धनुषा– ट्युवेल पानीको बिषयलाई लिएर झगडा हुँदा धनुषामा एक व्यक्तिको हत्या भएको छ। जनकपुर उपमहानगरपालिका–१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको हत्या भएको हो। घटनामा उनका छोरा सोगारथ घाइते भएका छन्।
स्थानीय ५० वर्षिय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवले उनीहरुलाई छुरा हानेका हुन्। दुवै जनालाई पक्राउ गरिएको धनुषाका एसपी गोविन्द थपलियाले बताए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामबृक्षको उपचारको क्रममा अंचल अस्पताल जनकपुरमा मृत्यु भएको हो । राम सोगारथको सोही अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।