काठमाडौं– हाडीगाउँस्थित गाडीको ग्यारेजमा आगलागी भएको छ। गाडीको कम्प्रेसनमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा पूराना गाडी तथा पाटपूर्जाहरु चलेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदिप चन्दका अनुसार आगलागीमा कुनै मानवीय क्षती भएको छैन। दमकलका सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।