Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अनि फुकेको खरानी घसेर लड्न हिँडिन् कमाण्डर!

64x64
गोविन्द देवकोटा शनिबार, पुस ९, २०७९  १०:५०
1140x725

काठमाडौं– देशैभर चुनावी माहोल तातिरहेको थियो। राजनीतिक दलहरु आफ्ना उम्मेदवार जिताउनका लागि रातदिन अभियानमा खटिरहेका थिए। चुनावी महासंग्रामबाट जुम्ला भिन्न हुने त कुरै भएन। झन् यसपाली देशका चर्चित क्षेत्रहरुमध्ये जुम्ला पनि थियो। भ्रष्टाचारविरुद्धको अभियान हुँदै राजनीतिमा आएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाटै प्रतिनिधि सभाका लागि उम्मेदवार थिए। 

हरेक युवाको मन–मस्तिस्कमा उनकै नाम थियो। ‘यसपाली त ज्ञानेन्द्रलाई नै जिताउने हो’ चिया पसलदेखि चोकमा भेला भएका युवाहरुको आवाज थियो। भलै चुनावका लागि म गएको थिइनँ। तर पारिवारिक कामका कारण चुनावी रौनककै बीच एक वर्षपछि म पनि घर गएको थिएँ। 

चोक र पसलमा मात्र होइन घरमा पनि हरबखत चुनावकै विषयमा कुराकानी हुन्थ्यो। परिवारमा राजनीतिले राम्रै प्रभाव पारेको थियो। आफ्नै परिवारभित्रै मत विभाजन थियो। चुनाव आउनुभन्दा करिब १५ दिन अघिको कुरा हो। बेलुका घरमा खाना खान बसिरहेका थियौं।

भोट कसलाई हाल्ने त? यो कुराले घरमा पनि चुनावी माहोल बनाएकै थियो। त्यतिकैमा भाइले भन्यो, ‘देशमा यत्रो परिवर्तन ल्याउने माओवादीलाई नै हाल्ने हो। माओवादीकै कारण त हामीले यतिको बोल्न पाएका छौं।’ भाइको कुरा भुइँमा सकिन नपाउँदै बुवाले मुस्कुराउँदै भन्नुभयो, ‘म त यसपाली हलोमा हाल्दिन्छु। जसले जिते पनि हामीलाई हुने केही हैन।’ बुबा जन्मेदेखि नै कांग्रेसका समर्थक। अझ भन्नुपर्दा पूरै सन्तान नै कांग्रेसका समर्थक। तर, बुबाको त्यो आक्रोशले प्रष्ट थाह हुन्थ्यो, ‘पटक–पटक भोट हालेर चुनाइएका प्रतिनिधिले सुधारका कुनै काम गर्न सकेनन्। पार्टी भलै जे सुकै होस् पात्र फेर्नुपर्छ।’

माओवादीलाई त! बुवाको आश्चर्यजनक प्रश्न थियो। जीवनमा कहिले पनि जुवातास नछोएको र रक्सी खाएको मान्छेदेखि नै कोशौं दूरी बनाउने मेरा बालाई माओवादीले गाउँकै जुवारी र जड्याहको पगरी गुथाएर कारबाही गर्नुपर्छ भन्दै धम्की दिएका थिए। अहिले जे जसो भए पनि द्वन्द्व कालमा आफूमाथि लगाइएको उक्त आरोपको झोँक अझै मरेको थिएन।

वातावरण अलिक चर्को बन्न थालेपछि मैले कुरो मोडिहालेँ। ‘बुवा त्यो बेला तपाईंको टुप्पी त काटेनछन् त?’ जिस्क्याउँदै सोधेको प्रश्नमा बुवाले मलिन अनुहार लाउँदै भन्नुभयो, ‘काट्ने त भनेकै त हुन्। तर कसैले त्यो गर्न आँट गरेनन्।’

बुवा धामी। शरीरमा देउता चढेपछि आगोमासमेत बस्ने। हुन त मलाई पनि धामी झाँक्री र देउताप्रति खासै विश्वास लाग्दैन। तर पनि मानिआएको कुरा यसै ‘इग्नोर’ गर्न पनि त कहाँ सकिन्छ र? आखिर हुर्काइ नै त्यसै परम्परामा भएकाले अलिअलि हामीमा पनि प्रभाव परेकै छ।

केही कुरा साह्रै अन्धविश्वासी भए पनि केही कुरामा भने अध्ययन हुनुपर्ने खालका पनि छन्। त्यो संस्कृतिको सुरुवात कसरी भयो? मानिसले अदालत र प्रशासनभन्दा पनि किन देवी देउताको शरणमा जानु किन उचित ठाने, अनि शरीरमा देउता चढ्दा अविश्वसनिय कार्य कसरी गर्न सक्छन्? यी पाटोमा भने कसैले पनि सोधीखोजी गरेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

हामी सानै थिएम्। द्वन्द्वको चरम उत्कर्षमा थियो कर्णाली। सदरमुकामबाहेक गाउँमा माओवादीकै रजगज थियो। हरेक गाउँमा माओवादीका पल्टनहरु भेटिन्थे। जनताले त्यतिबेला भोजभतेर गर्न त पाउँथेनन्। देउता मान्नु त परकै कुरा हो। कति धामीका टुप्पी काटिए। कति मन्दिरका घण्टहरु उजाडेर लगिए। कतिलाई त मारियो पनि।

तर, पनि हाम्रो परिवारले आफ्नो संस्कार मान्न कहिले छाडेनन्। महावै जगन्नाथ मान्ने हामी। मूल थलो कालीकोटको डिल्लीकोटमा रहेको महावै स्थान। जहाँ गाथ पनि भनिन्छ। वर्षमा एकपटक मूल थानमा जानैपर्ने प्नचलन। द्वन्द्वकालमा आफन्त भेटघाटको बाहनामा पनि बा–आमाले देउता मान्न जान छाड्नुभएन। 

कुरो २०६१ तिरको हो। गाउँ–गाउँमा सेना प्रहरी र माओवादीबीच भिडन्त भइरहन्थ्यो। साउन पूर्णिमाका लागि देउता मान्न बा–आमा जानुभएको थियो। कुराकानीकै क्रममा देउता मानेर फर्किँदा माओवादीसँग भएको घटना बताउन थाल्नुभयो बुवाले।

″फर्किँदा बास बस्न नाग्म आइपुग्यौं। बाटोमा भेटिएका सबै माओवादीलाई आफन्त बिरामी परेकाले भेट्न आएका भन्यौं। शंका माने पनि हामी बुढाबुढी भएकाले उनीहरुले धेरै वास्ता त गरेनन्। बेलुकापख खाना खाइसकेर सुत्ने तयारी गर्दै गर्दा हर्स्याङ फर्स्याङ गर्दै एक हुल माओवादीहरु आए। चार जना युवाले स्टेचरमा एउटी महिलालाई बोकेका थिए। हामी बसेकै होटलमा ल्याए। अरु बाहिर सेना आउँछन् कि भनेर पहेदार बसे। 

Xtrem

Xtrem

हामी आफ्नै धुनमा थियौं। ती युवती बिरामी भएकी रहिछिन्। भुइँमा राखेर युवतीको उपचार गर्न थाले। डाक्टर थिएनन्। ‘एक्कासी के भयो भयो। अहिले डक्टर पनि छैनन्। टाढा लैजाम भने दुश्मनले भेटिहाल्छ’, उनीहरुमध्ये एउटाले भन्यो। युवती पेट दुखेर छट्पटाइरहेकी थिइन्। 

उनको छटपटाहट देखिसक्नु थिएन। दुई जना ढाडमा टेकेर बुटले थिच्दै थिए। एउटाले पानी पिलाउँदै थिइन्। उनको अवस्था देखेर म मौन रहन सकिनँ। ‘किन यसरी थिचेको। नानी यति धेरै बिरामी छिन्। चिसोले हो कि अस्पताल लगे हुन्थ्यो।’

त्यसमध्ये एउटाले भन्यो। हामीलाई अरु उपचार गर्न आउँदैन बाजे। अस्पताल कसरी लैजानु। दुश्मनले भेटिहाल्छ नि। के गर्नु? त्यी भीडबाट एउटाले भन्यो, ‘ओहो बाजे त धामी हैन र?  हो भनम भने उतिबेला धामीलाई कारबाही गर्थे। ‘होइन नि!’ मैले भनेँ। तर उसले मलाई चिनेको रहेछ। बर्खामा हामी गाइ वस्तु लिएर लेकमा बसेका थियौं। केही दिनअघि लेकमा उही युवक आएको थियो। हामीले लेकमा खाना खुवाएर पठाएका थियौं। त्यहाँ उसले हाम्रो बारेमा सोधीखोजी गरेको थियो। उसले लेकको कुराकानीबारे सम्झायो। मनमा त्रास थियो। तर मैले टार्न खोजेँ। तिमीहरु धामी झाक्रीका लठा(टुप्टी) काट्छौं, थान भत्काउँछौं। अनि धामीले हेराएर बिरामी के निको हुने हुन् र? 

‘विश्वास भनौं या अन्धविश्वास जे भए पनि हामीसँग अर्को विकल्प छैन। जे जसो हुन्छ एकछिन विचार गरिदिनुपर्योभ। यति राति अरु केही उपाय नै छैन। हजुरलाई हामी केही गर्दैनम्’, उसले अनुरोध गर्यो । ती युवतीको अवस्था देख्न नसकेर जे जसो भए पनि मन शान्त पार्नका लागि केही भन्दिनुपर्यो । अनि अस्पताल लैजान सुझाव दिन्छु भनेर उनको नाडी छामेँ। 

नाडी छामिसकेपछि उनीहरुलाई थोरै अक्षता र खरानी ल्याउन भनेँ। उनीहरुले तत्कालै अक्षता खोजेर ल्याए। चुल्होमै भएको खरानी मिसाएर उनको निधारमा लगाइँदिएँ। अनि अक्षता पूर्वी दिशातिर छर्किन भनेँ। उनीहरुले सोही अनुसार गरे। ‘चिसोले भएको होला। अहिले पनि धामीझाँक्री मानेर हुन्छ? हामी त परम्परा धान्ने मात्रै हो। तर नानीलाई अस्पताल लैजानु’ मैले भनेँ। तर अकस्मात मैले उनीहरुले दिउँसो कार्यक्रम राखेको स्थान नजिकै मन्दिर रहेको र त्यहाँ मन्दिरको एउटा फलियो(थानको छत छाउने काठको पलियो) फालेकाले समातेको भनेँ। ‘हो बाजे त्यो चाहिँ पक्कै हो। मैले भनेकै हुँ अनावश्यक कुरामा दखल नराख्न भनेर। तर कमाण्डले हाम्रो भनेको कहाँ मान्छन् र? 

सायद आगोको छेउमा बसेर पनि होला ती कमाण्डर नानी विस्तारै निको हुँदै गइन्। बाजे एकपटक फेरि खरानी निधारमा लगाइदिनुपर्‍यो भनेर अनुरोध गरे। कुन्नि के कारणले हो तर निको हुँदै जानुको श्रेय भने उनले फुकेको खरानीलाई नै दिइन्। मैले पनि उनीहरुको मन शान्ति गर्नकै लागि भए पनि फुकेर खरानी लगाइँदिएँ। अनि फुकेको खरानी लगाएर आफ्नो टोलीसँगै लडाइँका लागि गन्तव्यतिर लागिन् कमाण्डर नानी।″

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्