राजविराज– सप्तरीबाट यस वर्ष ६५ जना महिलाहरुको टोलीले हजयात्रा गर्ने भएको छ। पहिलो पटक यति ठूलो संख्यामा महिलाहरुको टोली हजयात्रामा जान लागेको ६८ वर्षीय मोहम्मद इद्रिस मियाँले बताए।
उनीहरु सहित कुल १ सय ५० जना मुस्लिम धर्मावलम्वीले हज यात्रा गर्ने इद्रिसले जानकारी दिए। यात्रीहरुलाई शुक्रबार राजविराज–३ स्थित मोहम्मदपुरमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ।
दारुल उलुम मदरसाले आयोजना गरेको बिदाइ कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरुले मुलुकमा शान्ति, समृद्धि, उन्नती र आपसी भाइचाराका लागि कामना गर्न आग्रह गरेका छन्।
मक्का मदिना दर्शनपछि अन्जानमा भएका गल्तिबाट पनि मुक्ति पाइने र सुख, शान्ति तथा समृद्धि प्राप्त हुने मोहम्मद कमालले जानकारी दिए।
साउदी अरेवियास्थित मक्का र मदिना दर्शनका लागि नेपाली टोली मंगलबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्ने कमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।