काठमाडौं– विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्।
सुनसरी घर भएका फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो।
उनले वैदेशिक रोजगारीमा जाने कामदारलाइ प्रयोग गरी सुन तस्करी गरेका थिए। उनीबाट सुनका ७ वटा चुरा र ५ वटा बेरुवा औंठी बरामद गरेको छ। ४ सय ५७ ग्राम बराबरको बरामद सुनका मूल्य २१ लाख ९४ हजार रुपैयाँ छ।
पक्राउ परेका आलमलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।