जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन्।
सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ।
घरभित्र मानिस रहेको अनुमान गरिएको छ। घटनास्थलमा उद्दार कार्य जारी रहेकोले विस्तृत विवरण अाउन बाँकी रहेकाे प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।