• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्का खेलाडी, जसले यसपल्ट छुट्टी पाए!

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, मंसिर २०, २०७९  ०६:२०
1140x725

काठमाडौं– संसदीय राजनीतिमा शक्तिको परख गर्न सक्ने नेतामध्ये पर्छन् हृदेयश त्रिपाठी। पाँचपटक सांसद जितेर पटक-पटक मन्त्री भइसकेका उनले यसपल्ट भने छुट्टी पाएका छन्। माहोल हेरर आफूलाई प्रस्तुत गर्न जान्ने उनले ‘चुनाव जित्नका लागि’ चिह्न र पार्टी पनि निरन्तर फेरिरहे।

अघिल्लोपटक एमालेको सूर्य चिह्नबाट आफूसहित केही नेता जिताएका उनी यसपल्ट जनता प्रगतिशील पार्टी, नेपाल नामक पार्टी गठन गरेर चुनाव लडे। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरीको ‘साम-दाम.का अघि उनको चतुर्‍याइँको दम चलेन। 

२०४८ पछि २०७० बाहेक सबै चुनाव जितेका उनी यसपल्ट संसद्‌मा देखिने छैनन्। उनी सुरुका ३ वटा चुनाव नेपाल सद्भावना पार्टीबाट विजयी भएका थिए। २०६४ मा तमलोपाबाट सांसद बनेका थिए। २०७० मा सोही पार्टीबाट उम्मेदवार बने पनि जित्न नसकेपछि २०७४ एमालेको सूर्य चिह्नबाट चुनाव लडे।

1611726846_hridesh-tripathi11609073998.jpg
हृदेयश त्रिपाठी

एमालेकै सहयोगमा उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बन्न सफल भए। त्यसअघि पनि उनी पटक-पटक मन्त्री भइसकेका छन्। संसदीय समितिहरुको नेतृत्व समेत उनले नेतृत्व गरिसकेका छन्। 

झलनाथ खनाल- चुनाव हार्ने एक्ला पूर्व प्रधानमन्त्री  
नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनाल यसपल्ट चुनाव हार्ने एक्ला पूर्वप्रधानमन्त्री बनेका छन्। संसद्‌मा यसपल्ट नदेखिने दुई पूर्वप्रधानमन्त्रीमध्ये एक बनेका छन् खनाल। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उम्मेदवार नै बनेनन्। 

1645955647_Jhalanath_Khanal_Parliament.png
झलनाथ खनाल

खनालले इलाम १ बाट आफ्नै पूर्व कार्यकर्ता नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुनुपरेको हो। २०४८ सालदेखि निरन्तर उम्मेदवार रहेका उनी दोस्रोपल्ट पराजित भएका हुन्। यसअघि २०५६ सालमा उनले पराजय बेहोर्नुपरेको थियो।

२०६६ सालमा बुटवलमा सम्पन्न ८औं महाधिवेशनबाट उनी नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका थिए। २०६७ सालमा ६ महिनाका लागि उनी प्रधानमन्त्री समेत बनेका थिए। खनाल त्यसअघि कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरणमन्त्री, २०५३ सालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। 

गच्छदारको अपराजित यात्रामा ब्रेक
विजय कुमार गच्छ्दारले पार्टी फेरिरहे, तर २०४८ सालदेखि सुनसरी- ३ का जनताले नेता फेरेनन्। २०४८ देखि २०७४ सम्म निरन्तर निर्वाचन जितेर रेकर्ड बनाउने मध्येका एक गच्छदार हुन्। यसपल्ट रेकर्ड तोडिएको छ।  

nimb
nimb
Ncell 2
Ncell 2
1615346807_Bijaya-Kumar-Gachhadar.jpg
विजय कुमार गच्छ्दार

यसअघि दुईपल्ट उनीसँगै पराजित पराजित नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले तेस्रो प्रयासमा गच्छदारको संसदीय यात्रामा ब्रेक लगाइ दिएकी हुन्। गच्छदार ६ पटक सांसद बनेका छन् भने १३ पटक मन्त्री बनेका छन्।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएपछि उनको राजनीतिक रापतापमा ग्रहण लाग्न सुरु भएको थियो। नेपाली कांग्रेसको उपसभापतिमा पराजित उनी सांसद पनि बन्न पाएनन्। 

चुनाव हार्ने दुई अध्यक्षहरु  
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राजनीतिका ‘चतुर खेलाडी’मध्ये एक हुन्। राजाको पालामा गृहमन्त्री भएर जनआन्दोलन दबाउन भूमिका खेलेका उनी जनआन्दोलनकै बलमा आएको गणतन्त्रमा उपप्रधानमन्त्री समेत बने।

सत्ता र शक्तिका खेलाडी उनलाई राप्रपा र राप्रपा नेपाल एकीकृत भइ बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न राजेन्द्र लिङ्देनले रोकिदिए। अध्यक्षमा हार व्यहोर्ने बित्तिकै राप्रपा नेपाल नामको पार्टीलाई ब्युँताएका उनलाई संसदीय यात्रामा समेत त्यही पार्टीका नेता दीपक सिंहले रोके। 

1638445098_Kamal-Thapa.jpg
कमल थापा

एमालेको सूर्य चिह्न लिएर मकवानपुर १ बाट चुनावी प्रतिस्पर्धामा रहेका थापा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना भन्दा पनि पछि परे।

थापा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०५२ देखि ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री, लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा ०५३ देखि ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री बनेका छन्।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा ०५४ देखि परराष्ट्र र कृषिमन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा ०५४ देखि०५५ सम्म परराष्ट्रमन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा ०६० देखि०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री समेत भएका थिए।

उनी राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा ०७२ देखि ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ०७३ देखि उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०७४ मा उपप्रधानमन्त्री भएका थिए। 

पार्टीको सर्वोच्च पदमा रहेर चुनाव हार्ने अर्का नेता हुन् उपेन्द्र यादव। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव २०४८ सालदेखि राजनीतिमा सक्रिय छन्। सुरुमा उनी नेककपा एमालेबाट चुनाव लडेका थिए। २०५६ सालमा एमाले सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्वमा रहे। २०५६ सालमा एमाले परित्याग गर्दै २०६३ सालमा मधेस जनअधिकार फोरम नेपाल नामक पार्टी गठन गरे। त्यपछि एमालेबाट बाहिरिएका अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन गरे। 

Upendra_Yadav1669435745.jpg
उपेन्द्र यादव

संसदीय यात्रा भने संविधान सभा निर्वाचन २०६४ सालमा सुनसरी ५ बाट निर्वाचित भएसँगै सुरु भयो। संविधान सभा निर्वाचन २०७० मा सुनसरी ५ बाट निर्वाचित हुँदै प्रतिनिधि सभा निर्वाचन २०७४ मा सप्तरी २ बाट निर्वाचित भएका थिए। यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री, कानुन तथा संसदीय मामिला मन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री र परराष्ट्रमन्त्री समेत भइसकेका छन्। 

उनी यसपटक जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भए। 

पार्टीमा प्रभावशाली, संसद्‌मा रोकिए
ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल उपप्रधानमन्त्री समेत भइसकेका छन्। पोखरेल २०६१ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, २०६९ मा १३ दिनका लागि उपप्रधानमन्त्री, २०७४ मा उपप्रधानमन्त्रीसहित रक्षामन्त्री (पछि जिम्मेवारी परिवर्तन भएर प्रधानमन्त्री कार्यालय) बनेका थिए।

1656321419_ishor pokhrel.jpg
ईश्वर पोखरेल

२०५४ मा राष्ट्रिय सभा सदस्य बनेका उनी २०५६ मा काठमाडौं- ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०६४ र २०७० को निर्वाचनमा उनी काठमाडौं- ५ बाट पराजित भएका थिए।

पोखरेल एमालेको दुई कार्यकाल महासचिव बनेका छन्‍। २०२४ देखि राजनीतिक जीवन सुरु गरेका उनी २०३५ सालमा गठित नेकपा मालेको संस्थापक सदस्य पनि हुन्।

गिरिराजमणि पोखरेल
नेकपा माओवादी केन्द्रको उपमहासचिव गिरिराजमणि पोखरेलले २०६४ पछि लगातार तीनपल्ट चुनाव जितेका थिए। तर यसपल्ट उनको संसद्‌ यात्रामा एमालेका लक्ष्मी महतोले पूर्णविराम लगाइदिए।

1592539701.jpg
गिरिराजमणि पोखरेल​​​​

उनले २०३२ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका थिए। उनी २०४६ मा वाममोर्चाको पनि केन्द्रीय सदस्य भएका थिए। त्यस्तै, २०५९ मा जनमोर्चाको सचिवालय सदस्य भएका उनी २०६३ मा उक्त पार्टीका उपाध्यक्ष भएका थिए। 

माओवादी र जनमोर्चाबीच एकता भइ एकीकृत नेकपा माओवादी गठन भएपछि सोही पार्टीको विभिन्न भूमिकामा रहे। उनी २०६४, २०७० र २०७४ को निर्वाचनमा महोत्तरी- १ बाट निर्वाचित भएका थिए। उनी २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री भएका छन्। त्यस्तै, २०७४ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका छन्।

मातृका यादव
नेकपा माओवादी केन्द्रका नेता मातृका यादव अन्तरिम व्यवस्थापिका संसद हुँदै संविधान सभा सदस्य निर्वाचन २०६४मा माओवादीका तर्फबाट समानुपातिक सभासद भएका थिए। उनी प्रतिनिधि सभा सदस्यमा २०७४ मा धनुषा १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। 

1640165112_matrika-yadav-maobadi1.jpg
मातृका यादव

१० वर्षसम्म भूमिगत भई राजनीतिक आन्दोलनमा होमिएका यादव २०६३ सालमा अन्तरिम सरकारको मन्त्री र २०७४ देखि ०७६ सम्म उद्योगमन्त्री बनेका थिए। 

माओवादी केन्द्रमा प्रभावशाली नेताका रुपमा रहेका यादव यसपटकको आम निर्वाचनमा भने जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भएका छन्।  

राजेन्द्र महत्तो 
मधेस प्रदेशका प्रभावशाली नेताका रुपमा चिनिएका राजेन्द्र महतो यसपटक प्रतिनिधि सभा सदस्यमा पराजित हुन पुगे। महतो रौतहट २ मा माओवादी केन्द्रका महेन्द्र राय यादवसँग पराजित भएका हुन्। महतो २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्दै धनुषा ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। 

1616765653_Rajendra-Mahato (3).jpg
राजेन्द्र महतो

२०५६ सालमा प्रतिनिधि सभा सदस्य सर्लाही २ तथा अन्तरिम व्यवस्थापिका सदस्यमा निर्वाचित भएका थिए। उनी २०६४ सालमा सर्लाही १ बाट निर्वाचित भएका थिए। महतो उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री, स्वास्थ्यमन्त्री  समेत बनेका थिए। 

राजेन्द्र महतो २०५१ सालमा उच्च स्तरिय नागरिकता आयोगको सदस्य समेत बनेका थिए। संसदमा रजगज गर्दै आएका उनको यस पटक संसदीय यात्रामा ब्रेक लागेको छ।

विरोध खतिवडा 
एकिकृत समाजवादी सचिव समेत हुन् विरोध खतिवडा। गठबन्धनबाट उम्मेदवार रहेका खतिवडा मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार महेश बर्तौलासँग पराजित भए। 

1633700321_Birodh-Khatiwada.jpg
विरोध खतिवडा

२०४८, २०५१, २०५६ र २०७४ गरी चारपटक सांसद भएका खतिवडा तत्कालिन नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत बनेका थिए। 

प्रदीप ज्ञवाली 
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संसद्‌यात्रा २०५६ सालबाट सुरु भएको हो। गुल्मी- २ बाट जितेका उनिले २०६४ सालमा पनि त्यहीँबाट जिते। त्यसपछि २०७० सालमा संविधान सभा सदस्यमा पराजित भए। २०७४ सालमा गुल्मी १ बाट प्रतिनिधि सभा निर्वाचित भएका ज्ञवाली यसपटक नेपाली कांग्रेस उम्मेदवार चन्द्र भण्डारीसँग पराजित हुन पुगे। 

1629705797_Pradeep_Gyawali.jpg
प्रदीप ज्ञवाली

नेकपा माओवादीसँग भएको सरकारी वार्ता टोलीको सदस्यका साथै शान्ति प्रक्रियामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका ज्ञवाली परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत बनिसकेका छन्। एमाले भित्र राम्रो प्रभाव रहेका ज्ञवाली कांग्रेसका भण्डारीसँग पराजित भएसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको छ। 

बालकृष्ण खाण
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका बालकृष्ण खाण २०४८ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। संविधान सभा सदस्य २०६४ र ०७० मा रुपन्देही ३ बाट निर्वाचित भएका खाण संविधान निर्माणका क्रममा विभिन्न समितिमा बसेर काम गरेका थिए। २०७४ सालमा कांग्रेसबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका खाणले यस पटक हार ब्यहोर्नुपर्‍यो। 

Balkrishna-Khand1669900481.jpg
बालकृष्ण खाण

गृहमन्त्री समेत रहेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग पराजित भएका हुन्। उनले यसअघि शिक्षा तथा खेलकुद राज्यमन्त्री, सिँचाइमन्त्री, रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएक... आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा विवरणमा ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड मूल्यको अर्को घर, काभ्रेको धुलिखेलमा पनि उनको नाममा ३ करोड ७५ लाखको अपार... आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्... आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्