काठमाडौं– चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–० गोलले पराजित गरेको हो।
सिटीको जितमा सर्जियो अग्युरोले दुवै गोल गरे। उनले खेलको १३ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। उनले ५८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–० गोलले अघि बढेको थियो। अग्युरोले सिटीका लागि २ सय गोल पूरा गरेका छन्। उनी सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
सिटीले २०१२ मा पनि शिल्डको उपाधि जितेको थियो। सिटीले त्यतिबेलमा पनि चेल्सीलाई ३–२ गोलले पराजित गरेको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।