• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ठमेलका दुःख

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ०९:२०
1140x725

काठमाडौं– उपत्यकाभित्र सबैभन्दा बढी चहलपहल र तामझाम थेग्दै आइरहेको पर्यटकीय क्षेत्र ठमेल हिजोआज पुग्नुभएको छ? छ भने त यसको आलो दुःखको साक्षी स्वयं आफैं बनिहाल्नुहुन्छ । छैन भने झरीमा हिलो र घाममा घुलो झेलिरहेको ठमेल सम्झनुहोला । दर्जनौं, होटल, रेष्टुराँ, क्युरियो पसल, ट्राभल एण्ड टुर एजेन्सी, डिस्को र स्पा रहेको ठमेलका ओसिला गल्लिहरु जव पानी पर्छ हिलाम्मे हुन्छन् । बलेनी छल्दै पर्यटकहरुका पाइतालाले हिलो घिसारिरहेको दृष्य सामान्य लाग्छ । 

‘सडक छेउको बनौट नै यस्तो छ, पानीको निकास छैन’ मध्य ठमेलका रेष्टुराँ व्यवसायी विकासकुमार जोशीले सुनाए, ‘ठमेलका दुख देखेर पर्यटकहरु पनि आश्चर्य व्यक्त गर्छन्।’   

ठमेलका प्रमुख चोक तथा गल्लीमा यत्रतत्र खाल्डा छन् । ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । समस्या समाधानका लागि स्थानीयवासीले पटक/पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन। ‘पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्या नहोस् भन्ने हो’ सरोकारावाला निकायलाई व्यवसायी जोशीको सुझाव छ , ‘सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिरहेको बेला ठमेलको यस्तो हालत सुधारियोस्।’ 

गतवर्ष मात्र ठमेलमा रोचक र व्यङ्ग्यपूर्ण दृष्य देखिएको थियो, स्थानीयले सडकमै धान रोपेको। सरकारले ठमेल क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको कारण यात्रुहरुलाई केही सहज त भएको छ, तर झरीमा हिलो र घाममा धुलोबाट मुक्ति भने मिलेको छैन। क्वाबहालदेखि नर्सिङचोक, अमृत क्याम्पसदेखि ज्याठा मार्ग, सञ्चयकोष भवन अगाडि सडक कालोपत्र नहुँदा तथा सडकमा पानी जम्दा सबैलाई हैरानी भइरहेको छ।

स्थानीय निकायको निर्वाचनपछि ठमेल क्षेत्रले जनप्रतिनिधि त पायो तर समस्याको सुनवाइ भएन। स्थानीयवासी यसैमा दिक्क छन्। ‘पर्यटकले निकै सास्ती पाएका छन्, व्यापार व्यवसाय घटेको छ, राजधानीकै मुटुमा यस्तो समस्या छ भने अन्यन्त्र कस्तो होला?’ ठमेलका व्यवसायी किरणदेव घिमिरेले गुनासो गरे, ‘जनप्रतिनिधिले पनि हाम्रा कुरा सुनेनन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

समाजसेवी विश्वम्भरलाल प्रधान राज्यको ठमेललाई हेर्ने दृष्टिकोण ठिक नभएका कारण यहाँका व्यवसायीले दुःख पाएको बताउँछन्। ‘आर्थिक विकासमा ठूलो भूमिका खेलेको ठमलेलाई कसैले पनि राम्ररी हेरेन उनले भने ‘विश्वमा नेपाललाई चिनाएको ठमेल अहिले समस्याले जकडिएको छ। यो आफ्नै दुःखमा रुमल्लिएको छ।’ 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी आयोजनाको पाइप ओछ्याउँदा खनिएका सडक मर्मत नहुँदा गल्लीमा खाल्डो पर्नुका साथै पानी जमेको बताउँछन् । ‘समग्र ठमेल क्षेत्र राम्रो छ, केही गल्ली मर्मत नहुँदा हिलोनै हिलो छ, यसको मर्मत चाँडै हुन्छ’ उनले भने । 

ठमेल क्षेत्र काठमाडौँ महानगरपालिका–१६ र २६ मा पर्छ । ठमेलका दुःखबारे सोधखोज गर्दै हामीले कामनपा –२६ का अध्यक्ष ख्यामराज तिवारीको ढोका ढकढक्यायौं। ‘पानी परेका कारण सडक मर्मत तथा कालोपत्र गर्न केही ढिलाइ भएको छ, पानी कम हुने वित्तिकै हामी पुनःनिर्माणको काम शुरु गछौँ’ अध्यक्ष तिवारीले जानकारी दिए ‘अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले रु एक करोड ९ लाख बजेट विनियोजन गरेको छ।’ 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यसैगरी, कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजालले क्षेत्रपाटीदेखि जेपी स्कुलसम्मको सडक मर्मतका लागि मेलम्ची खानेपानी आयोजनालाई जिम्मा दिइसकिएको बताए । भने, ठमेलका दुःख हरण गर्न नसक्दा हामीलाई पनि दुःख लागेको छ। अब छिटै समस्या समाधान हुन्छ। ढुक्क हुनुहोस्।’ 

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्