• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

स्तन क्यान्सरका १० कारण, ७ लक्षण

64x64
नेपाल लाइभ आइतबार, साउन २०, २०७५  ००:०५
1140x725

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। 

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ। 

क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन् । त्यसलाई शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन सक्छन्।
स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ।

महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ  

स्तन क्यान्सरका लक्षण

नदुख्ने गाँठो आएमा, 

स्तनको मुन्टाबाट रगत बगेमा,

स्तनको मुन्टा भित्र जान थालेमा,

Ncell 2
Ncell 2
nimb
nimb

छालामा निको नहुने घाउ आएमा,

काखीमा गाँठागुँठी आएमा,

स्तनको रङ परिवर्तन हुन थालेमा । आदि ।

स्तन क्यान्सरको परीक्षण

स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । स्तन क्यान्सर भए÷नभएको नियमित रूपमा आफैँले परीक्षण गर्न सकिन्छ भने चिकित्सकबाट पनि परीक्षण गराउन सकिन्छ । त्यसैगरी, ४० वर्षमाथिका महिलाले वर्षमा एकपटक स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्नुपर्छ जसले गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउँछ । 
४० वर्षभन्दा कम उमेरका महिलाले स्तन क्यान्सरसँग सम्बन्धित कुनै लक्षण देखिएमा वा शंका लागेमा विभिन्न जाँच गरेर क्यान्सरको पहिचान गर्न सकिन्छ । स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पिइटी स्क्यान, छातीको एक्सरे आदि परीक्षण गर्नुपर्छ।  

४० वर्षभन्दा माथिका महिलाले क्यान्सरको कुनै लक्षण वा शंका नलागे पनि हरेक वर्ष म्यामोग्राफी गर्नुपर्छ । स्तनको आकार, प्रकार, रङ, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परिवर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

स्तन क्यान्सरका कारण

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूलाई जोखिम मानिएको छः

-    वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारण स्नत क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ ।

-    हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ । 

-    नियमित मदिरा सेवन गर्ने महिलामा ।

-    परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।

-   जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ । 

-    दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ । 

-    महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ ।

-    बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ । 

-     बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।

उपचार

स्तन क्यान्सरको उपचार क्यान्सरको चरण, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि आदि अवस्थाका आधारमा हुन्छ । शल्यक्रिया (सर्जरी), केमोथेरापी, रेडियोथेरापी, हर्मोनलथेरापी र टार्गेटेड थेरापी यसका उपचार विधि हुन् । यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन् ।

यदि, स्तन क्यान्सर भइसकेको पत्ता लाग्यो भने सम्बन्धित सर्जनलाई नै देखाउनुपर्छ । क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक कुरा हुन् । सर्जरी गर्दा स्तनको गाँठो मात्र निकालेर हुँदैन । छेउको लिम्फमोड लगायत हेर्नुपर्छ । धेरै जना बिरामी सही डाक्टरकोमा पुग्न नसकेर पनि उचित उपचार सेवाबाट वञ्चित हुने गरेका छन् ।
ब्रेस्ट सर्जरी दुई तरिकाले गरिन्छ । पहिलो हो स्तनलाई नफाली गरिने ‘ब्रेस्ट कन्र्जभेसन सर्जरी’ ।

यो सर्जरी सुरुवाती चरणमा पत्ता लागेको क्यान्सरका लागि उपयोगी हुन्छ । यसमा ट्युमरकासाथै एक सेन्टिमिटर जति मासु पनि निकालिन्छ । यदि, गिर्खा छ भने त्यो पनि निकालिन्छ । यो सर्जरी गरेपछि रेडियोथेरापी अनिवार्य रुपमा दिनुपर्ने हुन्छ । 

हिस्टोप्याथी रिपोर्ट हेरेर रेडियसन दिने÷नदिने निर्धारण गरिन्छ । पूरै स्तन निकालेको छ र ट्युमरको आकार पाँच सेन्टिमिटरभन्दा बढी छ भने रेडिएसन चाहिन्छ । रेडिएसन भनेको विकीरणबाट क्यान्सरको सेललाई मार्ने विधि हो । जटिल अवस्थामा पुगेका बिरामीको रक्तस्राब भएको छ, दुखाइ अत्यधिक छ भने त्यसलाई रोक्न पनि रेडिएसन दिने गरिन्छ । क्यान्सरको मुख्य उपचार भनेकै सर्जरी र सर्जरीपछि रेडियोथेरापी हो । 

दोस्रो हो, म्याक्सोटोमी । यसको अर्थ हुन्छ, स्तन पूरै निकाल्ने । स्तन पूरै निकाल्ने भनेको काखीसम्म भएको ‘ग्लान्ड’हरु पनि निकाल्ने हो । 

ट्युमर असाध्यै ठूलो वा रगत बगिरहेको अवस्था छ भने गन्हाउने गर्छ । यस्तो अवस्थामा स्तन फाल्नुका साथै अरु नसाहरु सफा गर्नेगरी सर्जरी हुन्छ । यो बिरामी बाँचुन्जेल सहज जीवन जिउन सजिलो होस् भनेर गरिने उपचार विधि हो । यो चरणमा पुगेको क्यान्सर निको पार्न सकिँदैन तर दुखाइ कम गर्ने वातावरण बनाउन सकिन्छ ।

नेपालमा पनि सानै उमेरमा स्तन क्यान्सर हुने बिरामीको संख्या बढेको छ । बदलिँदो जीवनशैली, खानामा विभिन्न मिसावट र वंशाणुगत कारणले किशोरी र युवतीमा पनि क्यान्सर हुन्छ । 

युवतीहरुको स्तन क्यान्सरमा सर्जरी गर्दा स्तन वरिपरिको छाला र मुन्टोलाई जोगाउनुपर्छ । किनभने, युवतीका लागि सौन्दर्यका दृष्टिले पनि स्तनको महत्व हुन्छ । यसरी स्तनभित्रको मासुलाई हटाएर पुन ‘रिकन्स्ट्रक्सन’ गर्न सकिन्छ । रिकन्स्ट्रक्सन गर्दा उनको शरीरको अन्य भागको मासु राखेर गर्न सकिन्छ । अर्को सिलिकन पनि राख्न सकिन्छ । 

काटेर फ्यालिएको ठाउँमा आफ्नै शरीरको मासु राख्दा राम्रो हुन्छ । किनकि पछि रेडियोथेरापीबाट सेकाउनुपर्दा केही असर गर्दैन । तर, सिलिकन राखिएको छ भने समस्या पर्न सक्छ । सिलिकन राख्नेहरुलाई पहिला क्यान्सरको पूर्ण उपचार सकेर मात्रै राख्नुपर्छ ।  यी दुवै सेवा नेपालमा उपलब्ध छ ।

अर्को उपचारविधि केमोथेरापी हो । केमोथेरापी भनेको नसाबाट औषधि दिने विधि हो । केमोथेरापी पनि धेरै प्रकारका हुन्छन् । किमो दिने भनेको बिरामीको जेनेटिक आधारमा फरक हुन्छ । सामान्यतया स्तन क्यान्सरका सबै स्टेजमा केमोथेरापी चाहिन्छ । बिरामीलाई कुन केमो कति दिने भन्ने कुरा ल्याब रिपोर्ट र ‘हर्मोन रिसेप्टर’को अवस्था हेरेर गरिन्छ । हर्मोन रिसेप्टर तीन प्रकारका हुन्छ इआर, पिआर र एचइआर टू । 

केमोथेरापीपछि बिरामीको कपाल झर्छ । तर धेरैमा फेरि कपाल पलाउँदैन भन्ने भ्रम छ । तर, फेरि उस्तैगरी कपाल पलाउँछ । केमो लगाउँदा शरीरलाई गाह्रो हुन्छ भन्ने पनि भ्रम हो । साइड इफेक्ट चाहिँ हुन्छन् । तर, ती साइड इफेक्टबाट जोगाउने अन्य औषधि पनि दिइने भएकाले केमोबाट डराउनुपर्दैन । 

युवतीहरुमा हुने स्तन क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्छ । युवा अवस्थामा मानिस जति सक्रिय हुन्छ, क्यान्सर पनि त्यत्तिकै सक्रिय रहन्छ । त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरुमा क्यान्सर छिटो फैलिने डर हुन्छ । 

स्तन क्यान्सर लाग्दैमा बिरामीको मृत्यु भइहाल्दैन । यदि, सुरुकै अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ । स्तन र ज्यान दुवै जोगाउन सकिन्छ । उपचार खर्च पनि जोगिन्छ । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचेक््रयाइँले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गलत परम्पराले धेरैलाई पिरोलेको छ । त्यसैले क्यान्सरबारे चेतना जगाउन पनि उत्तिकै जरुरी छ ।

प्रस्तुति : सिर्जना खत्री

प्रकाशित मिति: आइतबार, साउन २०, २०७५  ००:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
चार संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्