा आत्मविश्वासी मात्र होइन उत्साहितसमेत छन्। 

 एसियाडको प्याराग्लाइडिङमा १९ देशका खेलाडी प्रतिस्पर्धा गर्दैछन्। इन्डोनेसियाको वेस्ट जाभामा हुने प्रतिस्पर्धामा पदक जित्ने १६ वर्षे युकेशमा मात्र होइन सिंगो नेपाली खेलकुदको अपेक्षा छ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्