• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न ५० हजार मत आवश्यक

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, मंसिर १३, २०७९  १५:२५
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादी समानुपातिकमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ।  ९८ लाख ५ हजार ९ सय ३२ मत गणना भइसक्दा एकीकृत समाजवादीले २ लाख ७६ हजार ८९१ मत पुर्‍याएको छ। अहिलेकै अनुपात हेर्ने हो भने तीन प्रतिशतका लागि अझै करिब ०.१७ प्रतिशत मत अपुग छ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ। यसअनुसार जम्मा मत १ करोड ९ लाख हाराहारी खसेको देखिन्छ। ११ लाख मत गन्न बाँकी छ। जुन समग्रको ९ प्रतिशत हुन आउँछ।  

अब गणना हुन बाँकी मतमा ५० हजार हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ। यही अनुपातमा मत ल्याउने हो भने उक्त मत पाउने सम्भावना कमजोर देखिन्छ। राष्ट्रिय पार्टी बन्नका लागि कम्तिमा ३ प्रतिशत पुर्‍याउनुपर्छ। त्यति मत पुग्दा मात्रै समानुपातिकमा सिट पाउने हुन्छ।

अहिलेकै अवस्‍थामा एमाले ३५ वा ३४, कांग्रेस ३३ वा ३२ सम्म,  राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रले बढीमा १५,  राष्ट्रिय प्रजातन्त्र पार्टीले बढीमा ८ र कम्तिमा ६,  जनता समाजवादी पार्टी ५ र जनमत पार्टीले ४ सिट पाउने देखिन्छ।  

यदि गणना बाँकी मतमा एकीकृत समाजवादीले त्यही अनुपातमा मत ल्याउँदै अहिलेको ०.१७ प्रतिशत अपुग पूर्ति गर्‍यो भने उसले ४ सिट पाउनेछ। अन्यको अनुपात घट्नेछ।

एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने सम्भावना भने कमजोर देखिन्छ। उक्त पार्टीले प्रत्यक्ष चुनाव जितेका १० क्षेत्रको समानुपातिक मत पनि लगभग गणना भइसकेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। 

प्रत्यक्ष जितेकै ठाउँमा समानुपातिकमा कम
प्रत्यक्षतर्फ तीन सिट जितेको सुदूरपश्चिमका कुनै जिल्लामा पनि समानुपातिक मत १० हजार कट्न सककेको छैन।

सत्तारुढ गठबन्धन दल घटकको रुपमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशबाट ३ जना उम्मेदवारहरुले प्रतिनिधि सभामा निर्वाचित भएका छन्। अछाम-२ बाट शेरबहादुर कुँवर, डोटीबाट प्रेम आले र बझाङबाट भानुभक्त जोशी निर्वाचित भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

डोटीमा एमाले र कांग्रेसले २२ हजार भन्दा बढी मत ल्याउँदा एकीकृत समाजवादीले बल्ल २ हजार कटाएको छ।

अर्को जितेको अछाममा एमालेले २८ हजार ल्याउँदा एकीकृत समाजवादीको जम्मा ४ हजार छ भने बझाङमा पनि त्यही अनुपातमा छ। 

अध्यक्ष माधव नेपालले चुनाव जितेको रौतहट जिल्लाको समानुपातिक मत गणना लगभग अन्तिममा पुगेको छ। जहाँ कांग्रेसले ६५ हजार कटाउँदा एकीकृत समाजवादीको ३२ हजार ७०० मात्रै छ।

कर्णालीमा पनि तीन सिट जितेको छ तर जितेकै जिल्लामा पनि समानुपातिक मत बढीमा ५ हजारका दरले आएको देखिन्छ। दैलेख निर्वाचन क्षेत्र १ बाट अम्मरबहादुर थापा,  सल्यानबाट  प्रकाश ज्वाला र  डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका छन्। बुढाले निर्वाचन जितेको डोल्पामा समानुपातिक मतमा एकीकृत समाजवादी चौंथो नम्बरमा छ। अन्यको ६ हजार आउँदा एकीकृत समाजवादीको जम्मा १८ सय मत आएको छ।

लुम्बिनीको दाङ- १ बाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी विजयी भएका छन्। तर,  दाङ जिल्लाभरीबाट समानुपातिकमा ४ हजार ६ सय ९१ मत प्राप्त भएको छ। बागमती प्रदेशको धादिङ–१ बाट राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। समानुपातिकमा भने ८ हजार भन्दा केही बढी मत आएको छ। कृष्णकुमार श्रेष्ठले जितेको बारा जिल्लाकै मत पनि १० हजार पुगेको छैन। 

उम्मेदवारले जितेकै क्षेत्रमा समानुपातिकमा कमजोर आएकाले बाँकी जिल्लाबाट आउने सम्भावना कमजोर छ। मत गणना नै सुरु नभएका तीन जिल्ला छन्, बाजुरा, दोलखा, स्याङ्जा- २। यी तीनै जिल्लामा एकीकृत समाजवादीको प्रभाव कमजोर छ। यसले गर्दा पनि राष्ट्रिय पार्टी बन्न सम्भावना कमजोर बन्दै गइरहेको छ। 

प्रदेशमा पनि कमजोर
प्रदेशको प्रत्यक्षमा गण्डकी र लुम्बिनीमा शून्य नै भएको छ। अन्यमा पनि उत्साहजनक उपस्थिति छैन। समानुपातिक मत केलाउँदा पनि सबैभन्दा बढी कर्णालीमा ६ दशमलव २० प्रतिशत मत पाएको छ। 

त्यसपछि मधेश प्रदेशमा ५ दशमलव ४०,  बागमतीमा ३ दशमलव १, लुम्बिनीमा २ दशमलव २५, सुदूरपश्चिममा ५ दशमलव १४ र गण्डकीमा १ दशमवल ५९ प्रतिशत समानुपातिक मत एकीकृत समाजवादीले पाएको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना शनिबार, जेठ ३०, २०८३
क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्