• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि, २०-३५ वर्ष उमेर समूहका युवायुवतीको संख्या बढी

64x64
नेपाल लाइभ शनिबार, साउन १९, २०७५  ०४:५६
1140x725

भैरहवा– रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दो क्रममा छन्। रुपन्देही जिल्ला अदालतमा दैनिक जसो सम्बन्ध बिच्छेदका घटनाका मुद्धा दर्ता हुने गरेको छ। जिल्ला अदालत रुपन्देहीको तथ्याङकलाई हेर्ने हो भने यो दर वर्षेनी बढ्दै गएको छ।

अदालतमा दर्ता भएका पछिल्लो तीन वर्षको मुद्दालाई आधार मान्ने हो भने वार्षिक करीब ५५ का दरले मुद्दाको संख्या बढेको छ। आर्थिक वर्ष २०७२/०७३ मा ३ सय ५८ मुद्दा दर्ता भएका थिए।

२०७३/०७४ मा ४ सय १२ वटा र २०७४/०७५ मा ५ सय १४ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार संजिव पोख्रेलले जानकारी दिए।

उनका अनुसार दर्ता भएका मुद्दामध्ये २०७२/०७३ मा ३ सय २५ वटा, २०७३/०७४ मा ४ सय ६ वटा र २०७४/०७५ मा ४ सय ६८ वटा मुद्दा फछ्र्यौट भएका छन्।

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समुहका र केही मात्रामा भने पाका उमेरका पनि रहेका उनले बताए। किशोरावस्थामा लहलहैमा विवाह गर्ने र पछि बुझ्दै जादाँ पछुताउने प्रवृतिका कारण विवाहको केही वर्षमै युवा युवतीले सम्बन्ध बिच्छेदको बाटो रोज्ने गरेको कतिपयको विशलेषण छ। अदालतमा मुद्दा दर्ता गराउन आउनेमध्ये २० देखि ३५ वर्ष उमेरका युवायुवतीको संख्या मात्रै ८० प्रतिशत र अन्य उमेर समुहका २० प्रतिशत रहेका श्रेस्तेदार पोख्रेलले बताए। उनले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ताका लागि ६० वर्षीय बृद्ध आमा र ६८ वर्षीय बृद्ध बुबासमेत आएको स्मरण गरे।

nimb
nimb
Ncell 2
Ncell 2

अदालतमा सम्बन्ध बिच्छेद गर्न आउनेमध्ये ७० प्रतिशत पहाडी मुलका रहेका छन्। त्यस्तै पछिल्लो समय सम्बन्ध बिच्छेदका लागि न्युन मात्रामा पुरुषहरु अदालत आउने गरेको तथ्यांकले देखाएको छ। सम्बन्ध बिच्छेदका लागि महिलाले दायर गराउने मुद्दामा श्रीमानले खान लगाउन नदिएको, हेरचाह नगरेको, झैझगडा गर्ने लगायतका विषयमा उल्लेख रहेपनि आन्तरिक कारण भने फरक हुने गरेको बताउछन् श्रेस्तेदार पोख्रेल।

धेरैजसो विदेशीएका श्रीमानका श्रीमतीको परपुरुषसँग सम्बन्ध, छुट्टाछुट्टै बस्ने श्रीमान श्रीमती, सम्पति, यौनइच्छा लगायतका कारण सम्बन्ध बिच्छेद हुने गरेको जानकारहरु बताउँछन्। सम्बन्ध बिच्छेद गर्नेमा संयुक्त परिवारका भन्दा एकल परिवार, वैदेशिक रोजगारमा गएका श्रीमान तथा श्रीमती तथा शहरमा बस्दै आएका महिला बढी रहेको श्रेस्तेदार पोख्रेलले बताए।

बढ्दै गएको सम्बन्ध बिच्छेदको घटनाले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको त्रिभुवन विश्वविद्यालयका सेवा निवृत सहप्रध्यापक तथा समाजशास्त्री उमेश रिजालको बुझाइ छ। यसको न्युनिकरणको लागि राज्यले विद्यालयदेखि कलेज तहसम्म पूर्वीय दर्शनको शिक्षाको बारेमा अध्यनन अध्यापन गराउन आवश्यक रहेको उनले तर्क गरे।

उनले मुलुकमा पश्चिमा संस्कृतिका प्रभावकै कारण नेपालमा सम्बन्ध बिच्छेदका घटना दिन प्रति दिन बढ्दै गएको दावी गरे। 

अदालतमा पुग्ने मुद्दाहरुलाई विशेषलण गर्दा अधिकांश स–सानो झैझगडाको कारणले मात्रै पनि सम्बन्ध बिच्छेदसम्मको अवस्थामा पुग्ने गरेको देखिएको बताउँदै समाजशास्त्री रिजालले न्युन मात्रामा मात्रै वास्तविक उत्पीडनमा परेर सम्बन्ध बिच्छेद गर्ने दावी गरे। पश्चिमी संस्कृतिका कारण युवा युवतीले लहलहैमा विवाह गर्ने र विवाह गरेको केही समयमै समान्य खटपट हुँदा सम्बन्ध बिच्छेदको बाटो रोज्ने गरेको उनको भनाइ छ।

‘वर्षौंसम्म सँगै जिवनयापन गरेका दम्पतीले सामान्य खटपट सहन नसकि सम्बन्ध बिच्छेदका लागि अदालतसम्म पुग्ने गरेका छन्, यो राम्रो कुरा होइन’, समाजशास्त्री रिजालले भने,‘सामान्य कुरामा सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुग्नु हुँदैन।’

रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधिश नरिश्वर भण्डारीले अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि भएको बताए। उनले भने,‘मुद्दाको दर विगतका वर्षमा भन्दा धेरै छन्। यसले के जनाउछ भने अपराध बढेको नभई अदालतमा सर्वसाधरणको पहुँच बढेको हो।

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  ०४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष
अमेरिकालाई तीन गोलको अग्रता
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना शनिबार, जेठ ३०, २०८३
क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे शनिबार, जेठ ३०, २०८३
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्