बागलुङ– अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ। काठेखोला गाउँपालिका–१, पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ।
सडक अवरुद्ध बनेपछि पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन्।
बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ। दिउँसोसम्म सडक सञ्चालन हुने अक्षेते प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिए। ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ।,’ उनले भने, ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।