काठमाडौं– बहुमूल्य पत्थर रुबीको अवैध कारोबारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले करिब २ किलो रुबीसहित ललितपुर थसिखेल घर भएका ४८ वर्षिय दिपक सिजापतीलाई पक्राउ गरेको हो।
वृत्तका प्रहरी निरीक्षक उज्जवल सिहको कमाण्डमा खटिएको प्रहरीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो। पक्राउ परेका सिजापतीमाथि थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
यसअघि दरबारमार्ग प्रहरीले रुबीको कारोबारमा संलग्न दुई समूहलाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।