• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
चितवन ३ स्थलगत

चितवन ३ मा त्रिपक्षीय भिडन्त, तानातानमा महिला समूह!

डिबी खड्का/नारायण अधिकारी आइतबार, कात्तिक २७, २०७९  १०:२५
1140x725

चितवन– ‘अलिहेको मत विश्लेषण गर्दा हामी नै बलियो उम्मेदवार देखिएका छौं,’ चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले भने, ‘यही अवस्था कायम राख्न सकिए नतिजा हाम्रो पक्षमै आउँछ।’

उम्मेदवार पच्छ्याउने क्रममा मंगलबार भरतपुर महानगरपालिकाको हेल्थपोष्ट चोकमा आफ्नो चुनावी अभियानमा व्यस्त कोइराला गुरुङ समुदायको मृत्यु संस्कारमा भेटिएका थिए। 

स्वतन्त्र उठेपनि नेकपा एमालेले समर्थन गर्ने भन्दै उम्मेदवारी नै फिर्ता लिएर अहिले अभियानमा खटिनु र कांग्रेसका ‘इमान्दार साथीहरु’को सहयोग आफूलाई रहनु नै जित्ने आधार भएको कोइरालाले दाबी गरे। 

कोइरालाले आफ्नो जितको आधार सुनाए पनि अवस्था भने केही फरक देखियो। मंगलबार भरतपुर १५ को सारदानगर चोकको एक चिया पसमा भेटिएका केही मानिसहरुले चितवन ३ को चुनावी माहोलबारे केही नयाँ विषय खुलाए। 

Chitwan_3 (8)1668314173.jpg

‘अहिले धेरैजसोको खेतमा धान काट्ने काम भइरहेको छ। त्यहाँ गएर हेर्नुस् ५ जना महिलाले धान काटेको ठाउँमा एक जना पुरुष पनि पाउन मुस्किछ। पुरुष जति सबै विदेशतिर छन्। यहाँको निर्णायक भोटर नै महिला हुन्,’ शिक्षण पेसाबाट निवृत्त भएका माधव गैरेले महिलालाई जस्ले आफूतिर तान्न तान्न सक्छ उसैले चुनाव जित्ने आधार हामीलाई सुनाए।

भोटर लिस्टमा भएका धेरैजसो पुरुषहरु बाहिर भएकाले महिलाहरु नै यो चुनावमा निर्णाय भोट भएको उनको बुझाई छ। 

यो विषयलाई राप्रपाका उम्मेदवार विक्रम पाण्डेले भने भरपुर उपभोग गरेको देखियो। भरतपुरका टोलैपिच्छे भएका आमा तथा महिला समूहलाई पाण्डेले तिहारमा आफ्नो घरमा देउसीभैलो खेल्ने भनेर निम्तो नै दिएका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘भैलो खेल्न बोलाउने र ठूलो रकम दिने, कुन समूहलाई के आवश्यकता छ, ती सामानहरु समेत किनेर पाण्डेले निर्णायक भोटर मानिएका महिलाहरुको समूहलाई आफ्नो पकडमा राखेको देखिन्छ,’ अर्का मतदाता किशोर केसीले पनि गैरेकै भनाइलाई पुष्टि हुने कुरा हामीलाई सुनाए। 

Chitwan_3 (7)1668314086.jpg

टोल टोलमा भएका विभिन्न क्लब, महिला समूह, गुम्बाहरुमा चुनाव लाग्नुभन्दा अघिदेखि नै आर्थिक सहयोग गरेर पाण्डेले आफूतर्फ माहोल बनाएको उनीहरुको बुझाइ छ। 

भरतपुर–९ की कमला पौडेल पाण्डेकै निम्तोमा आफूहरु भैलो खेल्न गएको स्वीकार गर्छिन्। उनी मात्रै होइन यसवर्ष धेरै समूहहरु पाण्डेकै निम्तोमा उनको घरमा देउसी भैलो खेल्न पुगेका थिए। 

पाण्डेको यो रणनीति अन्य दलका उम्मेदवारलाई थाहा नभएको भने होइन। ‘तिहारको बेलामा देउसी भैलो खेल्न पाइने नै भयो। दान दिने कुराले यति दान दिन मिल्दैन भनेर हामीले प्रश्न गर्ने ठाउँ पनि रहेन,’ नेपाली कांग्रेसका १ जना स्थानीय नेताले भने।  

आर्थिक चेलखेल गरेर चुनाव प्रभावित पार्न खोजेको आरोप अन्य दलहरुले पाण्डेलाई लगाएका छन्। 

महिला तथा आमाहरु अहिले उम्मेदवारहरुको केन्द्रमा रहेका छन्। उनीहरुलाई आफूतर्फ आकर्षण गर्न अहिले पनि उम्मेदवारहरु लागिरहेको देखिन्छ।

चितवन ३ मा नेकपा एमाले र कांग्रेसका उम्मेदवार छैनन्। एमालेले कांग्रेसका बागी तथा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो। 

Chitwan_3 (6)1668314086.jpg

उता गठबन्धन दल कांग्रेसले चितवन ३ मा माओवादीलाई छाडेको छ। माओवादीको तर्फबाट डा भोजराज अधिकारी चुनावी मैदानमा छन्।

जसले जिते पनि वैशाखीकै भर 
चितवन ३ मा ३ जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनको तर्फबाट डा भोजराज अधिकारी, एमालेले समर्थन गरेका दिनेश कोइराला र राप्रपाका विक्रम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। 

कसैको पक्षमा पनि स्पष्ट मत नदेखिएकाले यी तीनै उम्मेदवारमध्ये जसले जिते पनि वैशाखीकै भरमा चुनाव जित्ने निश्चित छ। 

Chitwan_3 (5)1668314085.jpg

माओवादीका उम्मेदवार अधिकारीलाई जितका लागि कांग्रेसको पूर्ण साथ चाहिन्छ। गत स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा एमाले, कांग्रेस भन्दा चितवन ३ मा माओवादी कमजोर देखिएको छ। जसकारण अधिकारीलाई जितका लागि कांग्रेसको पूर्ण साथ चाहिने देखिन्छ। 

गठनबन्ध गर्दा चितवन ३ माओवादीले पाएपछि कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले उम्मेदवारी दिएपछि एमालेले कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो। कोइरालालाई जितका जसरी पनि एमालेको साथ र कांग्रेसकै केही भोट काट्नुपर्ने अवस्था देखिन्छ।

उता राप्रपाका पाण्डे पनि आफ्नै बुतामा चुनाव जित्न सक्ने अवस्थामा छैनन्। उम्मेदवार नै नभएको एमाले र असन्तुष्ट कांग्रेस समर्थकको भोट तानेर वैशाखीको भरमा चुनाव जित्ने दाउमा पाण्डे देखिन्छन्।

Chitwan_3 (1)1668314085.jpg

चितवन ३ मा भरतपुर महानगरपालिकाका वडाहरु ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ तथा माडी नगरपालिकाका ९ वटै वडाहरू पर्छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चितवन ३ अन्तर्गत पर्ने २९ वडामध्ये नेपाली कांग्रेसले १० वटा, एमालेले ४ वटा, माओवादी केन्द्रले ७ वटा, एकीकृत समाजवादीले ४ वटा, राप्रपाले २ वटा र स्वतन्त्र उम्मेदवार १ जनाले वडाध्यक्ष जितेका थिए।

वडाअध्यक्षहरुले पाएको एकीकृत मतमा एमाले अगाडि छ। त्यहाँ एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५ हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन्। 

चितवन ७ का स्थानीय भक्तिबिलास न्यौपानेले आफ्नो चुनावी अंकगणित हामीलाई सुनाए। उनका अनुसार दिनेशलाई समर्थन गरेर उम्मेदवारी नै फिर्ता लिनु भनेको एमाले जसरी पनि गठबन्धन हराउने दाउमा देखिन्छ। यता कांग्रेस कै भोट काट्ने र एमालेको साथमा जित्ने दाबी गरेका कोइरालाले कांग्रेसको खासै भोट काट्न नसक्ने देख्छन् उनी।  ‘यस्तो अवस्थामा जसरी पनि गठबन्धन हराउ अभियानमा लागेका एमालेहरुले मत खेर जान नदिने भन्दै अन्त स्वीङ गर्ने सम्भावना छ,’ न्यौपानेले भने। 

न्यौपानेले भनेस्तो एमालेको मत अन्त स्वीङ भएको अवस्थामा विक्रम पाण्डेकै ‘भाग्य’ चम्किन सक्ने बुझाइ पनि चितवन ३ मा देखिन्छ।

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १०:२५
  • #चुनाव_२०७९
  • #चितवन ३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम बुधबार, भदौ १७, २०८३
टनेलमा फसेकाहरूको पीडित परिवारलाई ऊर्जामन्त्रीले भने– सरकार तपाईहरूसँगै छ बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : हालसम्म १ हजार ६८ वटा शव फेला, ५८ जनाको शव मात्र परिवारलाई दिइयो बुधबार, भदौ १७, २०८३
बाढी र पहिरोका कारण विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध, राति केही सडकमा आवागमन रोक बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्