• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
चितवन स्थलगत

प्रचण्डको आँगन: चुट्नुपर्थ्यो नेता कार्यकर्ताले गफ, चुटिँदैछ धान

डिबी खड्का/नारायण अधिकारी बिहीबार, कात्तिक २४, २०७९  १७:३६
1140x725

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोचेजस्तै हुन्थ्यो भने चितवन शिवनगर प्रचण्ड टोलस्थित उनको नवनिवासमा यतिबेला अर्कै रौनक हुन्थ्यो।

भित्र प्रचण्डका रणनीतिक भेला भेटघाट चलिरहेका हुन्थे। बाहिर आँगनसँगै जोडिएको सडकमा नेता-कार्यकर्ताहरु गफ चुटिरहेका हुन्थे।

तर, राजनीतिक खेलमा गडबडी आयो। हतार-हतार निर्माण सम्पन्न गर्न लगाएर प्रवेश गरिएको घरबाट प्रचण्ड हतारिएरै निस्किए। गत असोज १० गते एक रात बसे। छिमेकीहरुका अनुसार ११ गते बिहान झिसमिसेमै निस्किएका प्रचण्ड त्यसपछि फर्किएनन्।

राजनीतिक चहलपहल हुनुपर्ने घरको आँगन अहिले निसम्म छ। मंगलबार त्यहाँ पुग्दा फूलमाया भुजेलको परिवार घरअगाडि धान चुटिरहेको थियो।

Prachanda_home_Chitwan_11668080844.jpg

राजनीतिक मात्रै होइन, रणनीतिक केन्द्र बन्ने तयारीमा रहेको भवन खेतको बीचमा रहेको लम्बेतान संरचनामा सीमित भएको छ। अझै पूर्ण रुपमा बनिनसकेको घर थप बन्ने वा नबन्ने समेत निश्चित छैन।

प्रचण्डको त्यो अलपत्र घरले धेरैकुरा विम्बित गर्छ। 

पहिलो, नेपाली राजनीतिको अनिश्चितता। 

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो, प्रचण्डकै अस्थिरता।

तेस्रो, एक्लिदै गएका प्रचण्ड।

चौथो, अलपत्रता।

बन्यो घर,  सरे राजनीतिक डेरा
२०७४ सालको चुनाव यही क्षेत्रबाट जितेका प्रचण्डको पुर्ख्यौली जग्गा भएको क्षेत्र हो यो। धेरै वर्ष पहिले उनका पिता मुक्ति दाहाल आएर बसे। प्रचण्डका पिता आएपछि उनको पछि लाग्दै त्यहाँ पुग्ने दाहाल खलक पनि छन्।

प्रचण्डपत्नी र उनकी आमासँग कुनै समय यिनै खेतमा अर्मपर्म गरेकी ७३ वर्षीया सरस्वति दाहालको घर २० मिटरको दूरीमा छ। उनका अनुसार ‘राजनीति खेल्न’ थालेपछि उनको परिवार त्यहाँबाट टाढिएको टाढियै भए।

प्रचण्डका पीताले प्रशस्त धानखेत जोडेका थिए। बाआमालाई जिउनीस्वरुप केही कठ्ठा जमिन त्यहाँ छाडेर बेच्दै गए।

प्रचण्डले जनयुद्ध थालेपछि टोलगाउँबाट परिवारै टाढियो। मान्छेहरु (खासगरी सरकारका) त्योबेला प्रचण्डको घर खोज्दै आउँथे। सबैभन्दा नजिककी छिमेकी गीता कुँवरका अनुसार त्यसरी खोज्दाखोज्दै त्यो टोलको नाम नै प्रचण्ड टोल रहन गयो। केही वर्षअघि त्यहाँ बोर्ड नै झुन्डियो। चोक पनि प्रचण्ड चोक भयो।

Prachanda_Chimeki_sharswati_Dahal1668080843.jpg
सरस्वति दाहाल

ठाउँले प्रचण्डसँग निकटता बढाउँदै थियो, तर उनी आफैं टाढिएका थिए। दाहाल खलकहरु त्यहीँ भएकाले खुला राजनीतिमा आएपछि प्रचण्ड कहिलेकाहीँ आउन थाले। फेरि घर बनाएर फर्किने आशा भने छरछिमेकलाई थिएन।

केही समयअघि प्रचण्डले बेचेको जग्गा फर्काए। त्यही जग्गामा थप जोडेर १४ कठ्ठा पुर्‍याए। त्यसपछि प्रचण्ड फेरि स्थायी रुपमा फर्किने टोलछिमेकमा कुरा सुनिन थाल्यो।

बेचेको जग्गा त फर्काउन सफल भए प्रचण्ड। घर पनि बनाए। तर  राजनीतिक साख भने फर्काउन सकेनन्। गुम्दै गएको साखले जहाँबाट उठ्यो, त्यहीँबाट जित निकाल्न सक्ने अवस्था रहेन। त्यसैले यहाँको घर अलपत्र छाडेर उनले राजनीतिको डेरा गोरखा सारेका छन्। र, आजकाल भाषणमा गोरखासँगको निकटता प्रस्तुत गर्न थालेका छन्।
 
पर्यटक प्रचण्ड, घर पर्यटकीय स्थल 
छिमेकीका अनुसार गत पुसतिरबाट हो, प्रचण्डको घर बनाउने भन्दै मान्छेहरु आउन थालेका।

मान्छेहरुले सन्देश ल्याए- प्रचण्ड यहीँ बस्ने रे!

छिमेकीहरुलाई खुसी नै लाग्यो, यहीँ हुर्केर देश चलाएको मान्छे यहीँ आइपुग्ने भए भनेर।

घर बनाउन खुब हतारो चलिरहेको उनीहरुले नियालिरहे। जति चुनाव नजिकिँदै थियो- घर निर्माणको  रफ्तार त्यति नै बढ्दै थियो। 

घरको शैली मात्रै होइन, त्यसमा लगाइने टिनका रङमा पनि फेरबदल भइरहे।

स्थानीयले देखे- छोरी रेणु दाहाल आउँदा एउटा रङको टिन छानामा देखिन्थ्यो, गंगा आउँदा त्यो अर्कै बनिसक्थ्यो। त्यसपछि आउँथे प्रचण्डका भाञ्जा नाता पर्ने। उनी अर्कै फेरेर जान्थे। पैसा भएपछि चिजबिज त रोजीछाडी आउने नै भए। त्यो एकतले घरको लागत ४ करोड २२ लाख रुपैयाँ पुगेको स्थानीयले सुनेका छन्।

घर पूर्ण हुन समय लाग्ने भएपछि मुख्य क्षेत्र सुरुमा सकाउन थालियो। बन्दाबन्दैको घरमा असोज १० गते प्रचण्डको परिवार आइपुग्यो।

त्यसअघि गाडीका गाडी सामान आइपुगे। ती बन्दोबस्तीका सामान हेरेर छिमेकी गीता कुँवर पक्का भएकी थिइन्- अब ‘प्रचण्ड दाइ’को परिवार यहीँ बस्छ भनेर।

भोलि बिहानै सपरिवार फर्किए पनि चुनाव नजिकिएकाले चाँडै फर्किन सक्ने टोलबासीलाई लागेको थियो।

त्यसको केही दिनपछि समाचार पुग्यो- प्रचण्ड गोरखाबाट चुनाव लड्ने।  

Prachanda_home_Chitwan_31668080882.jpg

नेताका रुपमा प्रचण्ड पर्यटक हुन्। रोल्पा, काठमाडौं, सिराहा, चितवन हुँदै अहिले गोरखा पुगेका छन्। प्रतिनिधि सभा पुग्ने सुरक्षित बाटो खोज्दै  प्रचण्ड  देशाटन गरिरहेका छन्। चुनावका लागि बनाएको उनको घर पनि पर्यटकीय स्थल बन्दैछ। मान्छेहरु प्रचण्डको घर हेर्न र तस्बिर खिच्न आइरहने स्थानीयहरु बताउँछन्। 

घरभित्र सुरक्षा गार्ड राखिएका छन्। जसले भित्र पस्नबाट भने रोक्छन्। बाहिरिया होइन, टोलछिमेकले समेत भित्र पस्न पाउँदैनन्। कारणबारे  उनीहरु सुन्छन्- प्रचण्डलाई पाइलैपिच्छे खतरा छ। तर बाहिरै रहेको माटोको थुम्कोबाट हेर्न आउनेहरु घर नियाल्छन्। तस्बिर खिच्छन् र फर्किन्छन्।

टोलछिमेकमा केही माया, केही असन्तुष्टि
प्रचण्ड गोरखाबाट चुनाव लड्ने पक्का भएको राति नवनिर्मित प्रचण्ड निवासका भित्तामा ‘चुनाव बहिष्कार गरौं’ लेखिएका केही कागजहरु भेटिए। ती प्रचण्डले आफ्नो क्षेत्र छाडेकामा रिसाएका माओवादी केन्द्रकै स्थानीय कार्यकर्ताका आक्रोश-पत्र थिए। भोलिपल्ट प्रहरीले हटायो। 

त्यो हेर्दा असन्तुष्टि देखिए पनि खासमा त्यो प्रचण्डप्रतिको प्रेम नै थियो। तर प्रचण्डको टोलगाउँ उनीसँग त्यस्तो खुसी पनि थिएन। त्यो क्षेत्रमा पर्ने सीतापुर, हनुमाननगर, राधापुर र जगतपुरका बासिन्दा रिसाएका थिए। धेरै सुकुम्बासी रहेका उनीहरुलाई गएको निर्वाचनमा प्रचण्डलाई जिताउन लालपुर्जाको आश्वासन बाँडिएको थियो। 

सीतापुरमा भेटिएका राम भुजेल (नाम परिवर्तित)का अनुसार अझै त्यसमा काम भएन। रिसाएकामध्ये केहीले यसपल्ट ‘देखाइदिने’ भन्दै गत वर्षदेखि नै तयारी थालेका थिए। त्यसको संकेत प्रचण्डले पाएका थिए। निर्वाचन क्षेत्र फेर्ने प्रचण्डको मनस्थितिमा यही मुख्य कारक नभए पनि सहायक हुन सक्ने स्थानीयहरु बताउँछन्। 

एक स्थानीयले भने, ‘प्रचण्डको छिमेकी भनेर माओवादी केन्द्रलाई भोट हालिरहेकाहरु पोहोरदेखि रड्किएका थिए। स्थानीय तहको निर्वाचनसम्म आशा थियो, तर त्यसपछि पनि कुनै संकेत देखिएन।’

यो राजनीतिक कुरा भयो। व्यक्तिगत रुपमा प्रचण्डसँग स्थानीयको अगाध प्रेम छ। असोज १० गते प्रचण्ड आउँदा स्थानीयहरु त्यहाँ पुगेका थिए।  प्रचण्डपत्नी सीता दाहालको बिग्रिँदो स्वास्थ्य अवस्था देखेकाहरु भावुक भए।

अहिले उनीहरुले फेरि सुनेका छन्- अस्पताल भर्ना गरिएको छ रे! काठमाडौंबाट आएको बताएपछि भेटिएकामध्ये धेरैले सोधे- अवस्था कस्तो होला?

हामी पनि स्थानीय जतिभन्दा धेरै जानकार कसरी हुन सक्थ्यौं? सुनेकै कुरा भन्यौं।

नजिककी छिमेकीका साथै आफन्त पर्ने सरस्वति दाहालले चिन्ताग्रस्त भावमा भनिन्- परिवारमा दु:खमाथि दु:ख छ। राजनीति खेल्न लागेपछि खेलिरहनुपर्ने र’छ!

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:३६
  • #चुनाव_२०७९
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीबारे संसद्मा सरकारको ब्रिफिङ, एक मन्त्रीले जानकारी दिने
तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य
भ्याली ग्रुपद्वारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३५ लाख सहयोग
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबारे संसद्मा सरकारको ब्रिफिङ, एक मन्त्रीले जानकारी दिने बुधबार, भदौ १७, २०८३
तोलामै ८ हजार ८ सयले घट्यो सुनको मूल्य बुधबार, भदौ १७, २०८३
भ्याली ग्रुपद्वारा भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३५ लाख सहयोग बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : तिब्बती अधिकार समूहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग बुधबार, भदौ १७, २०८३
हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्