• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
चितवन ३ स्थलगत

चितवन ३ मा त्रिपक्षीय भिडन्त, तानातानमा महिला समूह!

डिबी खड्का/नारायण अधिकारी आइतबार, कात्तिक २७, २०७९  १०:२५
1140x725

चितवन– ‘अलिहेको मत विश्लेषण गर्दा हामी नै बलियो उम्मेदवार देखिएका छौं,’ चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले भने, ‘यही अवस्था कायम राख्न सकिए नतिजा हाम्रो पक्षमै आउँछ।’

उम्मेदवार पच्छ्याउने क्रममा मंगलबार भरतपुर महानगरपालिकाको हेल्थपोष्ट चोकमा आफ्नो चुनावी अभियानमा व्यस्त कोइराला गुरुङ समुदायको मृत्यु संस्कारमा भेटिएका थिए। 

स्वतन्त्र उठेपनि नेकपा एमालेले समर्थन गर्ने भन्दै उम्मेदवारी नै फिर्ता लिएर अहिले अभियानमा खटिनु र कांग्रेसका ‘इमान्दार साथीहरु’को सहयोग आफूलाई रहनु नै जित्ने आधार भएको कोइरालाले दाबी गरे। 

कोइरालाले आफ्नो जितको आधार सुनाए पनि अवस्था भने केही फरक देखियो। मंगलबार भरतपुर १५ को सारदानगर चोकको एक चिया पसमा भेटिएका केही मानिसहरुले चितवन ३ को चुनावी माहोलबारे केही नयाँ विषय खुलाए। 

Chitwan_3 (8)1668314173.jpg

‘अहिले धेरैजसोको खेतमा धान काट्ने काम भइरहेको छ। त्यहाँ गएर हेर्नुस् ५ जना महिलाले धान काटेको ठाउँमा एक जना पुरुष पनि पाउन मुस्किछ। पुरुष जति सबै विदेशतिर छन्। यहाँको निर्णायक भोटर नै महिला हुन्,’ शिक्षण पेसाबाट निवृत्त भएका माधव गैरेले महिलालाई जस्ले आफूतिर तान्न तान्न सक्छ उसैले चुनाव जित्ने आधार हामीलाई सुनाए।

भोटर लिस्टमा भएका धेरैजसो पुरुषहरु बाहिर भएकाले महिलाहरु नै यो चुनावमा निर्णाय भोट भएको उनको बुझाई छ। 

यो विषयलाई राप्रपाका उम्मेदवार विक्रम पाण्डेले भने भरपुर उपभोग गरेको देखियो। भरतपुरका टोलैपिच्छे भएका आमा तथा महिला समूहलाई पाण्डेले तिहारमा आफ्नो घरमा देउसीभैलो खेल्ने भनेर निम्तो नै दिएका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘भैलो खेल्न बोलाउने र ठूलो रकम दिने, कुन समूहलाई के आवश्यकता छ, ती सामानहरु समेत किनेर पाण्डेले निर्णायक भोटर मानिएका महिलाहरुको समूहलाई आफ्नो पकडमा राखेको देखिन्छ,’ अर्का मतदाता किशोर केसीले पनि गैरेकै भनाइलाई पुष्टि हुने कुरा हामीलाई सुनाए। 

Chitwan_3 (7)1668314086.jpg

टोल टोलमा भएका विभिन्न क्लब, महिला समूह, गुम्बाहरुमा चुनाव लाग्नुभन्दा अघिदेखि नै आर्थिक सहयोग गरेर पाण्डेले आफूतर्फ माहोल बनाएको उनीहरुको बुझाइ छ। 

भरतपुर–९ की कमला पौडेल पाण्डेकै निम्तोमा आफूहरु भैलो खेल्न गएको स्वीकार गर्छिन्। उनी मात्रै होइन यसवर्ष धेरै समूहहरु पाण्डेकै निम्तोमा उनको घरमा देउसी भैलो खेल्न पुगेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाण्डेको यो रणनीति अन्य दलका उम्मेदवारलाई थाहा नभएको भने होइन। ‘तिहारको बेलामा देउसी भैलो खेल्न पाइने नै भयो। दान दिने कुराले यति दान दिन मिल्दैन भनेर हामीले प्रश्न गर्ने ठाउँ पनि रहेन,’ नेपाली कांग्रेसका १ जना स्थानीय नेताले भने।  

आर्थिक चेलखेल गरेर चुनाव प्रभावित पार्न खोजेको आरोप अन्य दलहरुले पाण्डेलाई लगाएका छन्। 

महिला तथा आमाहरु अहिले उम्मेदवारहरुको केन्द्रमा रहेका छन्। उनीहरुलाई आफूतर्फ आकर्षण गर्न अहिले पनि उम्मेदवारहरु लागिरहेको देखिन्छ।

चितवन ३ मा नेकपा एमाले र कांग्रेसका उम्मेदवार छैनन्। एमालेले कांग्रेसका बागी तथा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो। 

Chitwan_3 (6)1668314086.jpg

उता गठबन्धन दल कांग्रेसले चितवन ३ मा माओवादीलाई छाडेको छ। माओवादीको तर्फबाट डा भोजराज अधिकारी चुनावी मैदानमा छन्।

जसले जिते पनि वैशाखीकै भर 
चितवन ३ मा ३ जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनको तर्फबाट डा भोजराज अधिकारी, एमालेले समर्थन गरेका दिनेश कोइराला र राप्रपाका विक्रम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। 

कसैको पक्षमा पनि स्पष्ट मत नदेखिएकाले यी तीनै उम्मेदवारमध्ये जसले जिते पनि वैशाखीकै भरमा चुनाव जित्ने निश्चित छ। 

Chitwan_3 (5)1668314085.jpg

माओवादीका उम्मेदवार अधिकारीलाई जितका लागि कांग्रेसको पूर्ण साथ चाहिन्छ। गत स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा एमाले, कांग्रेस भन्दा चितवन ३ मा माओवादी कमजोर देखिएको छ। जसकारण अधिकारीलाई जितका लागि कांग्रेसको पूर्ण साथ चाहिने देखिन्छ। 

गठनबन्ध गर्दा चितवन ३ माओवादीले पाएपछि कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले उम्मेदवारी दिएपछि एमालेले कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो। कोइरालालाई जितका जसरी पनि एमालेको साथ र कांग्रेसकै केही भोट काट्नुपर्ने अवस्था देखिन्छ।

उता राप्रपाका पाण्डे पनि आफ्नै बुतामा चुनाव जित्न सक्ने अवस्थामा छैनन्। उम्मेदवार नै नभएको एमाले र असन्तुष्ट कांग्रेस समर्थकको भोट तानेर वैशाखीको भरमा चुनाव जित्ने दाउमा पाण्डे देखिन्छन्।

Chitwan_3 (1)1668314085.jpg

चितवन ३ मा भरतपुर महानगरपालिकाका वडाहरु ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्र उम्मेदवार १ जनाले वडाध्यक्ष जितेका थिए।

वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५ हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्। 

चितवन ७ का स्थानीय भक्तिबिलास न्यौपानेले आफ्नो चुनावी अंकगणित हामीलाई सुनाए। उनका अनुसार दिनेशलाई समर्थन गरेर उम्मेदवारी नै फिर्ता लिनु भनेको एमाले जसरी पनि गठबन्धन हराउने दाउमा देखिन्छ। यता कांग्रेस कै भोट काट्ने र एमालेको साथमा जित्ने दाबी गरेका कोइरालाले कांग्रेसको खासै भोट काट्न नसक्ने देख्छन् उनी।  ‘यस्तो अवस्थामा जसरी पनि गठबन्धन हराउ अभियानमा लागेका एमालेहरुले मत खेर जान नदिने भन्दै अन्त स्वीङ गर्ने सम्भावना छ,’ न्यौपानेले भने। 

न्यौपानेले भनेस्तो एमालेको मत अन्त स्वीङ भएको अवस्थामा विक्रम पाण्डेकै ‘भाग्य’ चम्किन सक्ने बुझाइ पनि चितवन ३ मा देखिन्छ।

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १०:२५
  • #चुनाव_२०७९
  • #चितवन ३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्