• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाली क्रिकेट परिवर्तनका साक्षी : 'शक्ति द पावर'

64x64
नेपाल लाइभ बुधबार, साउन २३, २०७५  ०५:५४
1140x725

काठमाडौं- २०७५ साउन १६ गते। नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको दिन। यो दिन नेपाली क्रिकेटले जुन इतिहास रच्यो, टिमका सबैभन्दा सिनियर सदस्य शक्ति गौचनका लागि झनै विशेष बन्यो। नेपाली राष्ट्रिय टिमबाट लगातार १७ वर्ष खेलेका उनी यही दिन नेपालका लागि अन्तिम आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। 

नेदरल्यान्ड्सको भिआरए मैदानमा प्रवेश गर्नुअघि उनलाई नेपाली खेलाडीले उभिएर 'गार्ड अफ अनर' दिएका थिए। सधैं हंसमुख शक्ति एकाएक भावुक बने त्यो क्षण। 'मैदान प्रवेश गर्ने बेलामा गार्ड अफ अनर दिँदा खुसी लागेको थियो,' नेपाल लाइभको स्टुडियोमा कुरा गर्दै अन्तिम खेल खेल्नुअघिको माहोल सम्झिए, 'त्यसपछि भित्री मनमा विदेशमा अन्तिम म्याच हो भन्ने लाग्यो।' 

शक्तिको यो नै नेपालका लागि अन्तिम खेल भने थिएन। किनकि उनी फ्यान र परिवारको अघि नेपालमा कुनै एक खेल खेलेर नेपाली क्रिकेटबाट बिदा लिन चाहन्छन्। 'विदेश भ्रमण हिसाबले त्यो मेरो अन्तिम खेल थियो। अब कुनै एक्जिबिसन खेल खेलर बिदा लिनु उत्तम हुन्छ,' शक्तिको इच्छा छ। 

मैदान प्रवेश गरेपछि भने आफूले संन्यासबारे बिर्सिएको उनी सुनाउँछन्। पहिलो एकदिवसीय खेल भएकाले नेपालका लागि महत्वपूर्ण खेल थियो त्यो। तर सामान्य खेलेर टिमका लागि योगदान दिन सकूँ भनेर उनी मैदानमा उत्रिए, जसरी उनले दुई कक्षामा पढ्दा लुगा पिट्ने मुंग्रो समातेर पहिलो पटक ब्याटिङ गरेका थिए।  

लुगा पिट्ने मुंग्रोले सिकायो क्रिकेट

बुबा भारतीय सेनामा भएकाले शक्तिको बाल्यकाल भारतको गोरखपुरमा बित्यो। भारतका सबै ठाउँ जस्तै गोरखपुरमा पनि क्रिकेटको क्रेज औधी थियो। उनी दुई कक्षामा पढ्दै क्रिकेटतर्फ आकर्षित भइसकेका थिए।
 
'साथीले आफ्नो ब्याट भाँचिएपछि मेरो घरको कपडा धुने मुंग्रो लिएर आइज भनेको थियो। मैले आमाले कपडा धोएर राखेको मुंग्रो बोकेर हिँडे,' शक्ति सम्झन्छन्, 'मैले पहिलो पटक मुंगो समाएर ब्याटिङ गरे।'

गोरखपुरमा त्यो बेला क्रिकेटका लागि समर क्याम्प हुन्थ्यो। दुई महिनाको बिदामा करिब डेढ महिना क्रिकेट सिकाइन्थ्यो। उनी पनि त्यो क्याम्पमा सधैं पुग्थे। एकदिन प्रशिक्षकले उनलाई माथिल्लो स्तरमा क्रिकेट खेल्न गोरखपुरभन्दा ठूला सहरमा जाने सुझाव दिए। 'उहाँ मुम्बई, कोलकाता र दिल्ली जस्ता ठूला सहर जाऊ भन्नुहुन्थ्यो,' उनी भन्छन्, 'मेरो एक जना साथी क्याम्पबाट मुम्बई गएको थियो। त्यसैले मैले मुम्बई नै जाने निर्णय गरेँ।'

Ncell 2
Ncell 2
nimb
nimb

पहिला शक्ति ओपनिङ ब्याटिङ ब्याट्सम्यानको रुपमा खेल्थे। बलिङचाहिँ 'चाइना म्यान' गर्थे। मुम्बई पुगेपछि प्रशिक्षकले उनको बलिङ औधी मन पराए। प्रशिक्षककै सल्लाह अनुसार बलिङ र ब्याटिङ परिवर्तन गरे। चाइना म्यानको सट्टा अर्थोडक्स बलिङ गर्न थाले। मिडल अर्डरको ब्याट्सम्यान रुपमा ब्याटिङ गर्न थाले। तर पनि उनी बलिङमै बढी केन्द्रित हुन्थे। 

क्रिकेटको माहोलमा भिजिरहँदा उनको औंलामा चोट लाग्यो। ६ महिनाको आराम अवधिमा थिए। फेरि चेकअप गराउँदा अर्को ६ महिना आराम गर्नुपर्ने भयो। त्यही बेला उनकी आमाको अप्रेसन गर्नुपर्योआ। एक वर्ष आराम गर्नुपर्ने सल्लाहपछि शक्तिको काँधमा आमाको हेरविचार गर्ने जिम्मा आयो। त्यसपछि उनी गोरखपुरबाट आमालाई लिए पुर्ख्यौली भैरहवा फर्किए।

नेपाल आएपछि क्रिकेटबाट टाढा हुन भने परेन। एकदिन रंगशाला पुगेका थिए। संयोगवश त्यही दिन प्रशिक्षक जंगबहादुर थापासँग भेट भयो। थापाले पहिलो भेटमै शक्तिलाई क्रिकेट खेल्न प्रस्ताव गरेका थिए। उनले यू–१७ को सेलेक्सन भाग लिन भनेपछि शक्तिको नेपाली क्रिकेट यात्रा सुरु भयो। 'हातको चोटको कारणले ब्याटिङ गर्छु तर बलिङ गर्न सक्दिनँ भन्दा गुरुले 'हुन्छ आऊ' भन्नुभयो,' उनी सम्झन्छन्। 

सुरुमै उनले जिल्लाको कप्तानी पाए। त्यसपछि क्षेत्रको कप्तानी गर्दै उनी काठमाडौं आए। काठमाडौंमा पनि राम्रो खेलपछि यू–१७ टिमको कप्तान बने। त्यसपछि उनलाई राष्ट्रिय टिममा प्रवेश गर्न गाह्रो भएन। २००१ मा राष्ट्रिय टिममा डेब्यू गरे। 

Xtrem

Xtrem

नेपाली क्रिकेटमा आएको परिवर्तन

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १८ वर्षमा एकदिवसीय टिमको मान्यता पाएको छ। तर पहिलो १४ वर्ष भने नेपाली क्रिकेट एउटै स्तरमै रुमल्लियो। प्रशिक्षणमा केन्द्रित नहुँदा सुरुवाती दिनमा सफलता हात पार्न कठिन भएको शक्तिको बुझाइ छ। किनकि २०१० अघि दुई घन्टाको मात्र प्रशिक्षण हुन्थ्यो। 

'छोटो समयको प्रशिक्षणमा एक जना ब्याट्सम्यानले १० मिनेट ब्याटिङ पाउँथ्यो। मुख्य ब्याट्सम्यानले बढी पायो भने १५ मिनेट प्रशिक्षण हुन्थ्यो। एक जनाले ३०–४० बल फाल्थे। कुनै दिन भ्यायो भने फिटनेस गर्थ्यौं,' शक्तिले अभ्यास सेसन सम्झिए, 'बढीमा साढे दुई घन्टाको सेसनपछि प्याकअप हुन्थ्यो। हामी गइहाथ्यौं।'

जब पुबुदु दासानायके २०११ मा नेपाली टिमको प्रशिक्षक भए, नेपालको प्रशिक्षणदेखि टिम सेटअपमा ब्यापक परिवर्तन भयो। 'बिहान ८ बजेदेखि सुरु गरेर साँझ ५ बजेसम्म प्रशिक्षण गर्थ्यौं। जुन हाम्रो लागि उत्तम भइदियो,' उनी भन्छन्। 

खेल्नु नै छ भने सबै कुरा त्यागेर खेलमा समर्पित हुनुपर्छ भन्ने पुबुदुले नेपाली टिमको प्रशिक्षण प्याट्रन नै परिवर्तन गरे। जसका कारण नेपाली क्रिकेटमा रिजल्ट आउन थालेको उनको अनुभव छ। शक्ति भन्छन्, 'अब नेपालले फेरि प्रशिक्षणको शैली परिवर्तन गर्ने बेला भएको छ।'

ब्याटिङबाट बलिङतिर

नेपाली राष्ट्रिय टिमबाट सुरुवातमा खेल्दा शक्ति अलराउन्डर थिए। नेपाली टिम उनको ब्याटिङ र बलिङमा भर पर्थ्यो। यद्यपि उनी भारतबाट नेपाल आउँदा बलरको रुपमा आएका थिए। तर पनि उनको ब्याटिङ नेपाली ब्याट्सम्यानकै स्तरको थियो। 
 
'छनोट र अन्तर्राष्ट्रिय खेलमा रन हानेकाले नेपाली टिमबाट ब्याटिङ गर्नुपर्ने भयो। टिमलाई ब्याट्सम्यान चाहिएकाले मैले आफ्नो जिम्मेवारी निर्वाह गरेको हुँ,' उनी भन्छन्। उनले राष्ट्रिय टिममा डेब्यू गरेको ९ वर्ष ब्याटिङ र बलिङ दुवैमा उतिकै योगदान दिए। 

२०१० पछि भने शक्तिको ब्याटिङ त्यति जमेन। टी–२० खेलहरु बढी हुन थाले। 'मेरो ब्याटिङ ५० ओभर र टेस्ट खेलका लागि अनुकूल थियो। अर्कोतर्फ एकदिवसीय खेलमा पावरप्लेमा खेल्ने बेलामा म ब्याटिङमा हुन्थे। त्यहाँ म फिट हुन सकिन,' उनको भनाइ छ, 'रणनीति बनाउनका लागि ब्याटिङमा भन्दा बलिङमा फिट हुन लागेँ।' 

क्रिकेटका सुख-दु:ख

२०१० सम्म नेपाली क्रिकेटका लागि तीन–चार ठाउँ यस्तो अवसर आयो, जहाँ राम्रो गरेको भए नेपालको स्तर अहिलेको भन्दा निकै माथि पुग्थ्यो। तर ती अवसर चुम्न नसक्दा भने शक्ति निकै दुखित हुन्थे। 'त्यो बेला त क्रिकेट नै छाडिदिऊँ जस्तो लाग्थ्यो। मेहनत गर्यौंा तर  प्रदर्शन गर्न सकेनौं भन्ने लाग्थ्यो,'  उनी भन्छन्।  

२०११ मा टी–२० छनोटमा टिममा नपरेको क्षण शक्तिका लागि करिअरको सबैभन्दा दु:खको समय थियो। तर उनले हार मानेनन्। धेरै मेहनत गरे। एक वर्षभित्रै टिममा कमब्याक गरे। 

उनका लागि टी–२० विश्वकप खेलेको क्षण सबैभन्दा खुसीको क्षण हो। 'टी–२० विश्वकपमा मा डेब्यू गरेको दिन रंगशालामा राष्ट्रिय गान बजिरहेको थियो,' उनी भावुक भए, 'त्यो सबैभन्दा अविस्मरणीय क्षण हो। त्यसलाई शब्दमा व्यक्त गर्न एकदमै गाह्रो छ।' 

हुन त कतिपय यस्ता क्षण हुन्छन्, जसलाई वर्णन होइन महसुस मात्रै गर्न सकिन्छ। शब्दहरु अपुग भएपछि त्यो भावनामा उर्लिन्छ। कतै आँखा रसाउँछ भने कतै मुटु निचोरिएर आउँछ। त्यतिबेला देशप्रेम कताकताबाट उर्लिएर आउँछ। मन ढक्क फुल्छ अनि आफ्नो देश र झन्डा आँखाअगाडि फर्फराउँछ।

शक्तिलाई यस्तै भएको थियो।

'अब त्यो क्षणको महसुस गर्न नेपालको अफिसिल वा प्रशिक्षक भएर टेस्ट खेल खेल्दा मात्र अनुभव गर्न सक्छु जस्तो लाग्छ,'  उनी भन्छन्। 

त्यही टी–२० विश्वकपमा शक्ति 'सेलिब्रेसन'का कारण पनि चर्चित बने। उनी विकेट लिएपछि बेस्सरी दौडिएका थिए। अहिले पनि त्यसैगरी खुसी मनाउने गर्छन्। 

किन यस्तो गर्छन् त उनी? 

'विकेट लिएपछि मैदान दौडनु नेचुरल कुरा हो। कहाँबाट आयोआयो थाहा छैन,' उनी भन्छन्। सन् २०११ सम्म शक्ति सामान्य तरिकाबाट खुसी बनाउथे। तर टी–२० विश्वकप छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक गरेपछि खुसी मनाउन मैदानमा दौडन सुरु गरेको उनी सम्झिन्छन्। 

'टी–२० विश्वकप छनोटमा ह्याट्रिक लिएपछि खुसी मनाउन मैदानमा भाग्न थालेँ। योजना बनाएर सोचेर होइन आफै दौडिएको हो,' सेलिब्रेसन शैलीबारे उनले प्रस्ट्याए,'  'म जुन गेम खेल्छु त्यो इन्जोय गरेर खेल्छु। खेल मेरो लागि सबै कुरा हो। त्यही आनन्द आएर होला मैले खुसी मनाउन मैदानमा दौडने गरेको।'

संन्यासको घोषणा 

नामिबियामा भएको डिभिजन–२ र जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शक्ति टिममा रहे पनि पहिलो रोजाइको पर्न सकेनन्। दुवै प्रतियोगिता उनी खेल्दै नखेली फर्किए। 'सायद टिमको योजना अनुसार पहिलो रोजाइमा पर्न नसकेको होला। मैले जहिलेसम्म खेलेँ राम्रो गर्ने भनेर खेलेँ,'  शक्ति भन्छन्, 'टिममा जुनियर खेलाडी र अलराउन्डर राम्रा आएका छन्। उनीलाई मौका दिर्ने कारण पनि हुन सक्छ।' 

हुन त उनले टिमका सिनियर खेलाडी तथा प्रशिक्षकलाई धेरै समय नखेल्ने संकेत दिइसकेका थिए। त्यसैले उनलाई परेको बेलमा उपयोग गर्ने हिसाबले टिममा राखिएको थियो। उनी पहिलो रोजाइमा नपरेको अवस्थामा मेन्टरको रुपमा काम गर्नेमा कप्तान र प्रशिक्षक स्पष्ट थिए। जिम्बावेमा शक्ति पहिलो रोजाइको टिममा नपरे पनि उनको वर्षौंदेखिको सपना भने पूरा भयो। 'एकदिवसीय मान्यता नपाएसम्म टिममा योगदान गर्ने मेरो सोचाइ थियो,' उनले भने। 

नेपालले एकदिवसीय मान्यता पाएपछि उनले संन्यास लिनेबारे सोचे। ४ महिना लामो सोचपछि उनले गत महिना संन्यासको निर्णय लिए। 'टिमले पनि एउटा सफलता हात पारेको थियो, ' संन्यासबारे शक्ति भन्छन्, 'अर्कोतर्फ मेरो परिवारिक कारण पनि हो। मेरो बुबा बित्नुभएपछि पारिवारिक जिम्मेवारी थपिए।'

नेपालले एकदिवसीय मान्यता पाएपछि उनी नेपालले राम्रो अवसर पाउने ढुक्क छन्। तर त्यो अवसर सदुपयोग नहोला भन्नेमा उत्तिकै चिन्तित पनि। 

'एकदिवसीय मान्यतापछि हामीले ठूलो प्लेटफर्म पाएका छौं। प्रतियोगिता छन् र तर विकास छैन। विकासको जिम्मा लिने मान्छे छैनन्। राम्रो गर्न सकेनौं भने फेरि पुरानै अवस्थामा फर्कन्छौं,' उनले चिन्ता छ।

संन्यासपछि पनि क्रिकेटमा लागिरहने उनको सोचाइ छ। जसका लागि उनीसँग केही योजना छन्। 'कुनै ठाँउबाट क्रिकेटको विकास गर्ने योजना बनाएको छु। मेरो अनुभव जिल्ला र क्षेत्रमा लगाउन चाहन्छु,' उनले क्रिकेटको व्यवस्थापन क्षेत्रमा आउन चाहेको संकेत गरे। 

त्यसो त उनी लामो सयमदेखि भैरहवामा प्रशिक्षण गराइरहेका छन्। आफ्नै लगानीमा स्टार क्रिकेट एकेडेमी खोलेका छन्। 'अहिलेलाई मेरो फोकस प्रशिक्षणमा छ। भविष्यमा अफिसियल पनि हुन सकिन्छ,' उनी भन्छन्।

शक्तिसँगको अन्तरंग कुराकानी भिडियोमा : 

प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ट्रम्प टीभी के हो, व्हाइट हाउसले किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस् बुधबार, असोज ७, २०८३
बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्