• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुदमा १६ वर्षे प्याराग्लाइडर्सको एेतिहासिक पदक सपना

64x64
नेपाल लाइभ शुक्रबार, साउन २५, २०७५  ०२:५३
1140x725

एसियाली खेलकुद (एसियाड)मा नेपालको तर्फबाट भाग लिने प्याराग्लाइडिङका ८ खेलाडीमध्ये कान्छा सदस्य हुन्, युकेश गुरुङ। १६ वर्षीय युकेश उमेरमा कलिलै भएपनि प्याराग्लाइडिङका प्रतियोगितामा भने अनुभवी भइसकेका छन्।

११ वर्षको उमेरदेखि प्याराग्लाइडिङ उडान भर्न थालेका उनले इन्डोनेसिया, चीन र भारत लगायतका देशका आकासमा आफ्नो कौशल देखाइसकेका छन्। इन्डोनेसियामा त ३ पटक पुगिसकेका छन्।

बुधबार चौथो पटक इन्डोनेसियाका लागि प्रस्थान गर्दा उनमा बेग्लै उत्साह थियो। 

उत्साहित नहुन् पनि त कसरी। पोखराका बासिन्दा युकेश प्लाराग्लाइडिङसँगै खेलेर हुर्किए। पारिवारिक माहोल पनि त्यस्तै थियो। युकेशका बुवा भूपाल प्याराग्लाइडिङका व्यासायिक पाइलट हुन्। अहिले उनी यही पेशामा छन्। त्यसैले उनमा प्याराग्लाइडिङप्रति विशेष लगाव छ। 

पोखराको प्लाराग्लाइडिङ ल्यान्डिङ हुने स्थान युकेशको घर नजिकै पर्छ। त्यसैले बाल्यकालमा उनले प्याराग्लाइडिङका उडान नदेखेको दिन भएन। कहिले घरकाे छतबाट त कहिले ल्यान्ड हुने स्थानमै पुग्थे। 'हाम्रो घर नजिकै प्याराग्लाइडिङ ल्यान्ड हुन्थ्यो। झुम्मिदै हामी हेर्न जान्थ्यौं,' युकेश सम्झन्छन्, 'क्यानोपी पुरानो भएपछि कोही-कोहीले छोडेर पनि जान्थे। त्यसपछि हामीलाई के चाहियो र। त्यही क्यानोपी भिरेर उड्ने कोशिस गरिहाल्थ्यौं।'

उनलाई त्यतीबेलै व्यावसायिक प्याराग्लाइडर्स जस्तै आकासमा उडुँउडुँ लाग्थ्यो। तर उमेरले छेक्यो उनलाई। 'अरु प्लाराग्लाइडर्स जस्तै आकासमा उड्न मन लाग्थ्यो,' युकेश भन्छन्, 'एकदिन व्यावसायिक पाइलट जसरी पनि बन्छु भनेर कल्पनामै रमाउँथे।' त्यसैले उनले केहि वर्ष हेरे, सिके र कुरे पनि।

बुवा व्यावसायिक पाइलट भएकाले उनलाई सिक्न समस्या भएन। उनले ११ वर्षको उमेरमै प्याराग्लाइडिङ उठाउन थाले। 'उठाउन सक्छु भन्ने थियो। सुरुमा त डर लाग्यो। आकासमा उड्न थालेपछि रमाइलो लाग्दै गयो,' ७ वर्षअघिको पहिलो उडानबारे युकेशले सम्झिए।

Ncell 2
Ncell 2
nimb
nimb

युकेशले पहिलो पटक प्याराग्लाइडिङ उडाएको दिन बुवा भूपाल भने काठमाडौंमा थिए। उनलाई युकेशप्रति विश्वास थियो। तर आफ्नै छोरा भएकाले उनमा कताकता डर पनि थियो। 'म काठमाडौंमा थिएँ। मन भने पोखरामा। छोराले पहिलोपटक प्याराग्याइडिङ उडाउँदैछ भन्दा डर लाग्दो रहेछ,' भूपाल भन्छन्, 'तर उसले राम्रो उडाउँछ भन्ने आत्मविश्वास भने थियो। किनकी समूहमा राम्रो उडाउनसक्ने उसकाे क्षमताकाे म जानकार थिएँ।'

पहिलोपटक प्लाराग्लाइडिङ उडाएपछि उनी बिस्तारै त्यसतर्फ आकर्षित हुन थाले। दिनरात प्लाराग्लाडिङकै सपना देख्न थाले। त्यहीबेला उनी 'क्रस कन्ट्री साइक्लिङ' पनि गर्थे। प्याराग्लाइडिङ र साइक्लिङका प्रतियोगितामा भाग लिन्थे।

सन् २०१३ को डिसेम्बरमा उनले प्याराग्लाडिङको अाधिकारिक कोर्ष गरे। त्यसपछि उनी प्याराग्लाइडिङकै लागि दिलोज्यान दिन थाले। स्वदेशमा भएका प्रतियोगिताहरुमा भाग लिन थाले।

सन् २०१४ पछि त उनी पोखराका 'फुच्चे प्याराग्याइडर्स'को रुपमा चिनिन थाले। पोखरामा भएका प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनको प्याराग्लाइडिङको विश्व पाइलट वरीयतामा पनि सुधार आउँदै गयाे। जसले गर्दा सन् २०१५ मा भारतमा भएको प्याराग्लाइडिङ विश्वकपमा नेपालको तर्फबाट भाग लिने अवसर पाए। यही प्रतियोगिताले उनलाई प्याराग्लाइडिङ खेलाडीको रुपमा स्थापित गराइदियो।

१५ वर्षको उमेरमा विश्वकपमा भाग लिएका युकेशले पछिल्लो ३ वर्षमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन्। यसबीचमा उनले अाफूलाई सिंगलबाट टेण्डम (दुई जना राखेर उडाउने) उडान भर्नसक्ने बनाइसकेका छन्।

उनीसहितको नेपाली टिमले गत वर्ष इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान हात पारेको थियो। लगत्तै चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भएको थियो।

त्यसलै पनि यसपटकको एसियाडमा नेपालले ऐतिहासिक पदक जित्ने युकेशको विश्वास छ। 'हाम्रो ग्राउन्ड ह्यान्डलिङ र एक्युरेसी एकदमै राम्रो छ। अन्य पक्ष पनि सुधार गरिरहेका छौं,' उनी भन्छन्, 'इन्डोनेसियामा यसअघि पनि खेलिरहेकाले आत्मविश्वास बढेकाे छ।'

युकेशसँगै एसियाडमा विमल अधिकारी (टिम कप्तान), विशाल थापा, सुशील गुरुङ र विजय गौतम छन्। नेपालका तर्फबाट त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङले पनि प्रतिस्पर्धा गर्नेछन्। नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष दुवै इभेन्टमा छुट्टा–छुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

'एसियाडका लागि राम्रो तयारी गरेका छौं। टिममा रहनु भएका सिनियर दाईहरुको मिहिनेतले यसपटक हामीले पदक जित्ने लक्ष्य बनाएका छौं,' एसियाडका लागि इन्डोनेसिया प्रस्थान गर्नुअघि नेपाल लाइभसँग उनले आफ्नो लक्ष्य सुनाए। 

यसपटक नेपालले टिम क्रस कन्ट्रीमा पदक जित्ने प्रवल सम्भावना रहेको उनले दाबी गरे। 'हाम्रो टिम क्रस कन्ट्रीमा राम्रो भइरहेको छ। यसमा फोकस भएर प्रशिक्षण पनि गरेका छौं, एक साता इन्डोनेसियाको वातावरणमा भिज्न पाउँदा थप सहज हुन्छ' उनले प्रस्ट्याए।

एसियाडमा पदक जित्नु नेपालका लागि कठिन विषय हो। १६ वर्षे युकेश भने पदक हात पार्नेमा आत्मविश्वासी मात्र होइन उत्साहितसमेत छन्। 

 एसियाडको प्याराग्लाइडिङमा १९ देशका खेलाडी प्रतिस्पर्धा गर्दैछन्। इन्डोनेसियाको वेस्ट जाभामा हुने प्रतिस्पर्धामा पदक जित्ने १६ वर्षे युकेशमा मात्र होइन सिंगो नेपाली खेलकुदको अपेक्षा छ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्